pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

चुनावी रौनक:- नेता हरुलाइ भ्याइ नभ्याइ।

Screenshot_20220320-17191-1647776219.png

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताहरूको गाउँ केन्द्रित भएका छन् । प्रमुख दलका प्रमुख नेताहरू अहिले गाउँ-गाउँको निर्वाचन केन्द्रित कार्यक्रममा सहभागि भइरहेका छन् ।
शीर्ष नेताका साथै पार्टीका अन्य नेतासमेत निर्वाचन केन्द्रित कार्यक्रममा सहभागि हुँदै छन् । निर्वाचन आयोगले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
मनोनयन दर्तादेखि फिर्ता, मतदानलगायतका कार्यक्रम सार्वजनिक भएसँगै नेताहरूको दौडधूप बढेको हो । निर्वाचनका लागि निर्वाचन आयोगले सक्रियता बढाएसँगै राजनीतिक दल तथा दलका नेताहरूलाई चुनावी चटोरोले छोपेको छ ।
प्रमु्ख सत्तारुढ दल नेपाली कांग्रेससहितका सत्तारुढ दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी नेपाल (जसपा),राप्रपा नेपाल लगायतका दलहरू जिल्ला हुँदै गाउँ केन्द्रित बनेका छन् । केन्द्रीय तहमा रहेका शीर्ष नेतालाईसमेत जिल्ला जान भ्याइनभ्याइ छ ।
कांग्रेसले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै २९ फागुनदेखि २९ चैतसम्म सञ्चालन गर्ने गरी एक महिने निर्वाचन विशेष अभियान नै सुरु गरिसकेको छ । कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय कमाण्डर तोकेर ७५३ वटै स्थानीय तहमा खटाएको हो ।
प्रमुख प्रतिपक्षी एमाले उम्मेदवार छनोटको आन्तरिक गृहकार्यमा जुटेको छ । पार्टीको सचिवालय बैठकबाट उम्मेदवार छनोटको मापदण्ड तोकिएसँगै स्थानीय तहमा उम्मेदवार छनोटका लागि गृहकार्य सुरु भएको एमालेले जनाएको छ ।
स्थानीय तहको निर्वाचनको मा थप विस्तृत छलफलका लागि एमालेले ७ चैतमा पोलिटब्युरो कमिटी, ९ र १० चैतमा केन्द्रीय कमिटीको बैठक बस्दै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू निर्वाचन केन्द्रित कार्यक्रम व्यस्त छन् ।
स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा सत्तारूढ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिल्ला दौडाहामा छन् । शनिबार सिन्धुली पुगेका प्रचण्डले यसअघि लुम्बिनी, मधेस प्रदेशका विभिन्न जिल्लामा निर्वाचन केन्द्रित कार्यक्रम सम्पन्न गरिसकेका छन् ।
निर्वाचन केन्द्रित कार्यक्रममा सहभागी हुने क्रममा प्रचण्ड आर्फ जिल्ला जिल्ला पुग्ने कार्यक्रम रहेको छ । त्यस्तै, एकीकृत समाजवादीले सातै प्रदेशमा कमान्डर परिचालन गरेको छ ।
स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा जनता जसपाले एक जिल्ला एक केन्द्रीय सदस्य परिचालन गरेको छ ।
रिपोर्टस क्लब बाट

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...