bipad-1691926127.jpg
Monday, 02 Oct, 2023
368434171_615037517201311-1692942851.jpg

अपडेट

थाहामा ४९ अर्बमा बन्ने मदन भण्डारी विश्वविद्यालय निर्माणको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार,

FB_IMG_1686155697061_1-1686155743.jpg

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा निर्माण गर्न लागिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विविद्यालयको वातावरणीय प्रभाव मूल्या|sg प्रतिवेदनमा राय सुझावको लागि आव्हान गरिएको छ।

प्रतिवेदन अनुसार प्रस्तावित विश्वविद्यालयको बिल्डअप क्षेत्र २ लाख २३ हजार वर्गमिटरको २०० कोठाको निर्माण हुने उल्लेख छ। साथै ४ हजार जना विद्यार्थी अध्ययन गर्न सक्ने क्षमताको हुनेछ।

यसका पूर्वाधारहरुमा एकेडेमिक भवन, कम्यूनल भवन, छात्रावास, ६०७ कर्मचारीको लागि आवास, ४० कोठाको गेष्ट हाउस, २५ शैयाको अस्पताल, विद्यालय, पहुँच सडक लगायत रहने उल्लेख छ।

आयोजनाको लागि आवश्यक पर्ने कुल क्षेत्रफल ५०.५२ हेक्टर मध्ये ४१.२९ हेक्टर वन क्षेत्र रहेको र बाँकी ९.२३ हेक्टर विश्वविद्यालयको जग्गा रहेको उल्लेख छ। खपत हुने पानी ५ लाख ४७ हजार ५०० लिटर दैनिक रहने प्रतिवेदनमा उल्लेख छ।

यो विश्वविद्यालय आयोजनाको निर्माण लागत ३७६ मिलियन डलर अर्थात् ४९ अर्ब २५ करोड ६० लाख रूपैयाँ हुने अनुमान गरिएको छ। यो आयोजना निर्माणको चरण अगाडि बढाउन सरकारले बजेटमार्फत घोषणा गरिएको थियो।

सरकारले सन् २०१९ मा विश्वविद्यालय स्थापनाका लागि तयारी गर्न विभिन्न गतिविधिहरु सञ्चालन गर्ने उद्देश्यका साथ मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन गरेको थियो ।

 

सोही समितिले अहिले विश्वविद्यालय निर्माणका लागि वातावारणीय प्रभाव मूल्याङकन प्रतिवेदन तयार गरेको छ ।

सरकारले उक्त विश्वविद्यालय अनुसन्धानमुखी विश्वविद्यालयको रुपमा स्थापना गर्ने जनाएको छ । त्यस्तै, नयाा ज्ञान र प्रविधि सिर्जना र अनुसन्धानको माध्यमबाट नयाँ ज्ञान र प्रविधि विकास गर्न सक्षम जनशक्ति उत्पादन गरी अर्थतन्त्र विकासका प्रत्यक्ष सहयोग पुर्याउने साधनको रुपमा विश्वविद्यालय विकास गर्ने लक्ष्य लिएको छ ।

shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...

निश्चित मापदण्ड निर्धारण गरेर मात्र पदक दिनेछौं :- गृहमन्त्री श्रेष्ठ
FB_IMG_1696243472248-1696243495.jpg

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बर्तमान सरकारले देशका युवालाई देशमा नै रोजगार दिनसक्ने...

राजा बन्न आवेदन खुल्यो,असोज २५ सम्म फारम भरिसक्नुपर्ने।
FB_IMG_1696170483584-1696170509.jpg

  गोरखामा दाैडिएर राजा बनेको इतिहास हामीले विद्यालयका पुस्तकमा पढेका छाैं । जुन इतिहासको विम्बात्मक रूपमा...

आयल निगमद्वारा पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता
FB_IMG_1696156716863-1696156728.jpg

नेपाल आयल निगम लिमिटेडले शनिबार रातिबाट लागू हुने गरी वृद्धि गरेको पेट्रोलियम पदार्थको भाउ फिर्ता लिएको छ। यो...

एसियन गेम क्रीकेटमा नेपाल क्वाटर फाइनलमा प्रवेश
FB_IMG_1696137498891-1696137510.jpg

माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ...

कस्तो छ आजको मौसम ?
FB_IMG_1691910023736-1693-1696129640.jpg

हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको...

आजको तरकारीको बजार भाउ,
tarkari-bazar-29092076-16-1696129310.jpg

कृषि उपज न्यूनतम     गोलभेडा ठूलो(भारतीय) (केजी) रू ४० गोलभेडा ...

नेपाल सिएमए संघ मकवानपुरमा अमर लामा स्याङतान
FB_IMG_1696129000381-1696129091.jpg

नेपाल सि.एम.ए संघ मकवानपुर को चौथो अधिबेशनले अमरलामा स्याङतानको अध्यक्षतामा १३ सदस्य कार्यसमिती चयन गरेको छ । आज...

चौघडा बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार र उद्यमी सदस्य बनाउने
FB_IMG_1696128742166-1696128787.jpg

हेटौंडा, १३ असोज  हेटौंडा उपमहानगरपालिकामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीका...