janmadarta-1744810195.jpg
Tuesday, 13 May, 2025
krishi2-1744123294.jpg

अपडेट

थाहाका खोलामा असला माछाको भुरा छाडियो,कुनैपनी माध्यमले माछा मार्न प्रतिबन्ध

FB_IMG_1717584305565-1717584474.jpg

थाहा नगरपालिकाले माछा संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय खोलामा लोपोन्मुख असला जातको १० हजार माछाका भुरा छाडेको छ ।

बिश्व वातावरण दिवसको अवसरमा स्थानीय  खोलाअन्तर्गत आज नगरको थानाबजारको पालुङ खोला,शिखरकोटको ऋषेश्वर खोला र घर्तिखोलाको दम्कीको  विभिन्न स्थानमा माछाका भुरा छाडिएको हो ।

खोलामा असला जातको माछाको भुरा छाडिएको नगरको सामाजिक विकास शाखाले जनाएको छ ।

नगरप्रमुख बिष्णु बिष्ट,  वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझी,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोद कृष्ण जोशी,एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,ईलाका प्रहरी कार्यालय पालुङका टोली,नगर प्रहरीको टोली लगायतले संयुक्तरूपमा खोलामा माछाका भुराछाडेका थिए ।

नगरप्रमुख बिष्टले पर्यावरण र जैविक विविधताको संरक्षण तथा चराको आहारका लागि उक्त खोलामा माछा छाडिएको बताए । 
नगर प्रमुख बिष्टका अनुसार खोलाको संरक्षण गर्ने सबै नगरबासीको दायित्व भएकाले यस अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गर्नु भयो ।

खोलामा करेन्ट लगाएर तथा बिष हालेर माछा मार्ने क्रमलाई रोक्न सम्बन्धित वडा, स्थानीय र प्रशासनसंग परामर्श गरेर अगाडि बढ्ने नगरप्रमुखको भनाई छ ।

करेन्ट र विषादीको प्रयोगबिना परम्परागत तथा स्थानीय जातका  उक्त खोलामा माछा संरक्षण गरी आम्दानीको स्रोत बढाउन सकिए नगरका अन्य खोलामा पनि माछाका भुरा छोडिने योजना बनाइएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताउनुभयो।

शाखा प्रमुख अनिल लामिछानेका अनुसार उक्त खोलामा स्थानिय असला  जातका माछाको भुरा नलिवन देखि लेराएर छाडिएको हो ।

उनले उक्त खोलामा फोहर फाल्न, वडा कार्यालयको सिफारिसबिना ढुङ्गा तथा गिट्टी निकाल्नसमेत निषेध गरिएको बताए । हाल छाडिएको माछा हालिएको खोला वरपर कुनैपनी तवरले दुइ वर्षसम्म मार्न नदिइने जनाइएको छ । 
जलचर संरक्षण ऐन २०७४ अनुसार निषेध गरिएको क्षेत्रमा जलचर मारेमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुने प्रावधान छ।

FB_IMG_1717584317314-1717584474.jpg
FB_IMG_1717586611869-1717586659.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
वडा र समुदाय तह बाटै मेलमिलाप कर्ताले विवादको टुङ्गो लगाउनु:- नगर प्रमुख बिष्ट
FB_IMG_1747064924327-1747064944.jpg

स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक...

संघीयताको पक्षमा बजेट निर्माणका गर्न एफएलसीको सुझाव
1747063819375-1747063930.jpg

राजकुमार के.सी. मकवानपुर २९ बैशाख । फेडरलिज्म ए‌ण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं...

आरके मेटल ह्यान्डिक्राफ्ट्स सुरु गरे,जसबाट मासिक ८० हजार कमाउछु :-केशव सुनार
1746898366225_1-1746898525.jpg

  “व्यवसाय दर्ता गर्नु आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु...

थाहामा एग्रो,पर्यावरण पर्यटन बिकासमा जोड दिनुपर्छ:-ईन्द्र बानियाँ
FB_IMG_1746892643813-1746895331.jpg

नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा पुर्व राज्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिका एग्रो...

कालोपत्रे गर्न भन्दै तीन देखि बन्द चित्लाङ थानकोट सडक खुल्यो
FB_IMG_1746891965575-1746891985.jpg

थानकोट–चित्लाङ सडक खण्डमा सडक कालोपत्रेका लागि रोकिएको यातायात आवागमन खुल्ला भएको छ । २५ बैशाखदेखि ३ दिन सडक...

थाहाका मेलमिलाप कर्तालाई तीन दिने पुनर्ताजगी तालिम सुरु
FB_IMG_1746887880763-1746887905.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी...

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य
1746886546276-1746886654.jpg

मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले...

पालुङ बहुउद्देश्यीयको समूह प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता सम्पन्न
FB_IMG_1746798446089-1746799681.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध लघुबित्त महिला आयआर्जन समुह प्रमुख गोष्ठी तथा...

पालुङ जेसीजको क्यालेण्डर बिमोचन
1746798209537-1746798328.jpg

थाहा बैशाख २६/ पालुङ जेसीजको २०८२ सालको क्यालेण्डर बिमोचन गरिएको छ । शुक्रवार थाहा ३ मा रहेको गंगा होटलमा...