pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

चौथो थाहा महोत्सव मंसिर १४ देखि २५ सम्म हुदै

Mahotsab-1697599645.jpg

फाइल तस्विर

 

 

 

 

 

 

 

 

 

 

थाहानगर उद्योग वाणिज्य संघले आगामी मंसिर १४ गतेदेखि थाहा महोत्सव आयोजना गर्ने भएको छ । थाहानगर उवासंका अध्यक्ष पुरुषोत्तम ढकालका अनुसार स्थानीयस्तरमा उत्पादिन बस्तु बजारीकरण गर्ने र उत्पादक तथा उपभोक्ताबीच सीधा सम्पर्क गर्न महोत्सव आयोजना गरिएको हो ।

 

 

आर्थिक मन्दीका कारण समस्यामा रहेको अवस्थामा महोत्सव संचालन गरी आर्थिक गतिशीलता बढाउने पनि महोत्सवको लक्ष रहेको बताइएको छ । गत महिनामा भएको थाहानगर उवासंघको आठौं वार्षिक साधारणसभा तथा प्रथम नगर अधिवेशनबाट नेतृत्वमा आएका ढकालले थाहा महोत्सबलाई बिगतका वर्षमा गरिएका मेला/महोत्सव भन्दा केही नयाँपन थप्ने तयारी भइरहेको छ ।

संघका वरिष्ठ उपाध्यक्ष शम्भुसिं कार्कीका अनुसार मंसिर १४ गतेदेखि २५ गतेसम्म थाहा महोत्सव गर्ने तयारी भएको हो । यसका लागि संघले मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट महोत्सवका लागि स्वीकृति लिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले थाहा नगरपालिका, आन्तरिक राजश्व कार्यालय, स्थानीय सुरक्षा निकायसँग समन्वय गरी चौथो थाहा महोत्सव २०८० संचालन गर्न अनुमति दिएको बरिष्ठ उपाध्यक्ष कार्कीले बताए ।

कृषि, पर्यटनको विकास र बिस्तारका लागि थाहा महोत्सव गर्न लागिएको कार्कीले जानकारी दिएका छन् । थाहा नगरपालिका महाभारत श्रृंखलाको मध्य भागमा उपत्यकाको रुपमा रहेको छ । यो नगरक्षेत्रको उच्चभागमा रहेको दामन भ्युटावरवाट विश्वको सर्वोच्च शिखर सगरमाथा सहित २५ भन्दा बढी उच्चहिमशिखरको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ ।

आर्कषक पदमार्ग, शितोष्ण हावापानी, विभिन्न धार्मिकस्थल, जैविकविविधता जस्ता सम्पदा रहेका कारण थाहानगरलाई पर्यटकीय नगरको रुपमा विकास गर्न सकिने ठूलो संभावना रहेको छ । उर्वर कृषिभूमि यस क्षेत्रको अर्को प्राकृतिक वरदान हो । यस क्षेत्रका किसानले वार्षिक २ अर्व रुपैयाँ भन्दा बढीको बेमौसमी तरकारी देशका प्रमुख सहर र छिमेकी देश भारतमा निर्यात गर्दछन् । मुलुकको सवै भन्दा जेठो राजमार्ग त्रिभुवन राजपथले यो नगरको करिव बीच भागबाट चिर्दे तराई र नेपालको राजधानी काठमाडौं जोडेको छ ।

 

 
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...