pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

चन्द्रागिरीको उपभोक्तालाई शिधै थाहाको तरकारी

FB_IMG_1723975024937-1723975037.jpg

शनिबार चन्द्रागिरी–१४ र आसपासका उपभोक्ताहरुले थाहानगरमा उत्पादित तरकारी चन्द्रागिरी–१४ वडा कार्यालयले व्यवस्था गरेको स्टलमा निकै सस्तोमा खरिद गरिरहेका थिए । स्थानीय उपभोक्ताले माछे खुर्सानी प्रति किलो रु. ७०, बुलेट खुर्सानी प्रतिकिलो रु. ८०, बन्दा प्रतिकिलो रु. ६५ र भेडे खुर्सानी रु. ७० मा किनिरहेका थिए । काउलीको मूल्य प्रतिकिलो रु. ८५ थियो । तरकारी खरिद गर्न आएका उपभोक्ताहरुले अन्य बजारको तुलनामा चन्द्रागिरी–१४ बन्थोकको हाटमा निकै सस्तोमा तरकारी पाएको बताए । 


थाहा नगरपालिकाका कृषकले उत्पादन गरेको तरकारी चन्द्रागिरी नगरपालिकाका उपभोक्ताले सिधै खरिद गर्न सक्नेगरी व्यवस्था मिलाउने प्रयास गरिएको छ । प्रारम्भमा थाहा नगरपालिका वडा नं. ३ र चन्द्रागिरी नगरपालिका वडा नं. १४ बीच सम्बन्ध स्थापित गरी किसानको खेतदेखि उपभोक्ताको भान्छासम्म तरकारी उपजलाई सिधै जोड्ने प्रयास गरिएको हो । 

चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले १४ नं. वडाको विक्री केन्द्रमै पुगेर केही तरकारी किने । त्यस क्रममा उनले भने, ‘यो निकै राम्रो काम हो, विदेशमा मैले यसबारे अध्ययन गरेको छु ।’ कृषकले उत्पादन गरेको तरकारी उपज सिधै उपभोक्ताले खरिद गर्ने वातावरण बन्दा यसबाट उपभोक्ताको पैसा पनि बचत हुने र ताजा पनि पाइने भएकोले धेरै फाइदा हुने उनको विश्वास छ । 

चन्द्रागिरी–१४ मा वडा कार्यालयको आयोजनामा शनिबार एक दिनका लागि दोस्रो शहरी हाट बजार लागेको थियो । सोही हाटबजारमा थाहा नगरपालिका वडा नं. ३ कार्यालयले करिब दुई टन विविध तरकारी पठाएको थियो । थाहानगरबाट आएको तरकारी विक्रीका लागि चन्द्रागिरी १४ वडा कार्यालयले छुट्टै स्टलको व्यवस्था गरेको थियो । स्टलमा व्यानर र तरकारीको मूल्यसूची समेत राखिएको थियो । 

चन्द्रागिरी–१४ का वडा अध्यक्ष राजभाइ महर्जनले थाहा नगरपालिका–३ र आफ्नो वडा मिलेर कृषक र उपभोक्तालाई सिधै जोड्नेगरी एउटा  परीक्षण अभ्यास गरिएको र यसबाट पाठ सिकेर अघि बढ्न दुवै वडा कार्यालय तयार रहेको बताए । ‘यसबाट दुवैलाई फाइदा छ, खासगरी जनतालाई’ उनले भने–‘यसमा केही प्राविधिक विषयहरु हुन सक्छन्, नगरपालिका स्तरबाटै अघि बढ्नेगरी योजना बनाइरहेका छौं ।’ 

शनिबार आयोजित शहरी हाटबजारको अवलोकन गर्न थाहा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष एवम् नगरका आर्थिक विकास समिति संयोजक हिरेन्द्रकुमार रायमाझीको नेतृत्वमा एक टोली पुगेको थियो । टोलीसँग कुरा गर्दै चन्द्रागिरीका नगरप्रमुख गिरीले भने, ‘यो सरकारहरु बीचको कुरा हो, हामी जिटुजी सम्झौता गरेर अघि बढौं ।’ उनले अघि भने, ‘तपाईंहरु तरकारी पठाइदिनुस्, हामी उपभोक्तासम्म पु¥याउछौं । हामी यताबाट हस्तकलाका सामग्री पठाउँछौं, त्यो तपाईंहरु बेच्नुहोस् ।’ 

थाहा नगरपालिकाका कृषकहरुले उत्पादन गरेको कृषि उपज उपभोक्तासम्म पुग्न बीचमा विभिन्न ‘तह’हरु पार गर्नुपर्ने हुँदा कृषकले अति सस्तोमा बेच्नुपर्ने र उपभोक्ताले अति महँगोमा किन्नुपर्ने समस्या हल गर्न विगतदेखि नै थुप्रै पहलहरु हुँदै आएका छन् । तर, उक्त प्रयासहरुले सफल नतीजा दिन सकिरहेका थिएनन् । गत २६ साउनमा थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिकाका प्रतिनिधिहरुबीचको छलफल भने फलदायी हुने देखिएको थाहा–३ का वडा अध्यक्ष रायमाझीले बताए । थाहाका नगरप्रमुख विष्णु विष्ट, उपप्रमुख भरत गोपालीसहित चन्द्रागिरीका जनप्रतिनिधिहरुसँगको उक्त छलफलको निष्कर्ष रहेको थियो–‘हामीले कृषि उपजको बजारीकरणका  धेरै उपायहरुबारे सोच्यौं, छलफल ग¥यौं तर काम भएन । यसपटक कुरा मात्र होइन, काम गरिहालौं, बीचमा आएका चुनौतिहरुबाट पाठ सिकेर अघि बढौंला ।’ 

यही निष्कर्षलाई टेकेर अहिलेलाई थाहा–३ र चन्द्रागिरी–१४ कार्यान्वयनमा कस्सिएका हुन् । आगामी दिनमा थाहाका बढी तरकारी उत्पादन हुने वडाहरुबीच समन्वय गरिने  र चन्द्रागिरीका अन्य वडाका विक्री केन्द्रहरुसम्म तरकारी पठाउने तयारी भइरहेको वडा अध्यक्ष रायमाझीले जानकारी दिए । 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg