Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको कर्मस्थलमा आउन पाउँदा राष्ट्रपतिद्वारा खुशी व्यक्त
थाहा नगरपालीकाद्वारा राष्ट्रपतिलाइ अभिनन्दन

– शम्भु अधिकारी
थाहा नगरपालिका, माघ २१ । 
   ‘थाहा’ आन्दोलनका प्रणेता जनमुखी नेता रुपचन्द्र विष्टको कर्मस्थलमा आएर विद्यालयमा विज्ञान प्रयोगशाला भवन तथा स्वर्ण स्मारक उद्घाटन गर्ने अवसर पाएकामा आफूलाई खुशी लागेको उहाँले बताउनुभयो ।
थाहा नगरपालिकाको पालुङ, घट्टेचौरस्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “सामाजिक चेतना र जागरण अभियानका अभियन्ता रुपचन्द्र बिष्ट नेपालका विभिन्न राष्ट्रिय भाषामा दख्खल राखी भाषाका माध्यमबाट स्थानीय जनसमुदायमा सामाजिक जागरण अभिवृद्धि गर्ने आदर्श व्यक्तीको कर्मथलोलाई ‘थाहा’ अभियानसँग जोडेर थाहा नगरपालिका नामाकरण हुनु गौरबको बिषय हो ।”
राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा गरिएको सरकारी लगानीको प्रतिफलबारे समीक्षा गरी आगामी दिनका लागि थप परिष्कृत नीति तथा कार्यक्रम तर्जुमा गर्न सम्बद्ध पक्ष जागरुक हुनुपर्ने बताउनुभएको छ । विद्यालयलाई स्वावलम्बी र आत्मनिर्भर बनाएर नै गुणस्तरीय जनशक्ति उत्पादन गर्न सकिने सधैँ हेक्का राख्न पनि आग्रह गर्नुहुँदै विकासको मूल आधारका रुपमा रहेको गुणस्तरीय शिक्षा प्रदान गर्न राज्य कटिबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
   राजनीतिक स्थिरता र स्थायित्व सहित मुलुक अब समृद्धितर्फ अगाडि बढ्ने जमर्को गर्दैछ भन्दै उहाँले दामन पालुङ उपत्यकामा पर्यटन विकासको प्रशस्त सम्भावना रहेकाले पूर्वाधार विकासलाई थप सुदृढ पार्दै पयर्टन व्यवसायका माध्यमबाट आर्थिक विकासमा टेवा पु¥याउन अग्रसर हुन आह्वान गर्नुभयो ।
   विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राजिब स्याङतानको सभापतित्वमा भएको कार्यक्रममा  प्रतिनिधिसभाका सदस्य विरोध खतिवडा, प्रदेशसभा सदस्य कुमारी मोक्तान, थाहा नगर प्रमुख लबशेर बिष्टलगायतले विद्यालय स्वर्ण वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना दिनुभएको थियो ।
   कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले राष्ट्रपति भण्डारीलाई नगरपालिकाको तर्फबाट अभिनन्दन गर्नु भएको थियो । कार्यक्रममा विद्यालय पूर्वप्रधानाध्यापक तुलसी थापा, पूर्व शिक्षक शिवराज शर्मा संस्थापक अध्यक्ष झलकचन्द्र बिष्टलाई मरणोप्रान्त सम्मान स्वरुप उहाँकी धर्म पत्नी अम्बिका बिष्टलाई सम्मान गरिएको थियो । राष्ट्रपति भण्डारीले कृषि प्रयोगशाला भवनको साथै विद्यालयको २०५९ ब्याचका २१ जना विद्यार्थीको आर्थिक सहयोगमा निर्मित स्वर्ण स्मारकको उद्घाटन गर्नु भएको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg