jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहामा निषेधाज्ञा हट्याे, दिउँसाे ४ बजेपछि व्यवसाय र यातायात बन्द गरिने

थाहानगर क्षेत्रमा लगाइएको निषेषाज्ञा हटाइएको छ । थाहानगर कार्यपालिकाको मंगलबार सम्पन्न बैठकले निर्णय गरी निषेधाज्ञा हटाइएको कार्यपालिकाका सदस्य सचिव तथा थाहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिनुभयाे । 

सार्वजनिक सेवा प्रवाहमा खुकुलो

नगरपालिका मातहतका वडा कार्यालय तथा अन्य संघसंस्थाहरुले स्वास्थ्य एवं सुरक्षाका मादण्डहरुलाई पालना गरी सेवा सुचारु गर्ने निर्णय भएको छ । सेवा प्रवाह गर्दा भिडभाड हुने गरी कुनै पनि कार्यरसेवा प्रवाह नगर्ने÷नगराउने कायृपालिकाले निर्णय गरेको छ । 

बैंक तथा वित्तीय संस्थाहरुबाट नियमित प्रवाह हुने सेवालाई बिहान १० बजेदेखि दुई बजेसम्म संचालन गर्ने व्यवस्था मिलाउने तर बैंक तथा वित्तीय संस्थाहरुबाट फिल्डमा कर्मचारी खटाई गरिने कार्यहरुलाई पूर्ण रुपमा रोक्ने कार्यपालिकाको निर्णय छ । 

त्यस्तै बैंक तथा वित्तीय संस्थाबाट डिजिटल प्रविधीको प्रयोग गरि दिईने सेवालाई प्राथमिकता दिने कार्यपालिकाको निर्णय रहेको छ ।

सुरक्षा सतर्कतालाई कडाई

थाहा नगरपालिका प्रवेश गर्ने नाकाहरुमा चेकजाँचलाई कडा गर्ने नगर कार्यपालिकाको निर्णय रहेको छ । नगर भित्र आउने जाने व्यक्तीहरुको विवरण संकलन गर्ने निर्णय भएको छ । 

नगर प्रवेश गर्ने र अन्यत्र जानेमा कोही कसैलाई कोभिड–१९ देखा परे कन्ट्या ट्रेसिङलाई सहज बनाउन यस्तो नियम बनायएको थाहा नगरपालिकाले  जनाएको छ । थाहा नगर भित्र आउने व्यक्तीहरुलाई पि.सि.आर. परीक्षण गरि आउन नगरपालिकाले अनुरोध गर्ने भएको छ । 

उद्योग व्यवसाय र निर्माण कार्यमा अलि सहजता 

थाहानगर क्षेत्र भित्र संचालनमा रहेका सम्पूर्ण खालका उद्योग, व्यवसायहरु हरेक दिन बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र संचालन गर्न पाइने भएको छ । 

नगरका सबै खाले पसल तथा होटलहरुमा मास्क तथा साबुन पानीरसेनिटाइजर अनिवार्य रुपमा राख्ने व्यवस्था मिलाउन अनुरोध गर्ने ।सो गरे नगरेको सम्बन्धमा नियमित अनुगमन गर्न नगरपालिकारवडा कार्यालय, बजार व्यवस्थापन समितिरटोल विकास समिति, उद्योग बाणिज्य संघ, स्थानीय प्रहरी तथा आवश्यक संघरसंस्थाका प्रतिनिधी समेत सम्मिलित अनुगमन समिति बनाई कडाईका साथ अनुगमन गर्ने व्यवस्था मिलाउने नगरपालिकाको निर्णय छ । 

कारखाना, ग्यारेज लगायतका स्थानहरुमा कामदारहरु ल्याउनु पर्ने भएमा अनिवार्य नगरपालिकाको सिफारिस लिई  पिसिआर परिक्षण गराई मात्र ल्याउनु पर्ने नगरपालिकाले नियम बनाएको छ ।

थाहा नगरबाहिरबाट आउने खासगरी संक्रमणरजोखिम देखिएको स्थानबाट यात्रु तथा व्यक्तीहरुलाई सबै होटेलहरुमा खाना नास्ता नखुवाउने तथा त्यस्ता व्यक्तीहरुलाई प्याकिङ  खाना र खाजा दिने व्यवस्था मिलाउन सम्पूर्ण होटल व्यवसायीहरुलाई अनुरोध गर्ने नगरपालिकाको निर्णय रहेको छ । निर्माण व्यवसायीहरुले निर्माण सम्बन्धी काम सूचारु गर्न नगर बाहिरबाट कामदारहरुको हकमा सम्बन्धीत निर्माण स्थलमा नै क्याम्प खडा गरी राख्ने व्यवस्था मिलाउनु पर्नेछ । हालको लागी निर्माण कार्य गर्न गराउन स्थानीय स्तरमा नै उपलब्ध हुने जनशक्तीको प्रयोग गर्ने, नगर बाहिरबाट कामदार ल्याउनु पर्ने भएमा नगरपालिकाको सिफारिसमा पि सि आर परिक्षण गरेर मात्र ल्याउने व्यवस्था सम्बन्धित निर्माण व्यवसायीले मिलाउनु पर्ने नगरपालिकाको निर्णय छ । 

नगर अन्तर्गतका उपभोक्ता समितिहरु मार्फत संचालन गरिने योजनाहरु नियमित रुपमा संचालन गर्ने, उद्योग, व्यवसाय तथा निर्माण व्यवसायीहरुले आ(आफ्नो व्यवसाय संचालन गर्दा कोभिड १९ सम्बन्धी सुरक्षा मापदण्ड अनिवार्य पालन गर्ने गराउने, कृषि उत्पादनका तथा विक्री कार्य गर्ने किसान तथा व्यक्तीहरुलाई आफ्नो खेत बारीमा गई कार्य गर्न पाउने नगरपालिकाको नियम छ ।

सार्वजनिक तथा निजी यातायात संचालनमा आशिंक कडाई

खाद्यान्न तथा अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारी साधनको आवागमनमा रोक नलगाइने भएको छ ।  आकस्मिक तथा अत्यावश्यक कार्यमा बाहेक बेलुकी ४ बजेपछि नगर क्षेत्रमा कुनै पनि सार्वजनिक तथा निजी सवारी साधनहरु संचालन गर्न नपाईने, तरकारी व्यापारी, ढुवानी कार्यमा सहभागी हुने चालक तथा सहचालकलाई सुरक्षा मापदण्ड अपनाउन अनुरोध गर्ने र सबै वडामा त्यस्ता व्यक्तीहरुलाई सुरक्षित हुने तरिकाहरुका बारेमा नगरपालिकाले आवश्यक अभिमूखिकरण गर्ने निर्णय नगरपालिकाको छ । 

त्रिभुवन राजमार्गको प्रयोग गरी हेटौडा तथा काठमाण्डौतर्फ जाने गाडीको हकमा नगर प्रवेश गरेपछि कहि कतै रोक्न नपाउने व्यवस्था मिलाउन ई.प्र.का. लाई अनुरोध गर्ने र आवश्यक सहयोग नगरपालिकाले गर्ने कार्यपालिकाले निर्णय गरेको छ । 

सार्वजनिक सभा पूर्ण रुपमा प्रतिबन्ध

थाहा नगरपालिका क्षेत्रमा सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार पूर्ण रुपमा बन्देज लगायएको छ । नगरपालिका क्षेत्रमा प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन गर्न नपाइने नगरपालिकाले निर्णय गरेको छ ।

नगरपालिकाकाको निर्णय अनुसार समुहमा खेलिने सबै किसिमको खेलकुदका कार्यक्रममाथि पनि बन्देज लगाइएको छ । त्यसैगरी सबै प्रकारमा धार्मिक स्थान तथा उक्त स्थानमा हुने पुजापाठ लगायतका क्रियाकलाप सम्बन्धित पुजारी तथा पास्टरले मात्र गर्ने व्यवस्था मिलाउने निर्णय छ । 

निर्णय कार्यान्वयनका लागि अनुगमन समिति

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गर्न अनुगमन समिति गठन गरिएको छ । 

थाहा नगरपालिकाका उप प्रमुख खड्ग गोपालीको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा  ईलाका प्रहरी कार्यालय प्रतिनीधि, थाहानगर उद्योग बाणिज्य संघ प्रतिनिधी, पत्रकारहरु, अन्य संघरसंस्था प्रतिनिधी सदस्य रहेका छन् । 

त्यस्तै समितिमा वडाध्यक्षहरु, बजार व्यवस्थापन समितिको अध्यक्षहरु पदेन सदस्य रहेका छन् भने थाहानगर भित्रका प्रमुख बजारहरुमा कडाईका साथ अनुगमन तथा निगरानी गर्न वडा कार्यालय, वजार व्यवस्थापन समिति, टोल विकास संस्था, अगुवा नागरिक लगायतका व्यक्तीहरु सम्मिलित अनुगमन उपसमिति बनाउने निर्णय भएको छ । नगरपालिकाले लागु गरे बमोजिमको शर्त तथा निर्णय पालना नगरेको अवस्थामा तत्काल कारवाही गर्ने नगरपालिकाले जनाएको छ । 

निर्णयहरूः


https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...