Wednesday, 08 May, 2024
अपडेट

जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय तहका काम गर्ने दिन तोक्यो

हेटौंडा । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले नयाँ नागरिकता, प्रतिलिपी र राहदानी बनाउनका लागि दश वटा स्थानीय तहका लागि निश्चित दिन तोकेको छ।

प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बुधबार एक सुचना जारी गर्दै नागरिकता तथा राहदानी बनाउन आउनेलाई निश्चित दिन तोकेका हुन।

विज्ञप्तिमा  हेटौंडा उपमहानगरका सेवाग्राहीलाई आइतबार र सोमबार नागरिकता तथा राहदानी सम्बन्धी सेवा लिन आउने भनिएको छ।

त्यसैगरी थाहानगर, कैलाश, राक्सिराङ, भिमफेदी र इन्द्रेसरोबर गाउँपालिकाका सेवाग्राही नागरिकता तथा राहदानी सम्बन्धी कार्यका लागि मंगलबार र बुधबार आउन भनिएको छ। 

मनहरी, बागमती, बकैया मकवानपुरगढी र भिमफेदी गाउँपालिका सेवाग्राहीलाई बिहिबार र शुक्रबार आउन भनिएको छ ।

कोरोनाभाईरसको सङ्क्रमणबाट बच्न र कार्यालयमा भिडभाड कम गर्न यसो गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनुभएको छ।

सेवाग्राहीले सेवा लिन कार्यालय आउँदा अनिवार्य मास्क लगाई स्वास्थ्य मापदण्ड पालन गर्न समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...