pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थानकोट -चित्लाङ सडक दुर्घटनामा चिकित्सक परिवारका पाँच जनाको निधन

419472680_129644870104463-1705154397.jpg

शनिबार मध्यान्न चन्द्रागिरी सडक स्थित सेतो पहरोमा बाल एवं एलर्जी रोग विशेषज्ञ डा. महेशकुमार गौतमसहित उहाँकी छोरी, छोरा, सासु र ससुराको निधन भएको छ ।

काठमाण्डौको चन्द्रागिरी नगरपालिका–४ सेतो पहरामा कार दुर्घटना हुँदा डा. गौतमसहित मैतिदेवी बस्ने डा.गौतमका ससुरा ६७ वर्षका ओमकार निधि तिवारी, ६४ वर्षीया सासु कल्पना तिवारी, डा. गौतमकी ६ वर्षीया छोरी स्मारिका गौतम र ४ वर्षका छोरा प्रियान्स गौतमसहित पाँच जनाको ज्यान गएको हो । दुर्घटनामा डा. गौतमकी श्रीमती सृष्टि तिवारी मात्र बाँच्न सफल हुनुभएको छ ।

काठमाण्डौबाट चित्लाङतर्फ गइरहेको प्रदेश तीन ०१, २३ च ६९५८ नम्बरको कार सडकबाट खस्दा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिनुभएको छ । कार बिहान ११.५५मा सेतो पहरास्थित सडकबाट पाँच सय मिटर तल खसेको थियो। 

उकालोबाट कार व्याक हुन थालेपपछि ढुंगाको आड लगाएर रोक्न सकिन्छ कि भनेर झरेकी महेशकी श्रीमती डा. सृष्टी तिवारी मात्र बाँच्न सफल भएको बताइएको छ ।

डा. सृष्टी नेपाल क्यान्सर हस्पिटलमा क्यान्सर विशेषज्ञ हुनुहुन्छ । ३८ वर्षीय स्वर्गीय डा. महेश गौतमले लाजिम्पाटस्थित आफ्नै घरमा नेशनल आस्थ्मा एलर्जी सेन्टर सञ्चालन गर्दै आउनुभएको थियो ।

 बालबालिकासम्बन्धि आस्थ्मा र एलर्जीसम्बन्धि उहाँ अव्वल डाक्टर हुनुहुन्थ्यो । डा. गौतम पेडियाट्रिक अस्थ्मा एलर्जी इम्मुनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपाल (पेआप्सन) अध्यक्ष एवं लायन्स क्लव अफ काठमाण्डौ रेडियन्सको निवर्तमान अध्यक्ष हुनुहुन्थ्यो ।

मृतकहरुको शरीर पोष्टमार्टमका लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज राखिएको छ । डा. महेशको बुबा आमा अमेरिकामा दाइ भएको ठाउँमा जानुभएकाले उहाँहरु आएपछि मात्र दाहसंकार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारका क्रममा  बयोधा अस्पतालमा मृत्यु भएको हो । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...