pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहाको तल्लो बिसिङ्खेलमा आफ्नै आमाको घाँटी थिची हत्या गर्ने छोरा १९ दिनपछि पक्राउ(घटना बिवरण सहित)

1711977448839-1711977463.jpg

मकवानपुरमा आफ्नै आमालाई घाँटी थिची मार्ने छोरा १९ दिनपछी पक्राउ परेका छन्। पक्राउ पर्नेमा थाहा नगरपालिका-१० स्थित तल्लो बिसिङ्गखेलका २६ वर्षिय मिलन गमाल छन्। गमालले आफ्नै आमा ४७ वर्षिय ज्ञानिमाया गमालको गत फागुन ३० गते घरमा सुतिरहेको बेलामा घाँटी थिची हत्या गरेर भागेका थिए।
ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक श्याम थापा मगरका अनुसार काठमाडौ बस्दै आएका मिलन गत फागुन २९ गते रोजागारीका लागि भारत जान्छु भनी हिँडी आफ्नै घरमा आएर मदिरा सेवन गरि आमाको घाँटी थिची हत्या गरेका थिए। हत्या पछि उनि आमाको मोबाईल समेत बोकि झ्यालबाट निस्केर चित्लाङ्गको बाटो हुँदै काठमाडौ तर्फ भागेका मगरले जानकारी दिए।

ढोकामा भित्रबाट चुकुल लगाई मृत अवस्थामा भेटिएकी ज्ञानिमायाको शव परिक्षणका लागि फोरेन्सिक मेडिसिन बिभाग त्रिभुवन शिक्षण अस्पताल महाराजगँञ्ज काठमाण्डौ पठाईएकोमा पोष्टमार्टम रिपोर्टमा कोही कसैले घाँटी थिची कर्तब्य गरी मारेको हुन सक्ने भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको थियो।सोही फोरेन्सिक रिपोर्टको आधारमा घटनामा संलग्न ब्यक्तिको पहिचान गर्नको लागी स्थानिय मानिसहरु तथा प्राबिधिक टोली समेतको सहयोगमा अनुसन्धान गर्ने क्रममा मृतकको छोराले नै मारेको खुल्न आएको मगरले बताए।

मिलनलाई हिजो सोमबार काठमाडौमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी ज्यान सम्बन्धी कसूरमा सम्मानित मकवानपुर जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।


घटनाको विवरण 
मिति २०८०।११।३० गते विहानको अंन्दाजी ०९ः४५ वजेको समयमा जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. १० तल्लो बिसिङखेल स्थित बस्ने वर्ष ४७ की ज्ञानीमाया गमालको घरको ढोका भित्रबाट चुकुल लगाई बन्द अवस्थामा रहेको छ भन्ने स्थानियहरु समेतबाट प्रहरीमा प्रारम्भिक सूचना प्राप्त भएको ।
प्रहरी परिचालन,
सूचना प्राप्त पश्चात तत्काल इलाका प्रहरी कार्यालय चित्लाङ मकवानपुरबाट प्र.व.ना.नि.को कमाण्डमा प्रहरी टोली परिचालन गरी स्थानिय जनप्रतिनिधी, स्थानिय मानिसहरु समेतको उपस्थितीबाट बन्द ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा रहेको बन्द ढोका खोली भित्र प्रवेश गर्दा ४ वटा कोठाहरु रहेकोमा जसमध्ये ३ वटा कोठाको ढोका बाहिरबाट चुकुल लगाएको र १ वटा कोठाको ढोका भित्रबाट चुकुल लगाई बन्द अवस्थामा रहेको सो कोठा खोली हेर्दा वर्ष ४७ की ज्ञानीमाया गमाल मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त पश्चात यस कार्यालयबाट प्र.नि. श्याम थापा मगरको कमाण्डमा घटनास्थल अनुसन्धान टोली खटि गई प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थल लाशजाँच प्रकृतिको क्रममा कोठामा रहेको २ वटा झ्यालको खापाहरु मध्ये १ वटा झ्यालको १ वटा खापा भित्रबाट चुकुल नलगाई ढप्क्यानइएको अवस्थामा रहेको र मृतकले प्रयोग गर्दै आएको मोवाईल सेट नभेटिएको ।
घटना अनुसन्धान ,
घटनास्थन अनुसन्धान अधिकृतको सहितको टोलीले घटनास्थल लाशजाँच प्रकृती मुचुल्का कार्य पुरा गरी मृतक शव परिक्षणको लागि फोरेन्सिक मेडिकल विभाग त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौं पठाईएकोमा पोष्ठमार्टममा संलग्न चिकित्सकले निजको मृत्यु कोही कसैले घाँटी थिची कर्तव्य गरी मारेको हुन सक्ने भन्ने प्रारम्भिक जानकारी गराएको ।
घटना अनुसन्धान टोलीबाट घटना विवरण 
घटना संलग्न व्यक्तिको पहिचान गर्नको लागि स्थानिय मानिसहरुसँग गोप्य रुपमा बुझी र तत्काल मृतकको परिवार सदस्यहरुसँग पारिवारिक विवरण बुझ्दा निज मृतकको श्रीमान,४ जना छोराहरु, १ जना बुहारी र १ जना नातिनी रहेको जसमध्ये छोरीहरु सबैको विवाह भई आ–आफ्नो घरमा बस्दै आएको बुहारी काठमाण्डौ स्थितमा छोरीलाई पढाउनको लागि बस्दै आएको, छोरा रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा विगत ४,५ महिना अगाडी देखि गई बस्दै आएको, मृतकको श्रीमान् जेठी छोरीसँग काठमाण्डौमा बस्दै आएको र घरमा मृतक ज्ञानीमाया गमाल एक्लै बस्दै आएको ।
प्रारम्भिक सोधपुछको क्रममा मृतकको छोरा मिलन गमालले आफु रोजगारीको सिलसिलामा छिमेकी देश भारतको मजाफापुर भन्ने स्थानमा भएको र  श्रीमतीले घटना सम्बन्धमा जानकारी गराए पश्चात सोहि दिन वेलुकी अं. ०९ः३० बजेको समयमा काठमाण्डौ आएको हुँ भनि वताएको ।
पुन: घटना सम्बन्धमा स्थानिय मानिसहरु, प्राविधिको प्रयोगको विश्लेषणबाट मुतकको छोरा रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा नगई नेपाल जिल्ला काठमाण्डौमा श्रीमतीसँग बस्दै आएको खुल्न आएको ।
मिति २०८०।११।२९ गते काठमाण्डौबाट भारत देशमा जान्छु भनि हिडेको सो तर्फ नगई मदिरा सेवन गरी वेलुकी गाँउघरमा छर छिमेकीहरु सुती सके पश्चात घरमा आई आमालाई वोलाई ढोका खोल्न लगाई वसेको ।
घरको ढोकाको चुकुल भित्रबाट लगाई आमा छोरा कुराकानी गरी रातीको समयमा आमालाई घाँटी थिची मारी सो पश्चात भोलिपल्ट विहान आमाको मोवाईल लिई झ्यालबाट बाहिर निस्की चित्लाङको बाटो हुँदै काठमाण्डौ गई बसी बेलुकी परिवारका अन्य सदस्यहरुको सम्पर्कमा आएको ।
घटनामा संलग्न प्रतिवादीलाई मिति २०८०।१२।१८ गते कानुन बमोजिम पक्राउ गरी ज्यान सम्बन्धी कसूरमा सम्मानित मकवानपुर जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको।

ईलाका प्रहरी कार्यालय पालुङ द्वारा जारी प्रेस बिज्ञप्तिमा उल्यखित घटना विवरण ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...