pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

टिस्टुङकाे नाैखण्डेमा जनपक्षीय नेता बलको शालिक अनावरण

 


सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा सदस्य बिरोध खतिवडाले स्वर्गीय अष्टमान बल तत्कालिन अवस्थामा शहीदका सपना साकार पार्न हिँडेका भएको बताउनुभएको छ । 

स्वर्गीय बलको स्मृति दिवशको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको हैसियतले बोल्दै  केन्द्रीय सदस्य खतिवडाले अष्टमान बलले नै दुर्गम स्थानमा परिवर्तनका लागि आधार खडा गरेकाले अहिलेको विकास संभव भएको बताउनुभयो ।  

उहाँले राजनीतिक प्रसंग कोट्याँउदै नेकपाले अहिले पाएको जस्तो जनमत इतिहासमा कहिल्यै नआउने बताउनुभएको छ । थाहा नगरपालिकाको ११/१२ नम्बर वडा कार्यालयले संयुक्त रुपमा आयोजना गरेको शालिक अनावरण कार्यक्रममा नेकपा नेता खतिवडाले यस्तो बताउनुभएको हो ।

 ‘इतिहासमा अवसर भन्ने कुरा एकफेर आँउछ,  पटक पटक आँउदैन, त्यसलाई अधिकतम ढंगले जनताको पक्षमा उपयोग गर्न जान्नुपर्छ ।’– जनपक्षीय प्रधानपञ्च तथा तत्कालिन टिष्टुङ गाँउ विकास समितिका अध्यक्ष स्वर्गीय अष्टमान बलको शालिक अनावरण गर्दै नेता खतिवडाले भन्नुभयो, ‘पार्टी केही होइन,  आफु मात्र सर्वेसर्वा हो भन्ने ठानियो र त्यसरी काम गरियो भने पश्चिम बंगालको हालत हुन्छ । ’

 

उहाँले पार्टीबाट चुनाव जित्ने तर त्यसको भोलिपल्टदेखि पार्टीभन्दा मै ठुलो हो भन्ने प्रवृति देखाइने गरेको भन्दै त्यसलाई पार्टीप्रति र जनताप्रतिको बेइमानीका रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले निरन्तर पार्टी सत्तामा रहँदा पनि नेताहरुले ठिक ढंगले काम गर्न नसकेकाले पश्चिम वंगालमा अहिले कम्युनिष्ट पार्टी शुन्य सिटको अवस्थमा रहेको भन्दै त्यही हालतमा पाटीलार्ई नपु¥याउन मुख्य नेताहरुलाई चेतावनी दिनुभयो । 

नेकपा नेता खतिवडाले दुई पार्टी एक भएर नेकपा थप बलियो भएको भन्दै एकतामा हुने बललाई विकास , निर्माणमा खर्च गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले थोरै स्रोत र साधनका बीच पनि जनतालाई सेवा दिन आफुहरु तत्पर रहेको तरपनि जश पाउन नसकेको गुनासो गर्नुभयो । प्रमुख विष्टले अष्टमान बल अन्यार अत्याचारविरुद्ध लड्ने एक योद्धा हुनुका साथै उहाँका अगाडि कुनै जाली–पटाहहरु टिक्न नसक्ने अवस्था रहेको स्मरण गर्नुभयो ।

इन्द्रसरोवर गाँउपालिकाका अध्यक्ष जीवन लामाले स्वर्गीय अष्टमान बल उतिबेलै सुमुदायमा जागरण ल्याउन पहल गर्ने जनप्रीय नेता भएको दावी गर्नुभयो । अध्यक्ष लामाले स्वर्गीय बलले देखाएको बाटोमा आफ्नो छिमेकी थाहा नगरपालिका हिँडेकोमा खुसी व्यक्ति गर्दै इतिहासको स्मरणको लागि शालिक अनावरण कार्य महान कार्य भएको ठोकुवा गर्नुभयो ।

कार्यक्रममा नेपाल लोकतान्त्रक आदिवासी जनाजाती महासंघका पुर्व केन्द्रीय सचिव तथा नेकपा मकवानपुर सचिवालय सदस्य रामचन्द्र बलले स्वर्गीय बलले देखाएको बाटोकौ कारण आज टिस्टुङ क्षेत्रको काँचुली फेरिएको बताउनुभयो । 

कार्यक्रममा नेकपाका  प्रदेश कमिटी सदस्य महेश्वर सुबेदी,प्रदेश सचिवालय सदस्य बिष्णु विष्ट,नेपाल तामाङ घेदुङ बाग्मती प्रदेश समितिका अध्यक्ष कुमार घलान, बाग्मती प्रदेश कमिटीका सचिवालय सदस्य सुवास लामा लगायतले स्वर्गीय बलको योगदानबारे चर्चा गरेका थिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष तथा थाहा–६ निवासी शन्तराम बिडारी, नेकपा थाहानगर सचिव सानुकाजी गोपाली, इन्द्रसरोवर गाँउपालिका कमिटी अध्यक्ष रिसी पुडासैनी, नेकपा मकवानपुर जिल्ला कमिटी सदस्य कल्याणविक्रम घलान, थाहानगर सचिवालय सदस्य अच्युतमप्रसाद ढकाल, विमल प्रसाद ढकाल तथा जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा गाविसका पुर्व अध्यक्ष तथा स्वर्गीय अष्टमानका सहयात्री अशोककुमार लामाले आफ्ना तत्कालिन सहकार्यहरुको स्मरण गरेका थिए । 

 

 

थाहा–१२ का वडाअध्यक्ष मानबहादुर स्याङ्तानको स्वागत मन्तव्यमा भएको कार्यक्रमको अध्यक्षता थाहा–११ का वडा अध्यक्ष तथा स्वर्गीय बलका सुपुत्र किरणमान बलले गरेका थिए ।  

कार्यक्रममा शिक्षक ज्ञानचन्द्र शिकारी र मुर्तीकार मानबहादुर बललाई सम्मान गरिएको थियो । शिक्षक शिकारीले स्वर्गीय बलको चिानरी प्रस्तुत गरेका थए । 

को हुन् अष्टमान बल ?

विक्रम संवत २००२ साल पुस १४ गते जन्मिएका अष्टमान बल २०४३ देखि २०४६ तत्कालिन टिष्टुङ पञ्चायतको जनपक्षीय प्रधानपञ्च हुनुभयो भने बहुदल स्थापना पछि २०४९ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट गाविस अध्यक्षमा निर्वाचित हुनुभयो । 

नेपाल तामाङ घेदुङ मकवानपुरका संस्थापक अध्यक्ष समेत रहेका बल आठ वर्ष भारतीय सेनामा काम गरेर आएकाले गाँउमा ‘लाउरे’ उपनामबाट समेत चिनिनुहुन्थ्यो । स्पष्टवक्त, निडर स्वभाव, अत्याचार विरोधी र विकासको अभियानकर्मीका रुपमा उहँले सामाजिक कामहरुमा आफुलाई संलग्न गराउनुभयो । २०४३ सालमा तत्कालिन साना किसान विकास आयोजना कार्यक्रम अन्तर्गत ठाडेखोलामा कुटानी पिशानीको मिल स्थापना गर्नुभएको थियो । 

जहाँ तोरी समेत पेलिने भएकाले तत्कालिन अवस्थामा धेरै जिल्लाबाट मानिसहरु ठाडेखोला आँउथे । पछि मेल स्थापना भएकाले सो ठाँउको नाम नै मेलखोला कायम भएको थियो । 

उहाँ तत्कालिन वागेश्वरी प्राविको व्यस्थापन समितिको अध्यक्ष भएर सो ठाँउमा शिक्षाको जग बसाल्न प्रयत्नशिल हुनुभयो । 

उहाँका घरमा त्यतीबेला मोहनचन्द्र अधिकारी, सिपी मैनाली, सिद्धीलाल सिंह लगायतका भुमीगत नेताहरु पार्टीप्रशिक्षण दिनका लागि समेत आउने समेत गर्थे । अहिले उनै बलका छोरा किरणमान बल वडा अध्यक्ष हुनुहुन्छ । 

(याे समाचार पहिलाेपटक दामन पाेष्टका  सम्पादक सन्तराम बिडारीले लेख्नुभएको हो । )

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...