pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहाका युवाहरु लियो जिल्लामा मनोनित
सुरेन्द्रमान प्रधान

सामाजिक अभियानमा अग्रणी अन्तरास्ट्रिय संस्था लियो जिल्ला परिषद ३२५ बि १ नेपालको बर्ष २०२१/२२ को कार्यकालका निम्ति थाहा नगरका लियो अनित बिष्ट जिल्ला निर्देशकमा मनोनित भएका छन् ।

एक व्यक्ति , एक बर्ष, एक पद सिद्धान्तअन्तर्गत नेतृत्व हस्तान्तरण हुँदै जाने लियोको २०२१/०२२ को आगमी कार्यकाल जुलाई १ तारिखबाट सुरु हुँदैछ । आगामी कार्यकालका लागि निर्वाचित जिल्ला अध्यक्ष लियो प्रकाश थापा क्षेत्रीले शनिबार एक भर्चुअल कार्यक्रममार्फत बोर्ड घोषणा गर्दै बिष्टलाई निर्देशकमा मनोनित गरिएको हो ।

थाहा नगरमा बिगत ५ बर्षदेखि सकृय युवाहरू लियोको माध्यमबाट समाजिक कार्यमा सकृय छन् । बिष्ट मकवानपुर उत्तरी क्षेत्रको एक मात्र लायन्स क्लब लायन्स क्लब अफ थाहा पिसको मातृत्व रहेको लियो क्लब अफ पिस थाहानगरका संस्थापक अध्यक्ष समेत हुन् । उनी हाल लियो जिल्ला परिषद ३२५ बि १ नेपालमा लियो ब्राण्डिङ डिपार्टमेन्ट चियरपर्सनको पदमा रहेका छन् । बिष्ट लामो समयदेखि लायन्स, लियो, जेसीजलगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्द छन्।

यसैगरी, थाहा नगरपालिकाका सक्रिय युवा अनन्त ढकाल लियो जिल्ला परिषदको सहसचिब पदमा मनोनित भएका छन् । उनलाई लियो जिल्ला परिषद ३२५ बी १ नेपालको लायन वर्ष २०२१/०२२ को लागि उक्त पदमा मनोनित गरिएको हो ।

जिल्ला परिषदका अध्यक्ष प्रकाश थापा क्षेत्रीले उनलाई सहसचिबमा मनोनित गरेको ढकालले बताए । उनले वर्ष २०२०/०२१ मा रिजन -७ मा को अर्डिनेटर भई काम गरेका थिए । यसअघि उनी लियो क्लब अफ पिस थाहाका अध्यक्ष थिए ।

यसै गरि, थाहा कै अर्का युवा सफल प्रधान पनि जिल्ला आइटी विभागको सचिवमा मनोनित भएका छन् । प्रधान लियो क्लव थाहा पिसका वर्तमान अध्यक्ष हुन् ।

 

 

 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...