pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहाको सतिखोलामा पक्की पुल निर्माण कार्य तीव्र

156303494_902829073798320-1620985728.jpg

उत्तरी मकवानपुरस्थित थाहा नगरपालिकाको इन्द्रायणी चौर सति खोलामा पक्की पुल निर्माण कार्य तीव्र रुपमा भइरहेको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको रु. पाँच करोड ७४ लाख लागतमा सडक पुल निर्माण भइरहेको हो ।

पुल निर्माण अन्तर्गत अहिले धमाधम ‘फाउण्डेशन’ को कार्य भइरहेको निर्माणको ठेक्का पाएको सपना निर्माण सेवाका प्रतिनिधि आकास गुप्ताले जानकारी दिनुभयो । पूर्वाधार विकास कार्यालयले सपना निर्माण सेवालाई आगामी २०७९ साल जेठ २० गतेभित्र सम्पन्न गर्ने गरी निर्माणको ठेक्का दिएको छ ।

नेपालकै एक मात्र कृत्रिम जलाशय कुलेखानी जलविद्युत केन्द्रको प्रमुख जलाधारको रुपमा रहेको पालुङ खोलाअन्तर्गत सति खोलामा पक्की पुल नहुँदा वर्षायाममा स्थानीय तरकारी उत्पादक कृषकहरुले समस्या झेल्दै आएका छन् । यसअघि खोलामा ‘ह्युमपाइप’ राखेर सडक संचालन गर्दै आएकोमा वर्षायाममा हरेक वर्षजसो भेलबाढीले सडक बगाउने गरेको छ ।

सपना निर्माण सेवाका प्रतिनिधि गुप्ताले सम्झौता अवधिमै पुल निर्माण सम्पन्न पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको बताउनु भयो । पुल ४० मिटर लम्बाइ र ११ मिटर चौडाईको हुने उहाँले जानकारी दिनुभयो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...