Monday, 20 May, 2024
अपडेट

गाेपाली गाँउमा परम्परागत सङ्गीत कार्यक्रम

-शम्भु अधिकारी

नेपाल सङ्गीत तथा नाट्य प्रतिस्ठानको आयोजनामा आज थाहा ३ को गोपाली गाउँमा परम्परागत सङ्गीत कार्यक्रम २०७४ समपन्न भएको छ । शास्त्रीय तथा परम्परागत सङ्गीत बिभागका प्रमुख प्राज्ञ उदय श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम गोपाली गाउँका जेष्ठ बृद् नागरिक तथा प्रमुख अतिथि कुल बा गोपालीले धिमे बाजा बजाएर उद्द्घाटन गर्नु भयो । कार्यक्रमको बारेमा प्रकाश पार्दै सभापति उदय श्रेष्ठले बिसुद्द कला सस्कृतीको संरक्षक गर्ने सस्था भएकोले लोपोन्मुख परम्परागत गित सङ्गीतको खोजी गरि भबिस्यमा नया पुस्तालाई अनुसन्धान गर्न सजिलो होस भनेर यिनिहरुको अभिलेख राख्न कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । थाहा नगरपालिकामा भएको परम्परागत लोक ,तथा जातीय सङ्गीतलाई खोजी गरि यहाँको कलासस्कृतीलाई प्रतिस्ठानको लाइब्रेरीमा राखिने बताउदै जात सङै आफ्नो पहिचान पनि आउने भएकोले यसको जगेर्ना गर्न र पश्चिमाहरुले हाम्रा धिमे र झ्याम्टालाई बिगारेर ड्रम सेट बनाए जसरी अरु बाजा हरुलाइ बिगारेर निर्यात हुन बाट बचाउन आग्रह गर्नु भयो। संगीत कार्यक्रममा थाहा नगरका जातिय पहिचान हुने बाजाहरुको साङ्गेतिक कार्यक्रम प्रस्तुत गरिएको थियो संगीत प्रस्तुत गर्ने हरुमा थाहा ३ डाडागाउको पन्चेबाजा,गोपाली गाउको जुगि बाजा ,पालुङ सास्कृतिक संरक्षण समूहको धिमे बाजा डाडाबासको झाक्री बाजा ,झि नेवा पुचको नेवारी बाजा,तातुङ बाट सामुहिक बासुरी बाजा ,थाहा ३,४ का थाहा खैचेडी भजन लगायतका सङ्गीत प्रस्तुत गरियो । तेसै गरि कार्यक्रममा थाहा कला केन्द्रले विभिन्न जातीय तथा भासिय सस्कृती झल्काउने नृत्य प्रस्तुत गरिएको थियो ,कार्यक्रमलाई ब्यबस्थापन गोपाली सास्कृतिक समूह र थाहा कला केन्द्रले गरेका थिए । कार्यक्रममा अतिथीहरु वडा न ३ का अध्यक्ष राजेस के सि ,पालुङ क्याम्पसका प्रमुख रामहरी अधिकारी ,थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तान ,गोपाली सास्कृतिकका अध्यक्ष शुसान्त गोपाली लगायतका उपस्थिति रहेको थियो । कार्यक्रममा आफ्ना मौलिक संगीत प्रस्तुत गर्ने समूहहरुलाई प्रमाणपत्र प्रदान गरियो ।


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...