gumba-1715660528.jpg
Monday, 20 May, 2024
अपडेट

थाहा नगरको गौरबको योजनामा परेको थाहा बसपार्क निर्माण अन्यौलमा 

शम्भु अधिकारी /थाहापाटी 
लामो समय देखि कुरा चलेको भए पनि  थाहा नगरमा बसपार्क बन्ने सुनिश्चितता अझै भएको छैन । थाहा ४ स्थित थानाबजार बाट ४०० मि माथी करिब ४६ रोपनी को ऐलानी खाली जग्गामा बसपार्क बन्ने कुरा चलेको धरै भयो तर अहिले पनि समस्या जस्ताको तस्तै छ । बन्ने भनिएको बसपार्क सम्म पुग्नको लागि थाना बजार पुलदेखि बसपार्क सम्म छिचोल्ने सडक को लागि स्थानीय सङ  जग्गा को बिसयमा सहमती हुन नसक्दा डि पि आर समेत हुन नसकेका कारण बसपार्क बन्ने कुरा कुरैमा सिमत हुने हो कि भन्ने चिन्ता बढेको हो । प्रस्ताबिक थाहा बसपार्क जाने सडक को लागि जग्गा जग्गा धनी सहित थाहा नगरपालिका का मेयर लबशेर बिस्ट ,प्रमुख प्रसासकिय अधिकृत हरिलाल पुरी लगाएतले थाहा बसपार्क बन्ने स्थान ,थाहा ४ नार्खुमा जग्गा हेरेको निकै समय बिते पनि बसपार्क बन्ने सुनिश्चितता भने भएके छैन । थाहा नगर को गौरब को योजना मा परेको सो बस पार्क बनाउन सरोकार निकायनै उदासिन रहेको स्थानियको आरोप छ ।

बसपार्क निर्माणमा ढिलाई भयो भनि थाहा नगरपालिकाका प्रमूख लबशेर विष्ट सँग बुझ्दा प्रक्रिया अगाडी बढिसकेको र नगर ले यस बर्ष ३० लाख बजेट छुट्टाइसकेको ले अब छिट्टै जग्गा धनिहरु सङ सहमती गरि निर्माण कार्य सुरु गर्ने थाहा पाटी लाई जानकारी दिनुभयो ।थानाबजार को पुलको मुख बाट पनि बैकल्पिक बाटो भएपनी लागत बढी पर्ने हुदा हाल मालपोत कार्यालय भएको स्थान वा सामुदायिक प्रहरी सेवा केन्द्र भन्दा माथी बाट ट्रयाक खोल्दा सहज हुने स्थानीय को भनाइ छ । सो क्षेत्रमा बसपार्क सहित बिजनेस कम्प्लेक्स पनि बनाउने नगरपालिका को योजना रहेको छ । शिखरकोट देखि ओखरबजार सम्म सबारी राख्ने ठाउँ नहुदा दुर्घटना आदि समस्या भैरहदा आज भन्दा दशक अगाडि देखिनै प्रस्तावित भएको बसपार्क निर्माण मा ढिलाइ भै रहदा नगर को सुन्दरता मानै ह्रास आइरहेको भए पनि बस पार्क बनाउने सवाल प्राथमिकता नपर्दा ओझेलमा परेको हो ।

बस र्पाको कुरा थाहा नगरमा सबै राजनैतिक दल को चुनाबी एजेन्डा बन्ने गरेको र नागरिक समाजको पनि भासण गर्ने एजेन्डा बनेको भए पनि  स्थानीय सरकार सहित सरोकार वाला निकायलाई  छिटो निर्माण गर्न दबाब दिएर र सबैले सहयोग गरेर यो गौरबको योजना सफल बनाएर बसपार्क निर्माणलाई  सार्थक कहिले बनाउने । 


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...