pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

डिनाको अडानले बन्यो हेटौंडा राजधानी

dina-1668046367.jpg

   हेटौंडालाई प्रदेश राजधानी बनाउँन भुमिका खेलेको भन्दै यहाँका मुख्य दल र प्रतिनिधिहरु त्यसको व्याज खान निकै लालाहित देखिन्छन । हेटौंडालाई प्रदेश राजधानी तोक्न यहाँका प्रमुख दलका प्रतिनिधिहरु भन्दा पनि नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’को अहम भूमिका रहेको छ । अन्य दल का नेता ले अन्यत्र पनि हुन्छ भन्ने मनसाय राखे पछि महालक्ष्मी डिना ले राजधानी हेटौडा नै हुनु पर्छ भन्दै अडान लिनु भएको थियो। डिनाको अडानका कारण आज हेटौंडा बागमती प्रदेशका राजधानी बन्न सफल भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा हेटौंडालाई प्रदेश राजधानी तोक्न आफूले भूमिका खेलेको भन्दै प्रचारबाजीमा जुटिरहँदा डिना भने त्यस विषयमा मौन देखिन्छन् । गरेको कामलाई प्रचार बाजी गरेर हिड्नु त्यति उचित नलाग्ने भन्दै उनी भन्छिन कसको कति भूमिका थियो त त्यो जनताले बुझेका छन् । हेटौंडालाई प्रदेशको राजधानी तोक्न उनको भूमिका वास्तवमै अमुल्य थियो । मकवानपुरबाट केन्द्रीय तहको राजनीतिमा पहुँच राख्ने नेतृ भएकै कारण आज हेटौंडा राजधानी बनेको हो । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते हेटौंडालाई प्रदेशको राजधानी तोकेको थियो । तत्कालिन समयमा राप्रपा नेपालका अध्यक्ष थापा उप्रधानमन्त्री थिए । तत्कालिन समयमा नेतृ डिना भने सरकारमा सहभागि थिइनन् । उनी कांग्रेसको केन्द्रीय सदस्य थिइन् । मकवानपुरबाट केन्द्रीय राजनतिमा पहँच राखकै कारण उनले हेटौंडालाई प्रदेश राजधानी बनाउन प्रधानमन्त्री देउवा समक्ष अडान कसेकी थिइन् । उनको अडान पछि देउवा पनि हेटौंडालाई राजधानी बनाउन सकारात्मक देखिएका थिए । हेटौंडालाई राजधानी तोक्न उनले प्रधानमन्त्री देउवा समक्ष सडक र भौतिक पुर्वाधारहरुको आधार पेश गरेकी थिइन् । प्रदेश राजधानी तोक्ने विषयमा सरकारको मन्त्रिपरिषद्मा व्यापक विवाद हुँदै गर्दा नेतृ डिना हेटौंडामा थिइन् । उपप्रधानमन्त्री थापा भने क्याविनेट बैठकमा सहभागि थिए । प्रदेशको राजधानीका लागि प्रदेशका ४ वटा स्थान का बारेमा छलफल भइरहेको थियो । हेटौंडासहित काभ्रेको धुलिखेल, पाँचखाल र भक्तपुर मध्ये एउटालाई राजधानि तोक्ने छलफल भएको थियो । उक्त क्याविनेटमा रहेका सबै मन्त्रीहरु काभ्रेको पाँचखाललाई राजधानी बनाउन सहमत जस्तै देखिएका थिए । यसमा थापा पनि कन्भिन्स हुने अवस्थामा पुगेका थिए । तर, उक्त विषय जानकारी पाएपछि सोही दिन डिना हेटौंडाबाट काठमाडौं पुगिन् । काठमाडौं पुगे लगत्तै उनले प्रधानमन्त्री देउवा समक्ष आफ्ना अडान जारी राखिन् । देउवा पाचखाललाई राजधानी बनाउने बारे निर्णयमा पुग्दै गर्दा डिनाले भनिन् हेटौंडामा भएमा सरकारी भवनलाई प्रयोग गरेर सरकारको दैनिक क्रियाकलाप संचालन गर्दा आर्थिक भार पनि कम पर्छ र सहज पनि हुन्छ । उनको यस प्रस्ताव पछि प्रधानमन्त्री देउवाले अर्को जिज्ञासा राखे भौगोलिक हिसावले हेटौंडालाई कसरी केन्द्र बनाउने ? उनको यो जिज्ञासामा डिनाले भनिन् ‘हेटौंडासंग जोडिएर थुप्रै राजमार्गहरु संचलनमा छन् । त्यसमा प्रयोग गरेर अघि बढ्दा हेटौंडा प्रदेशको १३ जिल्लाको केन्द्र बन्छ । सिन्धुली हुँदै धरान चतरा सडक खण्ड, कान्ति लोकपथ, त्रिभुवन राजपथ, हेटौंडा कुलेखानी सडक खण्ड र महेन्द्र राजमार्गलाई प्रयोग गर्दा हेटौंडा सबै जिल्लाको केन्द्र बन्छ ।’ उनको जवाफ पछि प्रधानमन्त्री देउवा हेटौंडालाई राजधानी बनाउन सकारात्मक देखिए । डिनाले हेटौंडालाई राजधानी बनाउन अन्तिम अवस्थासम्म आफ्नो अडान नछोडेपछि देउवाले हेटौंडा राजधानी तोकेका थिए । उनै डिना आगामी मंसिर ४ गते हुन लागेको आमनिर्वाचनमा सत्ता गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर–१ मा प्रत्यक्षबाट उम्मेदवार रहेकी छिन् । नेपाली कांग्रेसकी सहमहामन्त्रीसमेत रहेकी डिना प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार रहेकी छिन् ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...