Saturday, 18 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

जनकल्याणको स्वर्ण जयन्तीको तयारी तिब्र


   थाहा नगरपालिका घट्टेचौर स्थित जनकल्याण प्राविधिक तथा साधारण माध्यमिक विद्यालयले माघ १५ गते मनाउन लागेको स्वर्ण जयन्ती तयारी तिव्र पारेको छ ।
   स्थापना को ५० औ बर्ष को अबसरमा सप्ताह व्यापी विभिन्न कार्यक्रम सहित भव्यरुपमा माघ १५ देखि २१ गते सम्म मनाउने तयारी भैरहेको छ । पौष १२ गते देखी विद्यालय सेवा क्षेत्र अन्तर्गतका, पकने, डांडावास, चित्लाङ, नौखण्डे लगायतका ठाउंहरुमा विद्यालयका शिक्षकहरुको टोली विद्यालयहरुमा गई निमन्त्रणा गर्नुको साथै शुभकामना संकलन गरिएको शिक्षक मनोज रायमाझीले जानकारी दिनु भयो । 
   विभिन्न प्रातियोगितात्मक कार्यक्रमको स्पोन्सर खोज्ने क्रममा जिल्ला स्तरीय छात्र भलिवलको प्रथम पुरस्कार ५० हजारको लागि थाहा नगरपालिका ४ का कृष्णध्वज कार्की,ले सहयोग गर्नुहुने भएको छ । यसैगरि द्वितिय पुरस्कार २५ हजारको लागि साझा टे«ड कन्सर्न थाना बजार का प्रोप्राइटर बिक्रम के.सी.ले सहयोग गर्नु भएको छ । यसैगरी हाजिरी जवाफ प्रतियोगीताको लागि थाहा नगरपालिका १ का धर्मलाल प्रधान र एकल गायन प्रतियोगिताको लागि जजुभाई प्रधानले  सहयोग गर्नुहुने भएको छ । 
  यसैगरि तयारीको लागि पौष १५ गते काठमाण्डौंमा पूर्व विद्यार्थी भेला सम्पन्न भएकोछ भने २०५७ सालको व्याजको विद्यार्थीको भेला यही पौष २२ गते सनिवार बिहान ११ बजे विद्यालयको प्राङगणमा शिक्षक संगम कार्कीको संयोजकत्वमा हुने भएको छ ।  
   स्वर्ण जयन्तीको लागि विद्यालयले पूर्व विद्यार्थी, शिक्षक, छिमेकी विद्यालय, सरोकारवाला सबैलाई सहयोग र सभागीताको लागि अनुरोध गरेको छ  ।  
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...