pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहामा प्रतिपक्ष दलहरु सक्रिय, बिकास निर्माण र कर्मचारीको सेवासुविधाको हिसाब माग

थाहा नगरपालिकामा प्रतिपक्ष दलहरु सक्रिय भएका छन् । दुई तिहाईभन्दा बढी जनप्रतिनिधिहरु नेकपाबाट निर्वाचित भएको नगरपालिकामा नेकपाइतर दलहरु एकजुट भएका हुन् । नगरमा क्रियाशील नेकपाबाहेक पाँच राजनीतिक दलहरु संगठित भएर अन्तरपार्टी सञ्जालसमेत गठन गरेका छन् । 

प्रतिपक्ष दलहरुको सञ्जालले सोमबार थाहा नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएदेखि हालसम्मको विकास निर्माणको विवरण माग गरेको छ । त्यसैगरी थाहा नगरपालिकामा सबै कर्मचारीहरुको नाम, पद र उनीहरुले खाइपाई आएको तलब तथा सेवा सुविधाको विवरण समेत माग गरेको जनता समाजवादी पार्टी वागमती प्रदेश सदस्य इन्द्रबहादुर श्रेष्ठले बताउनु भयो ।

थाहानगर प्रतिपक्ष पार्टी सञ्जालमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी(जसपा), राप्रपा, राष्ट्रिय जनमोर्चा र विवेकशील साझा पार्टी रहेका छन् । उनीहरुको संयुक्त टोलीले सोमबार थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टलाई भेटेर अन्तरपार्टी सञ्जालको निर्णयबमोजिम सूचना विवरण माग गरेका छन् । 

संजालले नगरपालिका प्रमुखबाट तोक आदेश गराई सूचना शाखामार्फत् विवरण माग गरेको जसपा प्रदेश सदस्य श्रेष्ठले जानकारी दिनुभयो ।
संजालले नगरपालिकालाई पत्र लेखेर सार्वजनिक जानकारीको लागि सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुसार प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग गरेको छ । 

राष्ट्रिय सूचना आयोगलाई बोधार्थ दिएर लेखिएको उक्त पत्रमा नेपाली काँग्रेसका नगर सभापति योगेन्द्रमान श्रेष्ठ, जनता समाजवादी पार्टीका क्षेत्र  नं. २ इन्चार्ज ईन्द्रबहादुर श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष हरेराम कार्की, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष दिनेश विष्ट र विवेकशील साझा पार्टीका नगर अध्यक्ष माधव कार्कीले हस्ताक्षर गरेका छन् । 
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...