pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

तत्काल पानी पर्ने संभावना कम, अझै गर्मी बढ्न सक्ने,

FB_IMG_1685927416624-1685927474.jpg

यसपालि मनसुन भित्रिन ढिलाइ हुने भएको छ । भारतमै मनसुन आउन ढिलाइ भइरहेकाले नेपालमा पनि ढिलो हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार भारतमा मनसुन भित्रिएको दुई÷तीन दिनपछि बल्ल नेपालमा मनसुन आउँछ ।

सामान्यतया भारतमा जुन १ तारिखमा मनसुन भित्रने गरेको थियो । तर, यसपालि जुन ४ तारिख हुँदा सम्म मनसुन भित्रिएको छैन । आज जुन ४ तारिख हो । यसले गर्दा नेपालमा पनि ढिलाइ हुने सम्भावना देखिएको मौसमविद् मानन्धरले बताउनुभयो । उहाँका अनुसार यसपालि मनसुन भित्रिँदा असार लाग्ने सम्भावना छ ।

सामान्यतया नेपालमा जुन १३ तारिख अर्थात् जेठ अन्तिम हप्तातिर मनसुन भित्रने गर्छ । तर यो मितिमा हरेक वर्ष जस्तो तलमाथि हुने गरेको छ । केही वर्ष छिट्टै र केही वर्ष ढिलो गरी मनसुन भित्रने गरेको सरकारी तथ्याङ्क छ । जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको समय मानिन्छ । यसपालिको मनसुनमा सरदर भन्दा कम पानी पर्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले धेरैजसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको हो ।

यसैबीच, तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्ने मौसमविद्ले बताएका छन् । पछिल्लो एक हप्तादेखि तराई मधेसका धेरैजसो जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा धेरै छ । तापक्रम लगातार ४० डिग्री सेल्सियस भन्दा माथि रहेकाले उखरमाउलो गर्मी छ ।

तराई मधेसमा तातो हावा चल्ने र लू लाग्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् । तराई मधेससँगै पहाडी जिल्लामा पनि गर्मी बढेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि घाम चर्किन थालेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...