jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहामा भदौ १५ सम्म निषेधाज्ञा थपिने

IMG_20200819_122955-1598260808.jpg

छिमेकी जिल्लाहरु तथा सदरमुकाममा कोभिड १९ (कोरोना भाइरस) संक्रमितका बिरामीको संख्या बढेपछी भाद्र ३ गते विहान १२ बजेदेखि थाहा नगरपालिकामा लागू गरिएको निषेधाज्ञा आगामी भाद्र १५ गतेसम्मका लागि थप गर्न सिफारिस गर्ने निर्णय गरिएको छ ।

सोमबार जेसीज हलमा आयोजित समीक्षा बैठकमा सहभागीहरुले स्वाव संकलनको अवस्था रहेकोले सो अवधिसम्मका लागि निषेधाज्ञा जारी गर्ने सिफारिस गरिएको हो ।

नगर प्रमुख लवशेर बिस्टले सहभागीहरुको अनुरोधलाई सुल्झाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई अनुरोध गर्ने बताउनु भयो । नियमित अनुगमनको क्रममा अघिल्लो लकडाउन भन्दा यसपटकको निषेधाज्ञामा आम व्यवसायीहरुले सघाएको नगर उपप्रमुख खड्ग गोपालीले बताउनु भयो । बैठकमा नगरका सरोकारवाला संघ सन्था, राजनीतिक दललगायतका प्रमुख तथा प्रतिनिधिहरुको सहभगिता थियो ।

बैठकले निषेधाज्ञा अटेर गर्नेहरूलाई प्रचलित कानून बमोजिम कार्वाही गर्न प्रशासनलाई सुझाव दिएको छ । इप्रका पालुङ्गका प्रमुख विकास कुमार तमाङ्गले सबै नागरिकको सहयोग रहेमा प्रहरी तत्काल सुरक्षा सेवामा लाग्ने बताउनु भयो । प्रहरी निरीक्षक तमाङ्गले निषेधाज्ञा अटेर गरेको पाइएमा तत्काल खवर गर्न अनुरोध गर्नुभयो । बैठकले बैंक तथा वित्तीय सन्थाहरु समेत बन्द गर्न सुझाव दिएको छ । कतिपयले भने समान रुपले कार्यान्वयन गर्न सुझाव दिएका छन् ।

पछिल्लो समय प्रत्येक वडाबाट २०/२० जनाको दरले स्वाव संकलन गर्ने अभियान संचालित छ । तर, सोमबारसम्म पिसिआरको नतिजा आइसकेको छैन । यसअघि करिव ४ सय जनाको पिसिआर परिक्षण गरिसकेको छ । तीमध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियोभने ७ जना उपचारपछी घर फर्किएका छन् भने ५ जना उपचार गरिरहेका छन् । यद्यपि सक्रमित सबै थाहा नगरमै निरन्तर बसोवास गरिरहेका व्यक्तिहरु भने होइनन् ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...