pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

घर्तिखोलामा समाएको किङ्ग कोब्रा राप्ती खोलामा छाडियो।

Screenshot_20220825-12231-1661438997.png

शम्भु अधिकारी,थाहापाटी/थाहा नगरपालिकाको वडा न ३ घर्तिखोलाका मधु अधिकारीको घरको दलिन बाट नियन्त्रणमा लियको विषालु सर्प किङ्ग कोब्रा लाई राप्ती डिभिजन वन कार्यालयको पहलमा पर्सा निकुञ्जमा लागि शुरक्षित रेस्क्यु गरियको छ।
उक्त कोब्रालाई पर्सा वन्यजन्तु आरक्षणको कोर यरियामा सकुशल छाडियको राप्ती डिभिजन वन कार्यालयका प्रमुख बिष्णु प्रसाद आचार्यले थाहापाटी लाई जानकारी दिनुभयो वहाँले थाहापाटी लाई सर्प रेस्क्यु गरियको भिडियो पठाउदै सुरक्षित छाडियको पुष्ठि गर्नुभएको हो।


प्रमुख आचार्यले सर्पलाइ मानव बस्ती वाट नियन्त्रणमा लियर सुरक्षित तवरले वन कार्यालयलाई जिम्मा लगाउने स्थानीय युवा शिवहरी बर्तौला लाई धन्यवाद दिदै अब रेस्क्यु तालिमको अनिवार्य आबश्यकताको खाचो देखेको बताउदै नगरपालिका संग समन्वय गरेर टुल कीट र तालिमको लागी पहल गरिने बताउनुभयो।वहाँ ले आज एउटा कुराको सारै अभाव भएको महसुस भएको बताउदै आफुहरु संगपनि तालिम प्राप्त व्यक्ति नहुदा रेस्क्यु गर्न समस्या रहेको बताउनुभयो साथै वहाँले राप्तिमा पानीको बहाव बढेको भयतापनी सर्पले सहज पौडियर पारी तरेकोले उक्त सर्प किङ्ग कोब्रानै भएको बताए।
कोब्रा लाई नियन्त्रणमा लियर उद्दार गर्ने स्थानीय युवा ब्याबसायी शिवहरी बर्तौलाले खुशी हुँदै उद्दार गरियको जनावरलाई उस्कै प्राकृतिक वासस्थानमा सुरक्षित साथ पुनर्वास गर्न सकेकोमा आफू सफल भएको बताए।यश अघिपनी बर्तौलाले नगर भित्र आयका बिषालु सर्पलाई समातेर पालुङ्ग सव डिभिजन वनलाई बुझाएपनि उचित स्थानमा छाड्ने नगरेको पाइएपछि यसपटक भने बर्तौलाले सर्पलाइ राप्ती डिभिजन कार्यालयलाई निकुञ्जमै छाड्ने सर्त सहित जिम्मा लगाएको बताउदै सम्बन्धित निकायलाई आफ्नो सुरक्षाको निम्ति आवश्यक पर्ने सामानको ब्यवस्था गरिदिन आग्रह गरे।बर्तौला लाई थाहा नगरको सर्पको साथी भन्दा फरक नपर्ने बताउदै वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझीले बिषालु सर्पको बिगबिगी हुन थालेपछी चिन्ता थपियको बताउदै सर्प नियन्त्रणमा लिने व्यक्तिको लागि नगरपालिका वा डिभिजन वन कार्यालय बाट सुरक्षाको प्रत्याभूत हुनुपर्ने बताउनुभयो।

Screenshot_20220825-20341-1661439002.png
Screenshot_20220825-22074-1661444813.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...