jkmv-english-1784299234.jpg
Sunday, 19 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहामा खानेपानीको ‘हाउस कनेक्शन’ सुरु, प्लम्बरहरु सूचीकृत

1725633447843-1725633555.jpg

थाहा नगरपालिका वडा नम्बर १, २, ३ र ४ मा निर्माणाधिन पालुङ वृहत खानेपानी आयोजनाको ‘हाउस कनेक्शन’ अर्थात घरमा निजी धारा जडान कार्य शुरु भएको छ । मुख्य पाइपलाइनमा पानी वहाब परीक्षण पश्चात् धारा जडान कार्य पनि शुरु गरिएको हो । 
यसअघि शिखरकोट बजार क्षेत्रमा केही धारा जडानको कार्य शुरु भएकोमा २१ भाद्रमा जेसिज मार्ग अन्तर्गतका घरहरुमा धारा जडान गरिएको हो । मुख्य पाइप लाईन विस्तार भएको क्षेत्रमा क्रमशः धारा जडानको कार्य संचालन गरिने समितिकी शकुन्तला गोपालीले जानकारी दिइन् । योजना अन्तर्गत मुख्य पाइपलाईन (३२ एमएम सम्मको) विस्तार निर्माण कम्पनीका तर्फबाट र बाँकी घरसम्मको लाइन (२५ एमएम) बाहेक २० एमएमको पाइप खरिद र खन्नेपुर्ने कार्य ग्राहकले गर्नुपर्ने समितिले जनाएको छ । ‘हाउस कनेक्शन’ का लागि आवश्यक प्लम्बिङ खर्च नगरपालिकाले बेहोर्ने र सामान भने घरधनीले खरिद गर्नुपर्ने जनाइएको छ ।
यसैबीच ‘हाउस कनेक्शन’ का लागि प्लम्बिङ सेवा लिन थाहानगर खानेपानी व्यवस्थापन बोर्डले प्लम्बरहरु सूचीकृत ग्स् सार्वजनिक गरेको छ । सूचना  प्रकाशित गरी प्लम्बरहरुलाई सूचीकृत भएका हुन् । ‘हाउस कनेक्शन’ का लागि सूचीकृत प्लम्बरलाई काम लगाउँदा घरधनीले ज्याला दिनु नपर्ने समितिले जनाएको छ । समितिले पायक पर्ने प्लम्बर मार्फत ‘हाउस कनेक्शन’ गर्नका लागि ग्राहकहरुलाई अनुरोध समेत गरेको छ । 
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, थाहा नगरपालिका र उपभोक्ताहरुको संयूक्त लगानीमा निर्माणाधिन पालुङ वृहत खानेपानी आयोजनाको करिब ८० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी काम आउँदो मंसिरसम्म सक्नुपर्ने नेपाल सरकारसंग सम्झौता छ । 

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...