jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहाको विकासको साझेदार च्वाईस नेपाल बिपद्को सहयात्रीपनि

choice-1623726819.jpg

थाहा नगरपालिकामा खेर गईरहेको धसिङगरेबाट तेल उत्पादन गरी अमेरिका लैजाने संस्था डोटेरा र एलडिएससिको सामाजिक उत्तरदायित्व अन्तरगत उक्त संस्थाहरुले थाहा नगरपालिकाको विकासमा महत्वपूर्ण सहयोग गरेको ।

थाहा नगरपालिकाको विकास साझेदारको रुपमा कार्यगर्दै आएको च्वाईस नेपाल बिपद्को बेलामा सहयात्रीको रुपमा स्थापित भएको छ । २०७२ सालको भूकम्प पश्चात जनकल्याण माबि पालुङको भवन मर्मत फर्निचर सहयोग रंगरोगन तथा फर्निचर सहयोगका कार्यबाट थाहा नगरपालिकामा क्रियाशिल च्वाईस नेपालले यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन लगायतको क्षेत्रमा विविध कार्यक्रमहरु सहित क्रियाशिल छ ।

 

 

 

 

 थाहा ८ मा थाहा नगरपालिका र च्वाईस नेपालको साझेदारीमा निर्मित स्वास्थ्यचौकी भवन

थाहा नगरपालिकामा खेर गईरहेको धसिङगरेबाट तेल उत्पादन गरी अमेरिका लैजाने संस्था डोटेरा र एलडिएससिको सामाजिक उत्तरदायित्व कार्य निरनतर रुपमा थाहा नगरपालिकाको खानेपानी, आय आर्जन तथा स्वासथ्यको क्षेरत्रमा सहयोग गरिरहेको च्वाईस नेपालका कार्यकारी निर्देशक प्रतिक शर्माले बताउनुभयो ।

पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण, जनकल्याण माबि पालुङको कृषि ल्याव निर्माण, थाहा नगरपालिका ७ चिसापानी देउखेलमा बृहत खानेपानी, थाहा ८ को स्वास्थ्यचौकी भवन नगरपालिका र च्वाईस नेपालको साझेदारीमा निर्माण सम्पन्न भईसकेका योजनाहरु हुन् । थाहा नगरपालिकामा खेर गईरहेको धसिङगरेबाट तेल उत्पादन गरी अमेरिका लैजाने संस्था डोटेरा र एलडिएससिको सामाजिक उत्तरदायित्व कार्य निरनतर रुपमा थाहा नगरपालिकाको खानेपानी, आय आर्जन तथा स्वासथ्यको क्षेरत्रमा सहयोग गरिरहेको च्वाईस नेपालका कार्यकारी निर्देशक प्रतिक शर्माले बताउनुभयो । उहाँले थाहा नगरपालिकाबाट खेर जाने धसिङगरेबाट स्थानीयको आम्दानीको राम्रो स्रोत भएको समेत बताउनुभयो ।

 

 थाहा ८ सवास्थ्यचौकीमा सोमबार १० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा च्वाईस नेपालका कुल प्रसाद तिवारी, प्रताप घिमिरे र वडा अध्यक्ष टीकाराम रुम्बा

थाहा नगरपालिकासंग प्रष्ट योजना, काममा पारदर्शिता, राम्रो समन्वयकारी नगरप्रमुख भएको कारणले थाहा नगरपालिकामा काम गर्न सहज भएको च्वाईस नेपालका कार्यकारी निर्देशक शर्माले बताउनुभयो । त्यस्तै च्वाईस नेपाल र मेनटर्स इन्टरनेसनलको सहयोगमा सहकारी मार्फत सहुलियत ब्याज अनुदान कार्यक्रम अन्तरगत कृषकहरुलाई ब्यवशायिक बनाई उनीहरुको जीवनस्तर उठाउने कार्यक्रमहरु सञ्चालन गर्न प्रेरित गरेको छ । कृषकहरुको जीवनस्तर उकास्न तालिम, आधुनिक टनेल सहयोग, कृषि उपकरण र प्रविधि सहयोगमा च्वाईस नेपालको महत्तवपूर्ण सहयोग रहेकोछ । थहा नगरपालिका ३ मा निर्माणधिन शीतभण्डारको डिपिआर च्वाईस नेपालले तयार गरी नगरपालिकालाई हस्तान्तरण गरेको हो । त्यस्तै च्वाईस नेपालले गोरखनाथ मन्दिर, र बिद्यालयहरुमा शैचालय निर्माणमा समेत सहयोग गरेको छ । यि त भए भौतिक विकासका कुरा गत बर्ष कोरोना भाईरसको समयमा पनि च्वाईस नेपालले पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई विविध स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको थियो ।

यस वर्ष पनि च्वाईस नेपालले पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ४५ लाख बराबरको र थाहा ८ मा रहेको स्वास्थ्य चौकीमा पनि १० लाख बराबरको अत्यावश्यकीय स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । यसको लगत्तै च्वाईस नेपाल र थाहा नगरपालिकाको साझेदारीमा वडा नं. ११ मा टिष्टुङ कुवापानी लिफ्टिङ खानेपानी परियोजनाको तीन पक्षीय सम्झौता भई कार्य अगाडि बढिरहेको छ । त्यस्तै ठाडोखोला कालापानी खानेपानी परियोजना सञ्चालनमा आउने तयारीमा रहेको छ ।

कृषकहरुलाई फिल्डमै लालिम

भौतिक क्षेत्रको विकास संगै थाहा नगरपालिकाका जनप्रतिनिधिहरु र स्थानीय अगुवाहरुलाई नेतृत्व तथा क्षमता विकासका लागि विभिन्न गोष्ठी सञ्चालन, पर्यटकीय विकासका लागि कुन्छालका होमस्टेका लागि र सिमभन्ज्याङ नारायणझ्याउका बासिन्दालाई धुवारहित चुलो सहयोग, जनकल्याण माबिको भौतिक निर्माणमा सहयोग लगायतको कार्यक्रमहरु सञ्चालन गरेको छ । थाहा नगरपालिकाको विकासका लागि नगरपालिकाको नीति तथा कार्यक्रम अन्तरगत रही महत्वपुर्ण सहयोग च्वाईस नेपालले गरेको र नगरपालिकाको ठुलो विकास साझेदार मध्ये एक च्वाईस नेपाल रहेको थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टले बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र पालुङको भवन निर्माण, जनकल्याण माबि पालुङको कृषि ल्याव निर्माण, थाहा नगरपालिका ७ चिसापनी देउखेलमा बृहत खानेपानी, थाहा ८ को स्वास्थ्यचौकी भवन नगरपालिका र च्वाईस नेपालको साझेदारीमा निर्माण सम्पन्न भईसकेका योजनाहरु हुन् ।

च्वाईस नेपाल र थाहा नगरपालिकाको साझेदारीमा निर्मित पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको भवन

 

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...