pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

टिस्टुङ महोत्सव सफल पार्न राजधानीमा छलफल, सफल पार्न आ–आफ्नो ठाउँवाट सबै लागि पर्ने

41758847_542841212811722_-1537097870.jpg

      मकवानपुर । थाहा नगरपालिका स्थित टिस्टुङ बज्रवाराहीमा हुने टिस्टुङ महोत्सवको तयारी अन्तर्गत शनिवार राजधानीमा महोत्सव मुल समारोह समितिले छलफल गरेकाे छ ।
     यही २०७५ असोज २४ देखि २७ सम्म थाहा नगरपालिका स्थित ऐतिहासिक टिष्टुङ उपत्यकामा मौलिक तथा स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले टिष्टुङ महोत्सव आयोजना हुँदैछ । 
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्नुहुने र ४ दिनसम्म चल्ने सो महोत्सवको समापन भने नेपाल संवत ११३९ को सुभारम्भको दिन कात्तिक २२ गते हुनेछ । 
       महोत्सव समारोह समितिका संयोजक इन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा अन्तर्गत प्रत्यायोजित विधायन तथा सरकारी आश्वासान समितिका सभापति रामनारायण बिडारीले प्रमुख अतिथिकाे रुपमा विविध कुराहरुमाथी प्रकाश पार्नुभएको थियो ।
      बिडारीले आफ्नो जन्म स्थानको व्यापक प्रचार प्रसारको खाँचो औंल्याउदै महोत्सव सफल पार्न सक्दो सहयोग गर्ने बताउनुभयो । विगतमा केही व्यक्तिहरुका स्वार्थका कारण सो क्षेत्रको प्रशासनिक नाम टिस्टुङ अन्यत्र सारिएको भएपनि अहिले साझा नाम ‘थाहा’ भएको र टिस्टुङ, पालुङ र चित्लाङलाई ऐतिहासिक हिसावले नै परिचय गराउनुपर्ने धारणा राख्नुभयो ।
बिडारीले चन्द्रागिरी चित्लाङको बाटो छिटो भन्दा छिटो सम्पन्न भएमा विकासले नयाँ आयाम लिने बताउँदै आफु त्यसका लागि लागिरहेको जानकारी दिनुभयो । 
       थानकोट–चन्द्रागिरी चित्लाङ सडक अब केन्द्रले नै बनाउने गरी प्रक्रिया मिलाएका बताउनु भयाे । उहाँले दामनको पनि पर्याप्त प्रचारप्रसार गरी पर्यटकहरु लान आवश्यक रहेको बताउनुभयो ।
       कार्यक्रममा पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शन्तराम बिडारी, पुर्व एलडिओ भुवनप्रकाश विष्ट, नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश प्रमुख मणि लामिछाने, समाजसेवी हरिहर लामिछाने, मेजरमान गोपाली,  धर्मदत्त बिडारी, राजन बिडारी, भरत गोपाली, नरेश महर्जन, कृष्णमान श्रेष्ठ, टिकादत्त बिडारी,  व्यवसायी इश्वर बिडारी, पवन जोशी, हरिहर सुबेदी लगायतको उपस्थितिमा आयोजकहरुलाई विविध सुझाव दिएका थिए । सबैको जोड आफ्नो पहिचानको लागि एकजुट भएर महोत्सव सफल पार्नुको विकल्प नभएको बताइएको थियो ।
      कार्यक्रमको सञ्चालन गर्दै सहसंयोजक प्रमोदकृष्ण जोशीले स्थानीय जनता सबैजना आयोजक भएकाले सबैले महोत्सव सफल पार्न आ–आफ्नो ठाँउबाट सहयोग पु¥याउन आग्रह् गरेका थिए । 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg