kirsi-samaagri-utpaadan-1733404658.png
Friday, 14 Feb, 2025
krishi-suchana-1732709378.png

अपडेट

थानकोट- चित्लाङ दुर्घटना अपडेट घाइतेको पनि मृत्यु,मृतक संख्या ५ पुग्यो

FB_IMG_1705138888833-1705143283.jpg

हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दुरीको थानकोट-चित्लाङ सडक खण्ड चन्द्रागिरि नगरपालिका-४ सेतो पहरामा निजी कार दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।


महानगरीय प्रहरी वृत्त थानकोटाका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार ४ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

काठमाडौंबाट चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी शनिबार दिउँसो अनियन्त्रित भएर दुर्घटना भएको थियो । गाडीमा सवारी ६ जनामध्ये एक जना भने हाम फालेर बच्न सफल भएका छन् ।

दुर्घटनामा काठमाडौं-३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उनकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, ज्वाइँ काठमाडौं–२ का महेशकुमार गौतम, उनका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियन्सको मृत्यु भएको हो । घाइते स्मारिकाको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चालक महेशकुमारकी पत्नी सृष्टि तिवारी गौतम गाडीबाट हामफालेर बाँच्न सफल भएकी हुन् ।

कार सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । शनिबार उनीहरु चित्लाङ घुम्न आएको हुन सक्ने प्रहरीको अनुमान छ ।

हेटौंडा-काठमाडौं छोटो दुरीको कुलेखानी, फाखेल, सिस्नेरी र चखेलको सडक मर्मत सम्भारका कारण सवारी साधन चल्न रोक लगाइएको छ ।

chiya-1733404327.png
khanepani-1727872240.gif
degu-1728178833.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरपालिकाको वेबसाइट इन्डोनेसियाली ह्याकरको नियन्त्रणमा,
DSCN4807-1739444515.JPG

मकवानपुरको थाहा नगरपालिकाको वेबसाइट ह्याक भएको छ । नगरपालिकाको नाममा दर्ता गरिएको सबडोमेन ...

जनयुद्ध दिवसको ऐतिहासिक आवश्यकता र आजको महत्व
FB_IMG_1739411179947-1739411195.jpg

फागुन १ गते जनयुद्ध दिवस नेपालको ऐतिहासिक दृष्टिकोणमा अत्यन्त महत्वपूर्ण दिन हो। यो दिन २०५२ सालको फागुन १ गते...

सरस्वती आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
FB_IMG_1739199281537-1739199404.jpg

थाहा नगरपालिका वडा न २ महादेवस्थानमा अवस्थित सरस्वती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा,शैक्षिक...

थापा र कार्कीको पहलमा टौखेल स्वास्थ्यचौकीमा अक्सिजन कन्सल्टेटर
FB_IMG_1739192487201-1739192549.jpg

मकवानपुर, २८ माघ । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर १० स्थित टौखेल स्वास्थ्य चौकीमा ५ थान अक्सिजन...

काङ्ग्रेस सह महामन्त्री डिनाको पहलमा थानाबजार पुलको मुख,चल्ती सडकको स्तरोन्नति शुभारम्भ
FB_IMG_1739192287147-1739192304.jpg

थाहा नगरपालिकाको थानाबजार पुलको मुखबाट पालुङ हुँदै देउराली,चिसापानी,देउखेल चल्ती सडकको स्तरिकरणको कामको आरम्भ...

थाहा नगर वडा स्तरीय मेयरकप फुटबलको उपाधी वडा न ७ लाई
476407297_152738977128385-1739017863.jpg

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगिताको उपाधि वडा न ७ ले जितेको छ। २६ माघमा थाहा...

चित्लाङ थानकोट सडक कालोपत्रे गर्न १५ करोडको ठेक्का आह्वान
FB_IMG_1735712432242-1738933147.jpg

थाहा नगरपालिकाको आर्थिक विकासको मूल ढोकाको रुपमा रहेको गणेशमान सिंह (चित्लाङ–चन्द्रागिरी–थानकोट) मार्गको...

थाहा नगर वडा स्तरीय मेयरकप फुटबलको फाइनलमा वडा न १ र ७
FB_IMG_1738929855988-1738929867.jpg

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगितामा वडा न ७ र१ उपाधिको लागि  भिड्ने भएका छन ।  २५ गते...

थाहा नगर वडा स्तरीय मेयरकप फुटबल :- सेमिफाइनल समीकरण पुरा
FB_IMG_1738674794703-1738858801.jpg

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगितामा वडा न ३,७ र१, ४ सेमिफाइनल भिड्ने भएका...