Monday, 20 May, 2024
अपडेट

थाहानगरको बज्रवाराहीमा सुती तथा उन जन्य पोशाक उत्पादन शुरु

साना तथा घरेलु उद्योगको शुरुवातहुनु नगरको विकासको मेरुदण्ड भएको थाहा नगरपालिकाका प्रमूख लवशेर विष्टले वताउनु भएको छ । थाहानगरको बज्रवाराहीमा कल्पना थाहा कपडा उद्योगको उद्घाटन गर्नुहुँदै प्रमूख विष्टले उत्तरी मकवानपुरमै पहिलो पटक शुरु भएको यस कपडा उद्योगले थाहानगरमा उद्योगको सम्भाव्यताको शुरुवात भएको र यस्ता प्रकारका उद्योग प्रति सवैको आकर्षा बढाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नु भएको छ । स्थानिय कच्चा पदार्थको सदुपयोग रोजगारी र व्यावसायको आधारशिला उद्योग भएकाले यस्ता उद्योगको विकासमा नगरपालिका सधै साथ रहने भन्दै प्रमूख विष्टले उद्योगले यस क्षेत्रको माग पर्ुर्ती गर्ने विश्वास व्यक्त गर्नु भयो ।

महिला उद्यमीको लगानीमा उक्तरी मकवानपुरको बज्रवाराहीमा पहिलो पटक सुती तथा उन जन्य पोशाकहरु उत्पादन गर्ने हेतुले उद्योग शुरु गरिएको उद्योगकी संचालिका कल्पना बलामीले बताउनु भयो । संचालिका बलामीले थाहा नगरपालिकाको  महिला लक्षित महिला संञ्जालद्धारा संचालन गरिएको १ महिने तालिमको प्रभ्ाबबाट उद्योग संचालनको प्रेरणा मिलेको भन्दै हाल दैनिक ५० थान स्विीटर उत्पादन भईरहेको र ४ जनालाई रोजगार समेत प्रदान गरेकोले यसलाई बर्ढाई उत्तरी मकवानपुरको माग व्यवस्थापन गरि निर्यात समेत गर्ने गरि उत्पादन गर्न र यस क्षेत्रका महिलालाई थप रोजगार प्रदान मेत गर्ने बताउनु भयो । उद्घाटन कार्यक्रममा थाहानगरका स्थानिय राजनितिक दलका नेता कार्यकर्ता, व्यावसायी, संघ संस्थाका प्रतिनिधीको समेत उपस्थिती थियो । 


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...