pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

जनकल्याण माबिलाई सातौं पटक राष्ट्रपति रनिङ शिल्डको उपाधी

FB_IMG_1731771810050-1731771832.jpg

थाहा नगरपालिकामा आयोजना भएको सातौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालयले पदक तालिकामा अग्रस्थानमा रहदै राष्ट्रपति रनिङ शिल्डको उपाधी हात पारेको छ।
जनकल्याणले २८ स्वर्ण सहित ८ रजत र १० कास्य पदक सहित अंक तालिकामा शिर्ष स्थानमा रही सातौं पटक शिल्ड उचालेको हो।
गत ६ बर्षको साविक बिजेता रहेको जनकल्याणले सातौं पटक अत्याधिक स्वर्ण सहित उपाधी हात पारेको हो। 
प्रतियोगितामा स्वच्छन्द भैरव माबी चित्लाङले ८ स्वर्ण ,५ रजत र १ कास्य सहित दोस्रो भयो भने २ स्वर्ण ७ रजत ९ कास्य सहित तेस्रो हुन सफल रह्यो।
प्रतियोगितामा प्रथम भएसंगै जनकल्याणले नगद २५ हजार सहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने दोस्रो भएको स्वच्छन्द भैरवले नगद १५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र तथा तेस्रो भएको सुनौलाले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो।
तेसैगरी राष्ट्रपति रनिङ शिल्डमै अंक जोडिनेगरी भएको मेयरकप भलिबलको उपाधी छात्र तर्फ स्वच्छन्द भैरव माबी चित्लाङ र छात्रा तर्फ मत्स्यनारायण माबिले उपाधी हात पारेको छ।
प्रतियोगितामा छात्र तर्फ स्वच्छन्दले मत्स्यनारायण माबी लाई र छात्रा तर्फ मत्स्यनारायणले बागेश्वरी माबी टिस्टुङलाइ पराजित गर्दै उपाधी जितेको हो।
उपाधी जितेसंगै प्रथम हुनेले १५/१५ हजार नगद र द्वितीय हुनेले नगद १०/१० हजार सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका छन।
कार्यक्रममा बिजयी खेलाडी तथा विद्यालयलाई प्रमुख अतिथी नगर प्रमुख बिष्णु बिष्ट र उपप्रमुख भरत गोपाली सहित अन्य अतिथिहरुले पुरस्कार वितरण गर्नुभएको थियो।
नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहलाई कार्यपालिका सदस्य अनिता बलले संचालन गरेकी थिइन।
२९ कार्तिक देखि संचालन भएको प्रतियोगिता ३ दिन सम्म चलेको थियो भने प्रतियोगितामा नगरपालिकाका १६ वटा माध्यामिक विद्यालयको सहभागिता रहेको थियो।

FB_IMG_1731771904432-1731771922.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...