Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा नगरको गौरबको योजनामा परेको थाहा बसपार्क निर्माण अन्यौलमा 

शम्भु अधिकारी /थाहापाटी 
लामो समय देखि कुरा चलेको भए पनि  थाहा नगरमा बसपार्क बन्ने सुनिश्चितता अझै भएको छैन । थाहा ४ स्थित थानाबजार बाट ४०० मि माथी करिब ४६ रोपनी को ऐलानी खाली जग्गामा बसपार्क बन्ने कुरा चलेको धरै भयो तर अहिले पनि समस्या जस्ताको तस्तै छ । बन्ने भनिएको बसपार्क सम्म पुग्नको लागि थाना बजार पुलदेखि बसपार्क सम्म छिचोल्ने सडक को लागि स्थानीय सङ  जग्गा को बिसयमा सहमती हुन नसक्दा डि पि आर समेत हुन नसकेका कारण बसपार्क बन्ने कुरा कुरैमा सिमत हुने हो कि भन्ने चिन्ता बढेको हो । प्रस्ताबिक थाहा बसपार्क जाने सडक को लागि जग्गा जग्गा धनी सहित थाहा नगरपालिका का मेयर लबशेर बिस्ट ,प्रमुख प्रसासकिय अधिकृत हरिलाल पुरी लगाएतले थाहा बसपार्क बन्ने स्थान ,थाहा ४ नार्खुमा जग्गा हेरेको निकै समय बिते पनि बसपार्क बन्ने सुनिश्चितता भने भएके छैन । थाहा नगर को गौरब को योजना मा परेको सो बस पार्क बनाउन सरोकार निकायनै उदासिन रहेको स्थानियको आरोप छ ।

बसपार्क निर्माणमा ढिलाई भयो भनि थाहा नगरपालिकाका प्रमूख लबशेर विष्ट सँग बुझ्दा प्रक्रिया अगाडी बढिसकेको र नगर ले यस बर्ष ३० लाख बजेट छुट्टाइसकेको ले अब छिट्टै जग्गा धनिहरु सङ सहमती गरि निर्माण कार्य सुरु गर्ने थाहा पाटी लाई जानकारी दिनुभयो ।थानाबजार को पुलको मुख बाट पनि बैकल्पिक बाटो भएपनी लागत बढी पर्ने हुदा हाल मालपोत कार्यालय भएको स्थान वा सामुदायिक प्रहरी सेवा केन्द्र भन्दा माथी बाट ट्रयाक खोल्दा सहज हुने स्थानीय को भनाइ छ । सो क्षेत्रमा बसपार्क सहित बिजनेस कम्प्लेक्स पनि बनाउने नगरपालिका को योजना रहेको छ । शिखरकोट देखि ओखरबजार सम्म सबारी राख्ने ठाउँ नहुदा दुर्घटना आदि समस्या भैरहदा आज भन्दा दशक अगाडि देखिनै प्रस्तावित भएको बसपार्क निर्माण मा ढिलाइ भै रहदा नगर को सुन्दरता मानै ह्रास आइरहेको भए पनि बस पार्क बनाउने सवाल प्राथमिकता नपर्दा ओझेलमा परेको हो ।

बस र्पाको कुरा थाहा नगरमा सबै राजनैतिक दल को चुनाबी एजेन्डा बन्ने गरेको र नागरिक समाजको पनि भासण गर्ने एजेन्डा बनेको भए पनि  स्थानीय सरकार सहित सरोकार वाला निकायलाई  छिटो निर्माण गर्न दबाब दिएर र सबैले सहयोग गरेर यो गौरबको योजना सफल बनाएर बसपार्क निर्माणलाई  सार्थक कहिले बनाउने । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...