Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

कोरोना संक्रमणबाट बच्न चेतना फैल्याउदै दामन चेली 

 दामन चेली समाजले थाहा नगरपालिकाको विभिन्न ४ स्थानमा सडक नाटक मार्फत कोरोना महामारीबाट बच्न सचेतना प्रदान गरेको छ ।  थाहा नगरपालिका १,३ र ४ नं. वडाको सहयोग तथा ईलाका प्रहरी कार्यलय पालुङ सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयमा सचेतनामुलक सडक नाटक गरिएको हो ।
 नाटक थाहा नगरपालिका वडा नं. ३ को बाघेखोला र शिखरकोट वडा नं. ४ को थानाबजार र वडा नं. ६ को बज्रबाराही सरस्वति बजारमा प्रदर्शन गरिएको थियो । 
नाटकमा थाहा कला केन्द्रका कलाकारहरुले विश्वभरि फैलिरहेको कोरोना महामारीलाई साधारण रुपमा नलिनको लागि अभिनय मार्फत सचेत गराएका छन् । 


नाटकमा कोरोना विरुद्धको खोप,मास्क प्रयोग गर्ने विधि,साबुन पानीले हात धुने, सेनिटाईजरको प्रयोग गर्ने तथा कोरोना सम्बन्धि विभिन्न सचेतनाका सामाग्रीहरु समावेश गरि नाटक प्रदर्शन गरिएको थियो । 
दामन चेली समाजले नाटक प्रदर्शनी कार्यक्रमसंगै बाटोमा हिँड्ने मानिसहरुलाई मास्क लगाउने विधि सिकाउनुका साथै मास्क वितरण समेत गरेकोे छ । साथै दामन चेलीका सदस्यहरुले समाजमा कोरोना फैलन नदिनको लागि सम्पूर्ण नागरिकहरुलाई सचेत गराउनुनै कोरोनाको जोखिम न्यूनिकरण गर्नु भएको भन्दै तपाईको मास्क खोई ? के तपाईले मास्क लगाउनु भयो ? मास्क प्रयोग हाम्रो अभियान कोभिडमुक्त समाज हाम्रो पहिचान, मास्क लगाउनुनै कोरोनाबाट बँच्नको लागि अति उत्तम विधि हो, भन्ने जस्ता सन्देशहरु प्रवाह गराउने उद्धेश्यले सचेतनामुलक व्यानर र पर्चा प्रदर्शनी तथा पर्चा टाँस समेत गरेको छ । 


कार्यक्रममा दामन चेली समाजकी अध्यक्ष जयन्ति रायमाझिले कोरोनालाई हेलचक्र्याई गरेकोप्रति आफू चिन्तित रहेको र यस विषयमा सम्पर्ण निकायहरुको ध्यान हुनुपर्ने बताउनुभएको छ । त्यस्तै कार्यक्रमलाई सम्बोद्धन गर्दै चेतनशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक तथा चेली समाजका सदस्य शकुन्तला गोपालीले हाल विश्वभरि फैलिरहेको कोरोनाको बारेमा फैलिरहेका विभिन्न भ्रामक कुराहरुलाई चिर्दै महामारी समाजमा फैलन नदिनको लागि सबै महिला अगुवा तथा सम्पूर्ण युवाहरुलाई आग्रह गर्नुभएको छ । कार्यक्रममा चेली समाजका पूर्व अध्यक्षहरु उर्मिला भट्ट, रिता कार्की वर्तमान उपाध्यक्ष राधिका रायमाझि, सचिव राममाया केसी, सदस्यहरु शान्ता रायमाझि, मेनु कार्की, सुशिला विष्ट,  कविता कार्की, ईलाका प्रहरी कार्यलय पालुङ, ३ नं वडा अध्यक्ष राजेश केसी, ४ नं. वडा अध्यक्ष दिपक लामा  लगायतको उपस्थिति रहेको थियो । नाटकमा भिमफेदि गाउँपालिकाका कलाकार संगिता थापा मगर, थाहा कला केन्द्रका रवि जिम्बा, सुर्य लामा, दिपराज खत्रि, सनुप श्रेष्ठ, विनिता केसी लगायतको कलाकारहरुको सहभागिता रहेको थियो ।    


 

https://thahapati.com/public/images/users/311472678_776667630106071-1677912015.jpg
रबी जिम्बा
rabitamang2076@gmail.com

रबी जिम्बा. थाहापाटी अनलाईनका रिपोर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9861612718

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...