pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

चुनावको मुखमा एमाले केन्द्रीय सदस्य माओवादीमा प्रवेश  

Ramprit-Ram-Siraha-1668427822.jpg

नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला सह–इन्चार्ज रामपृत रामले पार्टी परित्याग गरेका छन्।
पार्टीले केन्द्रीय कमिटीको निर्णय विपरित घोर दक्षिणपन्थी र एकल क्षेत्रीय राट्रवादीहरुसँग अपवित्र गठबन्धन गरेको भन्दै उनले एमाले परित्याग गरेका हुन्। आज (सोमबार) सिरहाको गोलबजारमा पत्रकार सम्मेलन रामले आफू एमालेको पार्टी सदस्य समेत नरहने घोषणा गरेका हुन्।
पार्टी केन्द्रीय कमिटीको बैठकले प्रतिनिधि तथा प्रदेश सभामा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरे पनि केही नेताहरुको व्यक्तिगत स्वार्थ पूरा गर्न पार्टी निर्णय विरुद्ध दक्षिणपन्थी र नाकाबन्दी गर्नेहरुसँग गठबन्धन गर्नु जनता र देशविरोधी गतिविधि भएको रामले बताए।
एमाले जनवर्गीय संगठन जातीय मुक्ति समाजको केन्द्रीय सचिवसमेत रहेका रामले भने, ‘नाकाबन्दीको विरोध गरेर खोक्रो राष्ट्रवादीको छवि बनाएका केपी ओलीले उपेन्द्र यादव र राजेन्द्र लिङ्देनहरुसँग साँठगाँठ गरेर आफ्नो वास्तविक चरित्र देखाएका छन्।’
पार्टीको सम्पूर्ण इज्जत नै ध्वस्त पार्ने गरी गणतन्त्रविरोधी, राजसंस्था स्थापना, हिन्दु राष्ट्रको माग गर्नेहरुसँग साँठगाँठ गरेर एमालेले जनविरोधी र परिवर्तन विरोधी काम गरेको उनको भनाई छ। 
‘कमल थापाजस्तो कुख्यात व्यक्तिलाई पार्टीको चुनाव चिन्हमा उम्मेदवारी गराउनुले झन् पार्टी नेतृत्व एकल, अपारदर्शी र अराजक ढङ्गले अगाडि बढेको हुँदा यो पार्टीमा बसिरहनुको अर्थ छैन।’
जिल्लादेखि केन्द्रसम्म नेतृत्वमा रहेका निश्चित व्यक्तिले बैठकमा प्रस्ताव ल्याउने र निर्णय गराउने परिपाटीले पार्टी निश्चित व्यक्तिको कब्जामा रहेको रामको आरोप छ। उनले भने, ‘बैठकहरुमा कुनै प्रस्ताव मागिन्छ, न त त्यसको निर्णय प्रकृयामा कसैलाई सहभागी गराइन्छ, नेताले आफ्नो अनुकुलको प्रस्ताव ल्याउने र निर्णय गराउने परिपाटी छ। यस्तो पार्टीमा बसिरहनुको कुनै अर्थ छैन।’
उनले थपे, ‘जिल्लाका नेताहरुको एकलौटी, आफू अनुकुल पार्टीलाई प्रयोग गरिरहेका छन्, जसका कारण धेरै इमान्दार नेता कार्यकर्ता उकुसमुस भएका छन्, त्यहाँ जुनसुकै बेला विद्रोह हुन सक्छ।’
उनले पत्रकार सम्मेलनमै आफ्नो पार्टी परित्यागको घोषणासँगै विभिन्न खालको आरोप आउने पनि बताए। उनले भने, ‘मैले पार्टी परित्यागको घोषणासँगै विभिन्न आरोपहरु लगाउन सक्छन्, त्यसको म सधैं जमेर प्रतिवाद गर्न तयार छु।’ बृहत कम्युनिष्ट एकीकरणको आवश्यकता औंल्याउने रामले आफू तत्काल कुनै राजनीतिक दलमा नजाने बताए। 
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...