pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहामा आइतबार एक जना कोरोना संक्रमित थपिए, ९ दिन गाउँमा बसेपछि मात्रै क्वारेन्टाइन गएका थिए उनी, नालीबेली यस्तो छ 

क्वारेन्टाइनमा जानुभन्दा ९ दिन अघि उनी गाउँ आएका थिए । सँगै एउटै मोटरसाइकलमा आएका उनका बज्रबाराहीका साथी गाउँ आएको दिन घरमा नगई क्वारेन्टाइन गए । तर उनीचाहिँ घरमै गएर बसे । काठमाण्डौंबाट मोटरसाइकलमा संगै आएका उनीहरु थाहा–१ को ओखरबजारबाट छुट्टिएका थिए । 

क्वारेन्टाइनमा गएपछि उनका साथीले क्वारेन्टाइन व्यवस्थापनलाई आफू एक्लै आएको बताए । पछि उनी दुई जनाको सम्बाद भयो कि भएन जानकारी छैन । तर उनी क्वारेन्टाइनमा गएनन् । परिवारले पनि क्वारेन्टाइनमा जान भनेन । छिमेकीहरु पनि चुप लागे । अन्ततः उनलाई कोरोना संक्रमण देखियो । 

थाहा नगरपालिका वडा नं. २ इन्द्रायणी बस्तीका ३० वर्षीय पुरुषमा आइतबार कोरोना संक्रमण देखिएको हो । हेटौंडास्थित प्रयोगशालामा उनको स्वाबको पिसिआर विधिबाट परीक्षण गरिएको थियो । प्रयोगशालाले यसबारे पुष्टि गरेको छ । 

गत भदौ १७ गते अबेर उनी घर आइपुगेका थिए । त्यसयता भदौ २५ गतेसम्म उनी गाउँमै थिए । उनी काठमाण्डौंको भद्रकाली ब्यारेकमा नेपाली सेनामा कार्यरत छन् । एउटै व्यारेकमा कार्यरत उनका थाहा ६ बज्रवाराहीका साथी  क्वारेन्टाइनमा बसेको अवस्थामा कोरोना संक्रमण देखिएपछि थाहा नगरपालिकाका डाक्टरसहितको टिमले कहाँकहाँ पुगेको, कसकसलाई भेटेको भनी सोधपुछ गरेको थियो । त्यसपछि मात्रै उनले थाहा नगरपालिकाको वडा नं. २  बस्ने एक जना नेपाली सेनाको एउटै ब्यारेकमा कार्यरत साथी आफूसँगै आएको  बताएका थिए ।  संक्रमितले सूचना लुकाउँदा थाहामा कोरोनाको जोखिम बढ्यो भन्दै त्यही बेला थाहानगरमा त्रास व्यक्त गरिएको थियो । 

कन्ट्याक्ट ट्रेसिङमा परेपछि मात्र उनलाई भदौ २५ गते बज्रवाराहीस्ति क्वारेन्टाइनमा लगिएको थियो । २६ गते उनको स्वाब संकलन गरियो । २९ गते आइतबार परीक्षण गर्दा कोरोना संक्रमण देखियो । 
थाहानगर आउनुअघि उनी बीरगन्ज पुगेर काठमाण्डौं फर्किएका थिए । त्यसपछि लगत्तै पालुङ आएका थिए । घरमै बसिरहेका उनलाई ९ दिनपछि क्वारेन्टाइन पठाएपछि उनका परिवारका ६ जनालाई होम क्वारेन्टाइनमा बस्न भनिएको थियो । उनमा संक्रमण देखिएपछि थाहा नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ शुरु गरेको छ । 

बज्रवाराहीस्थित क्वारेन्टाइनमा रहेका उनलाई कोरोना देखिए पछि शनिबार कोरोना संक्रमित ४ जनासँगै हेटौंडास्थित आइसोलेसन पठाउने तयारी थालिएको छ  । 


 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...