pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहामा ४९ अर्बमा बन्ने मदन भण्डारी विश्वविद्यालय निर्माणको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार,

FB_IMG_1686155697061_1-1686155743.jpg

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा निर्माण गर्न लागिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विविद्यालयको वातावरणीय प्रभाव मूल्या|sg प्रतिवेदनमा राय सुझावको लागि आव्हान गरिएको छ।

प्रतिवेदन अनुसार प्रस्तावित विश्वविद्यालयको बिल्डअप क्षेत्र २ लाख २३ हजार वर्गमिटरको २०० कोठाको निर्माण हुने उल्लेख छ। साथै ४ हजार जना विद्यार्थी अध्ययन गर्न सक्ने क्षमताको हुनेछ।

यसका पूर्वाधारहरुमा एकेडेमिक भवन, कम्यूनल भवन, छात्रावास, ६०७ कर्मचारीको लागि आवास, ४० कोठाको गेष्ट हाउस, २५ शैयाको अस्पताल, विद्यालय, पहुँच सडक लगायत रहने उल्लेख छ।

आयोजनाको लागि आवश्यक पर्ने कुल क्षेत्रफल ५०.५२ हेक्टर मध्ये ४१.२९ हेक्टर वन क्षेत्र रहेको र बाँकी ९.२३ हेक्टर विश्वविद्यालयको जग्गा रहेको उल्लेख छ। खपत हुने पानी ५ लाख ४७ हजार ५०० लिटर दैनिक रहने प्रतिवेदनमा उल्लेख छ।

यो विश्वविद्यालय आयोजनाको निर्माण लागत ३७६ मिलियन डलर अर्थात् ४९ अर्ब २५ करोड ६० लाख रूपैयाँ हुने अनुमान गरिएको छ। यो आयोजना निर्माणको चरण अगाडि बढाउन सरकारले बजेटमार्फत घोषणा गरिएको थियो।

सरकारले सन् २०१९ मा विश्वविद्यालय स्थापनाका लागि तयारी गर्न विभिन्न गतिविधिहरु सञ्चालन गर्ने उद्देश्यका साथ मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन गरेको थियो ।

 

सोही समितिले अहिले विश्वविद्यालय निर्माणका लागि वातावारणीय प्रभाव मूल्याङकन प्रतिवेदन तयार गरेको छ ।

सरकारले उक्त विश्वविद्यालय अनुसन्धानमुखी विश्वविद्यालयको रुपमा स्थापना गर्ने जनाएको छ । त्यस्तै, नयाा ज्ञान र प्रविधि सिर्जना र अनुसन्धानको माध्यमबाट नयाँ ज्ञान र प्रविधि विकास गर्न सक्षम जनशक्ति उत्पादन गरी अर्थतन्त्र विकासका प्रत्यक्ष सहयोग पुर्याउने साधनको रुपमा विश्वविद्यालय विकास गर्ने लक्ष्य लिएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...