Monday, 29 Apr, 2024
अपडेट

जनमुखी सहकर्मी बिष्णु प्रधानको निधन

FB_IMG_1712411294609-1712411311.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ गोपाली गाउँ निवासी विष्णु प्रधानको निधन भएको छ । पछिल्लो समय जनमुखी राजनीतिका प्रवर्तकको रुपमा मानिदै आएका प्रधानको ६९ वर्षको उमेरमा आफ्नै निवासमा २४ चैतमा निधन भएको उनका परिवारले जनाएको छ । उनको जन्म २०११ माघ १२ गते जन्म भएको थियो ।

श्वासप्रश्वास रोगबाट पीडित हुँदै आएका प्रधान थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टका समेत सहकर्मी हुन् । उनले विष्टसंग लामो समय संगत गरेका छन् भने जनमुखी राजनीतिमा उनको योगदान रहेको छ । प्रधानलाई जनमुखी सहकर्मीको रुपमा समेत चिनिन्छ । उनको श्रीमती, १ छोरी र तीन छोरा छन् ।
समाजसेवी तथा जनमुखी सहकर्मी प्रधानको निधनप्रति थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेकपा माओवादी केन्द्र थाहाका ज्येष्ठ नागरिक समिति सल्लाहकार समेत रहेका प्रधानको परिवारप्रति वडाध्यक्ष रायमाझीले समवेदना समेत प्रकट गरे । वडाध्यक्ष रायमाझीले प्रधानलाई राजनीतिक यात्राको प्रेरणाको स्रोत समेत भनेका छन् ।

साधारण जीवनशैली भएका कर्मशील लामो समय राजनीतिमा लागेर पनि व्यक्तिगत लाभका लागि कहिल्यै अग्रसर नभएका प्रधानको निधनले ठूलो क्षति पुगेको स्थानीय यादवजंग रायमाझीले प्रतिक्रिया दिए । प्रधानको पार्थिव शरिरमा नेकपा माओवादी केन्द्र थाहानगरले झण्डा ओडाएर सम्मान गरेको छ । उनको २४ चैतमै इन्द्रायणी चौरमा दाहसंस्कार गरिएको छ 


world-link-1690434568.jpg
सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...