Friday, 26 Apr, 2024
अपडेट

तत्काल पानी पर्ने संभावना कम, अझै गर्मी बढ्न सक्ने,

FB_IMG_1685927416624-1685927474.jpg

यसपालि मनसुन भित्रिन ढिलाइ हुने भएको छ । भारतमै मनसुन आउन ढिलाइ भइरहेकाले नेपालमा पनि ढिलो हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार भारतमा मनसुन भित्रिएको दुई÷तीन दिनपछि बल्ल नेपालमा मनसुन आउँछ ।

सामान्यतया भारतमा जुन १ तारिखमा मनसुन भित्रने गरेको थियो । तर, यसपालि जुन ४ तारिख हुँदा सम्म मनसुन भित्रिएको छैन । आज जुन ४ तारिख हो । यसले गर्दा नेपालमा पनि ढिलाइ हुने सम्भावना देखिएको मौसमविद् मानन्धरले बताउनुभयो । उहाँका अनुसार यसपालि मनसुन भित्रिँदा असार लाग्ने सम्भावना छ ।

सामान्यतया नेपालमा जुन १३ तारिख अर्थात् जेठ अन्तिम हप्तातिर मनसुन भित्रने गर्छ । तर यो मितिमा हरेक वर्ष जस्तो तलमाथि हुने गरेको छ । केही वर्ष छिट्टै र केही वर्ष ढिलो गरी मनसुन भित्रने गरेको सरकारी तथ्याङ्क छ । जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको समय मानिन्छ । यसपालिको मनसुनमा सरदर भन्दा कम पानी पर्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले धेरैजसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको हो ।

यसैबीच, तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्ने मौसमविद्ले बताएका छन् । पछिल्लो एक हप्तादेखि तराई मधेसका धेरैजसो जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा धेरै छ । तापक्रम लगातार ४० डिग्री सेल्सियस भन्दा माथि रहेकाले उखरमाउलो गर्मी छ ।

तराई मधेसमा तातो हावा चल्ने र लू लाग्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् । तराई मधेससँगै पहाडी जिल्लामा पनि गर्मी बढेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि घाम चर्किन थालेको छ ।


world-link-1690434568.jpg
माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...