pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थानकोटमा बिहानै राँगो आतंक, सडकमा हिंडिरहेका २ जना घाइते

FB_IMG_1694398992869-1694399008.jpg

सांकेतिक तस्वीर

थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा न. ४ थानकोटमा राँगोले हान्दा २ जना पुरुष घाइते भएका छन् ।
थानकोट टेकानपुरमा सोमबार बिहान करिब ६ बजे मर्निङ्ग वाल्कमा निस्किएका अनुप श्रेष्ठ राँगोले हान्दा घाइते भएका हुन् श्रेष्ठलाई बचाउन पुगेका अर्का पुरूष शरणदास श्रेष्ठ पनि घाइते भएका छन् ।

गोदाम क्षेत्रबाट आएको भनिएको सो राँगो अहिले नियन्त्रणमा लिइसकिएको स्थानीय मोहनलाल डाँगीले थानकोट टाइम्सलाई जानकारी दिनुभयो । काट्न लागेको अवस्थामा सो राँगो भागेको देखिएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
घाइते श्रेष्ठको स्थानीयहरुले उद्दार गरी अस्पताल पुर्याएका छन् ।

थानकोट क्षेत्रमा समयसमयमा राँगोले आतंक मच्चाउने गरेको छ ।

 

चन्द्रागिरि नगरपालिका–४ थानकोटको गोदाम आसपासका क्षेत्रमा मासु प्रयोजनका लागि राँगाहरु पाल्ने र काट्ने गरिन्छ । स्थानीयहरूले सो क्षेत्रमा पटक पटक राँगाे आतंक हुने गरेको भन्दै राँगा बधको कार्य व्यवस्थित हुनुपर्ने माग गर्दै आएका छन् ।

गत वर्ष साउन १३ गते पनि यस क्षेत्रमा राँगो आतंक मच्चाएपछि प्रहरीले गोली हानी सो राँगो नियन्त्रणमा लिएको थियो ।

यसअघि २०७५ साल फागुनमा चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँबाट भागेको राँगोको आक्रमणबाट थानकोट चेकपोष्टमा स्थानीय कान्छा श्रेष्ठको ज्यान गएको थियो । सो राँगोलाई प्रहरीले दहचोकमा गोली हानेर मारिएको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...