Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

जन भावना अनुसार थाहा नगरको बिकासमा लाग्छु : मेयर बिष्ट

Screenshot_20220519-12565-1652944397.png

थाहा नगरपालिकाका नव निर्वाचित प्रमुख बिष्णु बहादुर बिष्ट ‘आदर्श’ले जन भावना अनुसारको कार्य गर्ने बताउनु भएको छ । 

बिष्टले नगरको सबै वडाको बस्तुस्थितिको ज्ञान भएको र सबै वडाहरुको भौगोलिक अवस्था बुझेकोले समानता भन्दा पनि न्यायोचित विकासमा केन्द्रीत हुने बताउनुभयो ।

बुधबार सम्पन्न मतदातालाई धन्यवाद ज्ञापन सहितको बिजय र्‍यालीका क्रममा बिष्टले थाहा नगरको उत्कृष्टतालाई कायम राख्न आफु निरन्तर लागि पर्ने बताउनुभयो ।

थाहा नगरपालिकामा माओबादी केन्द्रका तर्फबाट नगरप्रमुखमा बिजयी भएपश्चात बिष्टले सबै मतदातालाई धन्यवाद सहित आभार ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो : “लोकतन्त्रको सुन्दर पक्ष भनेको निर्वाचन हो , स्थानीय तह निर्वाचनमा सबै उम्मेद्वारहरुलाई मतदान गर्ने नगरका २३ हजार ५६ जना मतदाता प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।” 

बिष्टले थाहा नगरको विकासका लागि पार्टीले निर्वाचनका क्रममा तयार गरेको घोषण पत्र अनुसार शिक्षा, कृषि, पर्यटन क्षेत्रको विकास र नगरमै रोजगारीको अवस्था सृजना गर्नका लागि नीतिगत योजना बनाई अगाडि बढ्ने बताउनुभयो ।

सबै राजनैतिक दलहरुसंगको सहकार्यमा नगरको विकास योजना बनाउने बिष्टको भनाई रहेको छ ।

बुधबार सम्पन्न धन्यवाद ज्ञापन सहितको बिजय र्‍यालीमा नेकपा माओवादीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला ईञ्चार्ज कुमारी मोक्तान, बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी, थाहा नगरका निवर्तमान अध्यक्ष लवशेर बिष्ट, केन्द्रीय सञ्चार सहकारी संघ का अध्यक्ष बिष्णुहरि ढकाल, भूमि सम्वन्धि आयोग मकवानपुर सदस्य अरुण रायमाझी, नेकपा माओवादी थाहा नगर अध्यक्ष बिनोद कुमार लामा लगायत पार्टीका नेता कार्यकर्ता र मतदाताको सहभागिता रहेको थियो ।

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...