janmadarta-1744810195.jpg
Tuesday, 13 May, 2025
krishi2-1744123294.jpg

अपडेट

जनभोजनालयले टिष्टुङका ६ सहित सात विद्यालयलाई निःशुल्क दिवा खाजा खुवाउने 

janabhojan-1725288302.jpg

प्रेम सागर फाउण्डेसन नेपालद्धारा सञ्चालित जनभोजन कार्यक्रमले मकवानपुर थाहा नगरपालिकाको ६ वटा र धादिङको एउटा विद्यालयमा दिवा खाजा कार्यक्रम थप गरेको छ । यसअघि धादिङ र मनवानपुरका १० वटा विद्यालयमा सञ्चालन गर्दै आएको दिवा खाजा कार्यक्रम १६ भाद्रबाट थप ७ वटा विद्यालयका करिब २ सय ८७ विद्यार्थीहरुलाई निःशुल्क खाजा कार्यक्रम सुरुवात गरिएको जनभोजन कार्यक्रमका ललित कुवँरले जानकारी दिए ।

प्रेम सागर फाउण्डेसन नेपालद्धारा सञ्चालित जनभोजन कार्यक्रम धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ तसर्पू, दामेचौरमा रहेको छ । दिवा खाजा कार्यक्रम थप भएका थाहा नगरपालिका वडा नम्बर ११ मा रहेको मनकामना आधारभूत विद्यालय, कालिदेवी आधारभूत विद्यालय, ठाडे आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय र थाहा १२ मा रहेको नागदह आधारभूत विद्यालय, प्रभात आधारभूत विद्यालय र धादिङको थाक्रे ५ मा रहेको सुन्दरीदेवी आधारभूत विद्यालय रहेका छन् ।

त्यसै गरी फाउन्डेसनले विद्यालयहरुलाई विभिन्न किसिमका १० हजार भन्दा बढि विरुवाहरु समेत वितरण गरेको छ । प्रेम सागर फाउन्डेसन नेपालद्धारा सञ्चालित जनभोजन कार्यक्रमले धादिङ र मकवानपुरका विभिन्न १७ विद्यालयका २ हजार १ सय भन्दा बढी विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम सञ्चालन गदै आएको जनभोजनका व्यवस्थापक भोला राउतले बताए । जनभोजन कार्यक्रममका लागी दैनिक खाना र खाजा व्यबस्थापन खर्च ५० हजार लाग्ने गरेको छ । वितग १६ वर्ष देखि जनभोजन कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

मकवानपर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का संघिय सांसद महेशकुमार बर्तौलाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्य, पूर्व उपाध्यक्ष अम्बिका रुपाखेती, जनभोजनका व्यवस्थापक भोला राउत लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षकहरुको उपस्थिति रहेको थियो ।

 

 

chayerog-1733658794.png

world-link-1690434568.jpg
वडा र समुदाय तह बाटै मेलमिलाप कर्ताले विवादको टुङ्गो लगाउनु:- नगर प्रमुख बिष्ट
FB_IMG_1747064924327-1747064944.jpg

स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक...

संघीयताको पक्षमा बजेट निर्माणका गर्न एफएलसीको सुझाव
1747063819375-1747063930.jpg

राजकुमार के.सी. मकवानपुर २९ बैशाख । फेडरलिज्म ए‌ण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं...

आरके मेटल ह्यान्डिक्राफ्ट्स सुरु गरे,जसबाट मासिक ८० हजार कमाउछु :-केशव सुनार
1746898366225_1-1746898525.jpg

  “व्यवसाय दर्ता गर्नु आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु...

थाहामा एग्रो,पर्यावरण पर्यटन बिकासमा जोड दिनुपर्छ:-ईन्द्र बानियाँ
FB_IMG_1746892643813-1746895331.jpg

नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा पुर्व राज्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिका एग्रो...

कालोपत्रे गर्न भन्दै तीन देखि बन्द चित्लाङ थानकोट सडक खुल्यो
FB_IMG_1746891965575-1746891985.jpg

थानकोट–चित्लाङ सडक खण्डमा सडक कालोपत्रेका लागि रोकिएको यातायात आवागमन खुल्ला भएको छ । २५ बैशाखदेखि ३ दिन सडक...

थाहाका मेलमिलाप कर्तालाई तीन दिने पुनर्ताजगी तालिम सुरु
FB_IMG_1746887880763-1746887905.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी...

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य
1746886546276-1746886654.jpg

मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले...

पालुङ बहुउद्देश्यीयको समूह प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता सम्पन्न
FB_IMG_1746798446089-1746799681.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध लघुबित्त महिला आयआर्जन समुह प्रमुख गोष्ठी तथा...

पालुङ जेसीजको क्यालेण्डर बिमोचन
1746798209537-1746798328.jpg

थाहा बैशाख २६/ पालुङ जेसीजको २०८२ सालको क्यालेण्डर बिमोचन गरिएको छ । शुक्रवार थाहा ३ मा रहेको गंगा होटलमा...