Friday, 17 May, 2024
अपडेट

चेलि ! निर्मला तिम्रो आत्माको शान्तिको लागि दुई शब्द
सानोबाबु मुक्तान 

Untitled-1-1622851942.jpg

सम्पूर्ण दिदिदिबहिनीहरुमा स्नेह अनि केहि भावनाहरुद्धारा सिर्जत केहि शब्दहरु कोरिरहेको छु । यो शब्द कोरिरहँदा आफूले आफूलाई भावुक अनि लाचार भएको महसुस गरेको छु । त्यससंगै आज भगवानसंग केहि विषयहरुमा केहि चाहनाहरु माग गरेको छु । आशा छ यो चाहना पुरा भएको दिन यो धर्तिमा सुनौलो विहानीको उत्पति हुनेछ । संसारमा खुसीयाली पक्कै छाउँनेछ । 
                                                                         

 चेलि निर्मला तिम्रो आत्माको शान्तिको लागि दुई शब्द कोर्दै छु ।  
आज पनि तिम्रो मन रोईरहेको होला ? किनकी तिमिले न्याय पाएकि छैनौ,तिम्रा हत्यारा आज पनि कानुनी कठघारामा छैनन् ।  अनि आफ्नी चेलीको सम्झनामा कुन दाजु भाईको मन दुख्दैन र ? पापीहरुले यो संसारमा टिक्न नदिए पनि तिमी सारा नेपाली दाजु भाई कि चेली भएकी छौ निर्मला । 


निर्मला पन्तको सम्झना यो मन रोईरहेको छ । बिचरा तिनि आफ्ना कति सपनाहरु बोकेर बसेकी थिईन् होला । ती सपनाहरुलाई साकार पार्न कति पाईलाहरु सोचेकी थिईन् होला । तर उनको त्यो अकल्पिनिय घटनाको स्मरण गर्दा मुटुमा र्वाप्प काँडा घोपेको जस्तो दुखाई अनुभव हुन्छ । तर म विवश छु मैले निर्मलाको लागि यो शब्दहरु बाहेक केहि दिन सकिन, मैले निर्मला जस्तै अन्य धेरै निर्मलाहरुको लागि पनि केहि गर्न सकिन मात्र यी शब्दहरु बाहेक, आज हजारौँ निर्मलाहरु बलात्कृत भईरहेकी छिन् । यौन हिंसामा परिरहेकि छिन् तर मैले यी शब्दहरु बाहेक केहि गर्न सकिन , तर आज मलाई यो लागिरहेको छ की । ति तमाम बलात्कारीहरुको कहिल्यै भलो हुने छैन । तिनीहरुलाई हजारौँ निर्मलाहरुको चित्कारले अनि निर्दोष आत्माहरुले सँधै धिकार्ने छन् । 


आज समाजमा बलात्कार पूर्वका घटनाहरु पनि प्रसस्तै भेटिन थालिएको छ । सुन्दा पनि कन्सिरिको रौँ तातिएर आउने अपत्यारिला घटनाहरुको समाचार आउँदा झनै डाहा अनि छटपटिले मन पिरोलिन्छ । राज्यले यस्ता समस्याहरुको लागि विभिन्न कानुनहरु निर्माण गरेको छ । तर यो विषयमा भन्दा फरक नपर्ने कुरा यो होकी आज ति कानुनहरु साधारण वर्गहरुका लागि मात्रै सस्तो भएको छ , बाँकी हुनेखाने र पहुँच हुनेहरुका लागि निकै महंगो भएको छ । पहूँचवालालाई कहिल्यै कानुनको डर नहुने समाजको विकास भईसकेको छ । त्यसैले आज समाजमा प्राय यस्तैहरुबाट लगायतका घटनाहरु मौलीईरहेको पाईन्छ, जुन अहिलेको परिवेशमा जसलाई पनि सुन्दा र देख्दा असह्य अनि पिडा भईरहेको छ । 


त्यसैले धिक्कार छ आफ्ना दिदिबहिनीहरु जस्तै अरुका दिदिबहिनीहरुलार्ई समान सोचको विकास गर्न नसक्ने सम्पूर्ण अधर्मीहरुलाई , धिक्कार छ विभिन्न प्रलोभन देखाउँदै यौन पिपासु बन्नेहरुलाई , धिक्कार छ आमाको दुधको भावना नबुझ्नेहरुलाई । स्वार्थि जीवनमा एकछीनको आनन्दको लागि हजारौँ आफ्ना र अरुका लागि सपना बोकेर हिँडेका निर्दोष दिदिबहिनीहरुको जिन्दगी बर्बाद पार्नेहरुलाई । त्यसैले यो मनेमा मेरो एउटा मात्र विन्ति यो छ की छिट्टै नै यीनिहरुमा भगवानले सद्बुद्धिको विकास गराउन् । पापी गिद्धे आँखाहरुको नानीमा कुदृष्टि हैन सुदृष्टिको नजरमा विकास गराउन् । भगवानसंगको चाहनासंगै त्यस्ता वानीका मालिकहरुलाई मेरो हार्दिक अनुरोध अनि आग्रह यो छकी अरुका पिडामा आफूलाई आनन्द लिनु सतप्रतिशत निच कार्य हो, त्यसैले त्यस्तो निच कार्यको तुरुन्तै अन्त्य गर्नुहोस् । तसर्थ मेरो पुन अनुरोध यो होकी कसैको जीवनको आँशुको कारण तपाई नबनिदिनुहोस् । आफ्नो स्वार्थका लागि अरुका सपनाहरु नतोडिदिनुहोस् ।

आफूलाई पहुँचमा छु भनेर मानसिकता राख्नेहरुले बरु समाजका साधारण मानिसहरुका लागि त्यो पहुँच प्रयोगमा ल्याईदिनुहोस्  र फेरी भन्छु कृपया अब निर्दोष हाम्रा दिदिबहिनीहरुलाई निर्मला पन्त नबनाईदिनुहोस् । निर्मला पन्त नबनाईदिनुहोस् । 
 निर्मला हामी सबै तिम्रै सम्झनामा छौँ तिमी जहाँ भएपनि तिम्रो आत्मा खुसी रहनु खसी रहने छ । 
अतः निर्मला जस्तै हजारौँ निर्मला अनि हिंसामा परेका सम्पूर्ण दिदिबहिनीहरु यस्ता गतिविधिको खुलेरै प्रतिकार गर्नुहोस तपाईसंग म जस्तै धेरै दाजुभाईहरु तपाईको साथमा हुनेछौँ तपाईको साथमा हुनछौँ ।
सानोबाबु मुक्तान 
थाहा नगरपालिका–३, दम्की मकवानपुर 


world-link-1690434568.jpg
निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...