pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

जनकल्याण माबिलाई सातौं पटक राष्ट्रपति रनिङ शिल्डको उपाधी

FB_IMG_1731771810050-1731771832.jpg

थाहा नगरपालिकामा आयोजना भएको सातौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालयले पदक तालिकामा अग्रस्थानमा रहदै राष्ट्रपति रनिङ शिल्डको उपाधी हात पारेको छ।
जनकल्याणले २८ स्वर्ण सहित ८ रजत र १० कास्य पदक सहित अंक तालिकामा शिर्ष स्थानमा रही सातौं पटक शिल्ड उचालेको हो।
गत ६ बर्षको साविक बिजेता रहेको जनकल्याणले सातौं पटक अत्याधिक स्वर्ण सहित उपाधी हात पारेको हो। 
प्रतियोगितामा स्वच्छन्द भैरव माबी चित्लाङले ८ स्वर्ण ,५ रजत र १ कास्य सहित दोस्रो भयो भने २ स्वर्ण ७ रजत ९ कास्य सहित तेस्रो हुन सफल रह्यो।
प्रतियोगितामा प्रथम भएसंगै जनकल्याणले नगद २५ हजार सहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने दोस्रो भएको स्वच्छन्द भैरवले नगद १५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र तथा तेस्रो भएको सुनौलाले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो।
तेसैगरी राष्ट्रपति रनिङ शिल्डमै अंक जोडिनेगरी भएको मेयरकप भलिबलको उपाधी छात्र तर्फ स्वच्छन्द भैरव माबी चित्लाङ र छात्रा तर्फ मत्स्यनारायण माबिले उपाधी हात पारेको छ।
प्रतियोगितामा छात्र तर्फ स्वच्छन्दले मत्स्यनारायण माबी लाई र छात्रा तर्फ मत्स्यनारायणले बागेश्वरी माबी टिस्टुङलाइ पराजित गर्दै उपाधी जितेको हो।
उपाधी जितेसंगै प्रथम हुनेले १५/१५ हजार नगद र द्वितीय हुनेले नगद १०/१० हजार सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका छन।
कार्यक्रममा बिजयी खेलाडी तथा विद्यालयलाई प्रमुख अतिथी नगर प्रमुख बिष्णु बिष्ट र उपप्रमुख भरत गोपाली सहित अन्य अतिथिहरुले पुरस्कार वितरण गर्नुभएको थियो।
नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहलाई कार्यपालिका सदस्य अनिता बलले संचालन गरेकी थिइन।
२९ कार्तिक देखि संचालन भएको प्रतियोगिता ३ दिन सम्म चलेको थियो भने प्रतियोगितामा नगरपालिकाका १६ वटा माध्यामिक विद्यालयको सहभागिता रहेको थियो।

FB_IMG_1731771904432-1731771922.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg