pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

जोशीको पहलमा जनकल्याणका विद्यार्थीलाई न्यानो कपडा

Screenshot_20210922-09460-1632283360.png

असोज ६/थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माध्यामिक विद्यालयका ३५० जना छात्रछात्रालाई न्यानो कपडा (ट्रयाक सुट) सहयोग गरिएको छ ।

समाजसेवी जयराम लामिछानेको सहयोगमा जिपी कोइराला फाउण्डेशन नेपाल मकवानपुर क्षेत्र नम्बर २ (क)को आयोजनामा न्यानो कपडा (ट्रयाक सुट) वितरण गरिएको हो । 

बितरण कार्यक्रम विद्यालयका अध्यक्ष राजीव कुमार स्याङ्तानको अध्यक्षता तथा फाउण्डेशन क्षेत्र २ (क)का संयोजक प्रमोदकृष्ण जोशीको प्रमुख अतिथ्यता भएको थियो ।

विद्यालयको बाल विकास केन्द्र देखी ८ कक्षासम्मका विद्यार्थीलाई ट्रयाक सुट  वितरण गरिएको थियो । 

चिसो मौसममा विद्यार्थीलाई विद्यालय आउनजान सहज पुग्ने हेतुले विद्यालय पोशाक सँग मिल्दोजुल्दो ट्रयाक सहयोग गरिएको फाउण्डेशन क्षेत्र २ (क)का संयोजक जोशीले बताउनुभयो ।

बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गर्ने जिपि कोइराला फाउण्डेशन र त्यसको संयोजन गर्ने जोशीको प्रति बिद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले धन्यवाद ज्ञापन गर्नुभयो ।

गतबर्ष फाउन्डेसनले घाटदेबी आधारभुत बिद्यालय थाहा-२, जनता प्राबि थाहा-३, पन्चकन्या प्राबि थाहा-२ मा पनि न्यानो कपडा (ट्रयाक सुट) बितरण गरिएको संयोजक जोशीले बताउनुभयो ।
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...