Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा को कृषि प्रणालीमा परिवर्तन जरुरी ,कृषि मन्त्री लामा

शम्भु अधिकारी
नेपाल सुरु भएको यो ठाउँ ,जहाँ कृषि को जनता निराश हुनुपर्ने भएकोमा चिन्ता लाग्यो भन्दै प्रदेश ३ का कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले चिन्ता ब्यक्त गर्नु भयो आज थाहा नगरमा निर्माणाधीन कोल्ड स्टोरको सिलान्यास गर्दै मन्त्री लामाले उक्त कुरा बताउनुभयो
मन्त्री लामाले प्रदेश सरकार कृषिमा पछि परेको भन्दै तीन न प्रदेश को थाहा नगरबाट बिकासको सुरुवात कृषिबाट गर्ने र तेस्को सहयोग गर्न स्थानीय लाई आग्रह गर्नु भयो
कोल्ड स्टोर निर्माण गर्न सहयोग गर्ने सस्था च्व्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्माले थाहा नगर को कृषिमा परिवर्तन गरेर मात्रै आफू जाने बताउदै यसको लागि एहाका सहकारीको पनि सहयोग आबस्यकता रहेको बताउनु भयो
थाहा ३ कालाभैरबमा सिलान्यास भएको कार्यक्रम औपचारिक रुपमा बहुउद्देश्यीय को सभा हलमा भएको थियो
मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरमा आगामी १० कात्तिकदेखि हुन लागेको तेस्रो थाहा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । स्टल व्यवस्थापन, कृषि मेला प्रदर्शनी, पर्यटकीय जोनलगायतको तयारी पूरा भएको छ भने मञ्च र बाल मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले बताए । ‘महोत्सव मूल आयोजक समितिअन्तर्गत बनाइएका विभिन्न विभागीय टोलीहरुले आआफ्नो काम अन्तिम चरणमा पु¥याएका छन्, शुक्रबार साँझ सम्म सम्पूर्ण तयारी पुरा हुनेछ’ उनले भने ।
आयोजकले महोत्सवको उद्घाटन शनिबार विहान १० बजे गर्नेगरी कार्यक्रम तय गरेको छ । ९ दिनसम्म संचालन हुने महोत्सवको उद्घाटन गर्न प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल आउने भएका छन् । सो अवसरमा प्रदेश–३ का कम्तिमा ५ जना मन्त्री, साँसदहरु, थाहा नगरपालिकाका प्रमुख, उपप्रमुखसहित विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने आयोजकले बताएको छ । महोत्सव उद्घाटनअघि ओखरबजारबाट विहान ९ बजे शोभायात्रा शुरु गरिने संघका महासचिब सुरेन्द्रमान प्रधानले बताए । शोभायात्रामा परम्परागत साँस्कृतिक झाँकीहरुसहित ब्याण्ड बाजासमेत समावेश गर्ने गरी तयारी गरिएको छ । 
महोत्सवमा अवलोकनकर्ताहरुलाई मनोरन्जन प्रदान गर्न आउने कलाकारहरु पक्का भैसकेको छ । राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने महोत्सवमा प्रत्यक्ष बाजामा लोकदोहोरी समेत हुनेछ । शुक्रबारसम्म उँट र अष्ट्रिच पनि ल्याइसक्ने बताइएको छ । 
उत्तरी मकवानपुरको कृषि, पर्यटन र व्यापारको प्रवर्धनमा टेवा पु¥याउन महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवमा कृषि, अटो तथा सवारीसाधन, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रवद्र्धन लगायत गरी २ सय ५०  वटा स्टलहरु रहनेछन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...