Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

टिस्टुङ महोत्सव सफल पार्न राजधानीमा छलफल, सफल पार्न आ–आफ्नो ठाउँवाट सबै लागि पर्ने

41758847_542841212811722_-1537097870.jpg

      मकवानपुर । थाहा नगरपालिका स्थित टिस्टुङ बज्रवाराहीमा हुने टिस्टुङ महोत्सवको तयारी अन्तर्गत शनिवार राजधानीमा महोत्सव मुल समारोह समितिले छलफल गरेकाे छ ।
     यही २०७५ असोज २४ देखि २७ सम्म थाहा नगरपालिका स्थित ऐतिहासिक टिष्टुङ उपत्यकामा मौलिक तथा स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले टिष्टुङ महोत्सव आयोजना हुँदैछ । 
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्नुहुने र ४ दिनसम्म चल्ने सो महोत्सवको समापन भने नेपाल संवत ११३९ को सुभारम्भको दिन कात्तिक २२ गते हुनेछ । 
       महोत्सव समारोह समितिका संयोजक इन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा अन्तर्गत प्रत्यायोजित विधायन तथा सरकारी आश्वासान समितिका सभापति रामनारायण बिडारीले प्रमुख अतिथिकाे रुपमा विविध कुराहरुमाथी प्रकाश पार्नुभएको थियो ।
      बिडारीले आफ्नो जन्म स्थानको व्यापक प्रचार प्रसारको खाँचो औंल्याउदै महोत्सव सफल पार्न सक्दो सहयोग गर्ने बताउनुभयो । विगतमा केही व्यक्तिहरुका स्वार्थका कारण सो क्षेत्रको प्रशासनिक नाम टिस्टुङ अन्यत्र सारिएको भएपनि अहिले साझा नाम ‘थाहा’ भएको र टिस्टुङ, पालुङ र चित्लाङलाई ऐतिहासिक हिसावले नै परिचय गराउनुपर्ने धारणा राख्नुभयो ।
बिडारीले चन्द्रागिरी चित्लाङको बाटो छिटो भन्दा छिटो सम्पन्न भएमा विकासले नयाँ आयाम लिने बताउँदै आफु त्यसका लागि लागिरहेको जानकारी दिनुभयो । 
       थानकोट–चन्द्रागिरी चित्लाङ सडक अब केन्द्रले नै बनाउने गरी प्रक्रिया मिलाएका बताउनु भयाे । उहाँले दामनको पनि पर्याप्त प्रचारप्रसार गरी पर्यटकहरु लान आवश्यक रहेको बताउनुभयो ।
       कार्यक्रममा पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शन्तराम बिडारी, पुर्व एलडिओ भुवनप्रकाश विष्ट, नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश प्रमुख मणि लामिछाने, समाजसेवी हरिहर लामिछाने, मेजरमान गोपाली,  धर्मदत्त बिडारी, राजन बिडारी, भरत गोपाली, नरेश महर्जन, कृष्णमान श्रेष्ठ, टिकादत्त बिडारी,  व्यवसायी इश्वर बिडारी, पवन जोशी, हरिहर सुबेदी लगायतको उपस्थितिमा आयोजकहरुलाई विविध सुझाव दिएका थिए । सबैको जोड आफ्नो पहिचानको लागि एकजुट भएर महोत्सव सफल पार्नुको विकल्प नभएको बताइएको थियो ।
      कार्यक्रमको सञ्चालन गर्दै सहसंयोजक प्रमोदकृष्ण जोशीले स्थानीय जनता सबैजना आयोजक भएकाले सबैले महोत्सव सफल पार्न आ–आफ्नो ठाँउबाट सहयोग पु¥याउन आग्रह् गरेका थिए । 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png