pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहाका खोलामा असला माछाको भुरा छाडियो,कुनैपनी माध्यमले माछा मार्न प्रतिबन्ध

FB_IMG_1717584305565-1717584474.jpg

थाहा नगरपालिकाले माछा संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय खोलामा लोपोन्मुख असला जातको १० हजार माछाका भुरा छाडेको छ ।

बिश्व वातावरण दिवसको अवसरमा स्थानीय  खोलाअन्तर्गत आज नगरको थानाबजारको पालुङ खोला,शिखरकोटको ऋषेश्वर खोला र घर्तिखोलाको दम्कीको  विभिन्न स्थानमा माछाका भुरा छाडिएको हो ।

खोलामा असला जातको माछाको भुरा छाडिएको नगरको सामाजिक विकास शाखाले जनाएको छ ।

नगरप्रमुख बिष्णु बिष्ट,  वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझी,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोद कृष्ण जोशी,एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,ईलाका प्रहरी कार्यालय पालुङका टोली,नगर प्रहरीको टोली लगायतले संयुक्तरूपमा खोलामा माछाका भुराछाडेका थिए ।

नगरप्रमुख बिष्टले पर्यावरण र जैविक विविधताको संरक्षण तथा चराको आहारका लागि उक्त खोलामा माछा छाडिएको बताए । 
नगर प्रमुख बिष्टका अनुसार खोलाको संरक्षण गर्ने सबै नगरबासीको दायित्व भएकाले यस अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गर्नु भयो ।

खोलामा करेन्ट लगाएर तथा बिष हालेर माछा मार्ने क्रमलाई रोक्न सम्बन्धित वडा, स्थानीय र प्रशासनसंग परामर्श गरेर अगाडि बढ्ने नगरप्रमुखको भनाई छ ।

करेन्ट र विषादीको प्रयोगबिना परम्परागत तथा स्थानीय जातका  उक्त खोलामा माछा संरक्षण गरी आम्दानीको स्रोत बढाउन सकिए नगरका अन्य खोलामा पनि माछाका भुरा छोडिने योजना बनाइएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताउनुभयो।

शाखा प्रमुख अनिल लामिछानेका अनुसार उक्त खोलामा स्थानिय असला  जातका माछाको भुरा नलिवन देखि लेराएर छाडिएको हो ।

उनले उक्त खोलामा फोहर फाल्न, वडा कार्यालयको सिफारिसबिना ढुङ्गा तथा गिट्टी निकाल्नसमेत निषेध गरिएको बताए । हाल छाडिएको माछा हालिएको खोला वरपर कुनैपनी तवरले दुइ वर्षसम्म मार्न नदिइने जनाइएको छ । 
जलचर संरक्षण ऐन २०७४ अनुसार निषेध गरिएको क्षेत्रमा जलचर मारेमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुने प्रावधान छ।

FB_IMG_1717584317314-1717584474.jpg
FB_IMG_1717586611869-1717586659.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...