pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहानगरमा विच भलिवल सङ्गै सास्कृतिक महोत्सब पनि

306900426_573179665688575-1663411309.jpg

थाहानगर उत्तरी मकवानपुर थाहा कला केन्द्रले विच भलिवल सङ्गै सास्कृतिक महोत्सब पनि गर्ने भएको छ । कला केन्द्रले कार्यक्रमसम्बन्धी प्रचार गरेको व्यानरमा भलिबल सङ्गै सास्कृतिक महोत्सब पनि हुने जानकारी गराएको हो । केन्द्रले असोज १४ देखि १७ गतेसम्म थाहा नगरमा पहिलो पटक विच भलिवलको आयोजना गर्दैछ । थाहा ३ स्थित जनकल्याण माविको प्राङ्गणमा हुने भनिएको प्रतियोगिताकै बिच केन्द्रले अन्य आकर्षणहरुमा हरेक दिन राष्ट्रीय तथा स्थानिय कलाकारहरुको प्रस्तुतिको सास्कृतिक कार्यक्रम, स्थानिय झाकि प्रदर्शनी, थाहा नगरको पर्यटकिय क्षेत्रको तस्वीर प्रदर्शनी बोर्ड तथा थाहा-१ का शारिरिक अपाङ्गता भएका अमिर बम्जनले मुखले बनाएका चित्रकला प्रदर्शनी समेत गर्ने भनिएको छ । गीत सङ्गीत र अभिनयमा मात्रै सिमित नराखिएको कलाकेन्द्रले यस अघि पनि विविध सामाजिक कार्यक्रमहरुको आयोजना तथा व्यवस्थापन गर्दै आइरहेको छ । नगरमा पहिलो पटक आयोजना हुन लागेको विच भलिवल प्रतियोगितालाइ सरोकारवालाहरुले रुचिका साथ हेरेका छन ।

सामाजिक सन्जालहरुमा पनि प्रतियोगिताको प्रचार देख्न सकिन्छ । प्रतियोगिताकै विच कलाकेन्द्रले नेवारी खाजा प्रदर्शनी स्टल, विभिन्न भेराइटी खाजा खाना परिकार प्रदर्शनी स्टल, नगरको हस्तकता सामाग्री प्रदर्शनी तथा थाहानगरमै पहिलोपटक मैत्रीपुर्ण महिला भलिवल समेत आयोजना गरिने केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले जानकारी दिनुभयो । कार्यक्रम नजिकिदै गर्दा कार्यक्रमको तयारीलाई तिव्र पारिएको छ । कार्यक्रमलाइ थाहा स्पोर्ट्स एकेडेमिका अध्यक्ष युवराज विष्टले सम्योजन गर्ने भएका छन् । विष्ट थाहा २ का नव निर्वाचित वडा सदस्य पनि हुन् । थाहा नगर भलिवल संघ सङ्गको समन्वयमा गरिने विच भलिवलमा जिल्ला भरिका खेलाडिहरुले सहभागी हुन पाउनेछन् । भलिवलमा जम्मा दुई जनाको मात्रै टिम रहने भएकोले सहभागी टिम ५० भन्दा बढी हुन सक्ने थाहा नगर भलिवल संघ का अध्यक्ष वसन्त गोपालिले बताउनुभयो । प्रतियोगितामा प्रथम , दितिय र तृतिय हुने टिमले क्रमश नगद ५० हजार, २५ हजार र १० हजार शिल्ड मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन । त्यस्तै प्रतियिगितामा उत्कृष्ट हुने टिमले ५ हजार र उत्कृष्ट खेलाडि एक जनाले समेत ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । कार्यक्रमलाइ थाहा नगरपालिका , थाहाका संघसस्था, सहकारी, होटल ब्यबसायी, स्थानिय बुद्दिजिबी, तथा पत्रकारहरुको प्रत्यक्ष सहयोग रहेको छ । भने अन्य प्रायोजक हरु पनि सम्पर्कमा आइरहेको आयोजकले जनाएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...