Sunday, 28 Apr, 2024
अपडेट

थाहाका थिङ सहित तीन कृषकलाई राष्ट्रपति कृषक पुरस्कार

1710232030527-1710232061.jpg

हेटौँडा, फागुन २९ गते । मकवानपुरका विभिन्न स्थानमा व्यावसायिक कृषि कर्ममा क्रियाशील तीन अगुवा कृषक पुरस्कृत हुनुभएको छ । जिल्लाको थाहा नगरपालिका वडा नं. ७, डाँडावास कृषि प्रालि मार्फत बाख्रा पालन गरिरहनुभएका इमान सिं थिङ, मनहरी गाउँपालिका–७, रमौलीको रवि व्यवसायिक कृषि फार्ममार्फत् कागती खेती गरिहरहनुभएका मुना अर्याल र हेटौँडा–१७ स्थित विविआर एग्रो प्रालिमार्फत् वोयर जातको बाख्रा पालन गरिरहनुभएका कृषक जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत हुनुभएको हो । 

तीनै जना कृषकलाई पशु सेवा कार्यालय हेटौँडा मकवानपुरले मंगलवार एक कार्यक्रम गरी पुरस्कार प्रदान गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले राष्ट्रपति उत्कृष्ट पुरस्कारका लागि छनोट भएका कृषकलाई २५ हजार रुपियाँ नगदसहित सम्मान गर्नुभयो । जिल्ला समन्वय समितिको संयोजकत्वमा चितवन ज्ञान केन्द्र सदस्य सचिव र पशु सेवा कार्यालय हेटौँडा मकवानपुर सदस्य रहेको समितिले बनाएको जिल्लास्तरीय उत्कृष्ट कृषक छनोट विधि अनुसार उत्कृष्ट ठहरिएका कृषकलाई पुरस्कार प्रदान गरिएको हो । 

पुरस्कारका लागि जिल्लाभरबाट ११ वटा प्रस्ताव दर्ता भएका थिए । तीमध्ये तीन कृषकलाई बनाइएको मूल्याङ्कनका विभिन्न मापदण्ड अनुसार छनोट गरिएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डाक्टर बज्र किशोर ठाकुरले जानकारी दिनुभयो । 

पुरस्कार प्राप्त गर्ने डाँडावास कृषि प्रालिले बाख्रा पालनका साथै व्यवसायीक तरकारी खेती गर्दै आइरहेको छ । दुई पुस्तादेखि कृषि कार्यगर्दै आएको सञ्चालक इमान सिं थिङले बताउनुभयो । उहाँको परिवारले ६० वटा खरिजात, जमुना पारी र वोयर जातको बाख्रा पालन गर्नुका साथैं पालुङमा मुला, बन्दा, काउली, आलु  लगायतका तरकारी व्यवसायिक रुपमा गर्दै आउनुभएको छ । उहाँले ४० रोपनीमा कृषि कर्म गर्नुभएको छ भने बाख्राको लागि जैं घास, सुपर नेपिएर, धुधिलो घाँस लगाउनुभएको छ । उहाँले कृषि र बाख्रा पालनबाट बार्षिक करिव १४ लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।

त्यस्तै रवि व्यवसायीक कृषि फार्ममार्फत् २०६७ सालदेखि एकसय पाडापालनबाट सुरुवात गर्नुभएका अर्याललये २०६८ सालमा कुखुरा पालनदेखि कागती खेती, ड्रागन खेती गर्दै आउनुभएको छ । करिव १२ कठ्ठा क्षेत्रफलमा सुन कागती, ड्रागन, कुरिलो खेती गर्दै आउनुभएका अर्यालले ५ जनालाई रोजगारी समेत दिनुभएको छ । उहाँले करिव एक करोड लगानीमा कृषि कर्म गर्दै आउनुभएको छ भने उहाँले अर्गानिक खेती गर्नुभएको छ । बार्षिक २० लाख सम्मको कारोवार गर्ने अर्यालले बार्षिक ६ लाख सम्म आम्दानी गर्ने गरेको बताउनुभयो । 

विविआर एग्रो प्रालिका सञ्चालक झङ्कनाथ सुवेदीले बोयर जातको बाख्रा पालन गर्दै आउनुभएको छ । उहाँले व्यवसायीक रुपमा गर्नुभएको फर्म मार्फत बोयर जातको पाठापाठी उत्पादन गरेर बिक्री बितरण गर्दै आउनुभएको छ । कुखुरा पालनबाट कृषिको व्यवसायीक यात्रा सुरु गर्नुभएका सुवेदी वल्डफ्लुले सबै कुखुरा मरेपछि बाख्रा पालन व्यवसायमा लाग्नुभएको हो । उहाँले अष्ट्रेलियाबाट वोयरजातको बोका ल्याएर बाख्रा पालन व्यवसाय सुरु गर्नुभएको हो । उहाँले देशको ६५ जिल्लामा वोयरजातको बोका बिक्री गरेको बताउनुभयो । उहाँ युवा कृषक पनि हुनुहुन्छ । 

1710232036623-1710232061.jpg

world-link-1690434568.jpg
पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...