pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहाका गणेश बिष्टले खिचेका जेष्ठ नागरिकको फोटो पाटन दरबारमा,

FB_IMG_1695998041380-1695998056.jpg

थाहा /अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा असोज १३ गते शनिवार ललितपुरको पाटन दरवार परिसरमा जेष्ठ नागरिकको तस्वीर प्रदर्शनी गरिने भएको छ ।

“सबै पुस्ताका लागि जेष्ठ नागरिकको मानव अधिकार बारे बिष्वब्यापी घोषणामा गरिएका बाचाहरु पुरा गरौं” भन्ने नाराका साथ राष्ट्रिय फोटोपत्रकार समूह र एजिङ नेपालको आयोजनामा नेपालका हिमाल पहाड र तराईका जेष्ठ नागरिकको तस्वीरहरु प्रदर्शनी गरिने आयोजकले बताएको छ ।

उक्त “तस्बीरमा जेष्ठ नागरिक फोटो प्रदर्शनीैं” मा थाहा नगरका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका थाहा नगरका जेष्ठ नागरिकहरुको तस्बीरहरु पनि प्रदर्शनीमा राखिने भएको छ । फोटो पत्रकार बिष्ट उक्त फोटो प्रदर्शनी कार्यक्रमको कार्यक्रम संयोजक समेत हुन् ।

कार्यक्रम संयोजक बिष्टले प्रदर्शनीका लागि देशभरका फोटो पत्रकारहरुले खिचेर पठाएका तस्वीरहरु मध्येबाट करिब १०० वटा तस्वीरहरु प्रर्दशनीमा राखिने बताउनुभयो ।

हाल बिश्वमा जेष्ठ नागरिकहरुको संख्या सबैभन्दा बढी रहेको अवस्थामा उनीहरुको सक्रिय जीवनशैलीलाई तस्वीरमा उतारेर प्रदर्शनीमा प्रस्तुत गरिनेछ ।

जेष्ठ नागरिकहरुको दैनिकी, मेहनत, सफलता, पारिवारिक खुसी, संघर्ष तथा सफलता झल्कने तस्वीरहरु प्रदर्शनीमा राखिनेछ । प्रदर्शनीमा राखिने तस्वीरहरुले हालको नयाँ पुस्तालाई उत्साह, उमंग र जाँगर बढाउन मद्दत गर्ने आयोजकले जनाएको छ ।

यस्ता तस्वीर प्रदर्शनीले देशका बिभिन्न स्थानका जेष्ठ नागरिकहरुको अवस्था अध्ययन गर्न र उनीहरुको नैराश्यता र दुःखीपन कमगर्न सहयोग गर्ने कार्यक्रम संयोजक बिष्टले बताउनुभयो ।

राष्ट्रिय फोटो पत्रकार समूहले बिभिन्न संघ संस्थासंगको समन्वयमा बालबालिका तथा पर्यटन प्रवद्र्धनका फोटोहरु प्रदर्शन गर्दै आएको छ ।
संयुक्त राष्ट्रसंघको नेतृत्वमा अक्टोबर १ मा बिश्वभर अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउँदै आएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह देशभरका फोटो पत्रकारहरुको साझा संस्था हो भने एजिङ नेपाल जेष्ठ नागरिकको हक हितका लागि कार्य गर्दै आएको गैरसरकारी संस्था हो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...