gumba-1715660528.jpg
Sunday, 19 May, 2024
अपडेट

कोरोना संक्रमणबाट बच्न चेतना फैल्याउदै दामन चेली 

 दामन चेली समाजले थाहा नगरपालिकाको विभिन्न ४ स्थानमा सडक नाटक मार्फत कोरोना महामारीबाट बच्न सचेतना प्रदान गरेको छ ।  थाहा नगरपालिका १,३ र ४ नं. वडाको सहयोग तथा ईलाका प्रहरी कार्यलय पालुङ सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयमा सचेतनामुलक सडक नाटक गरिएको हो ।
 नाटक थाहा नगरपालिका वडा नं. ३ को बाघेखोला र शिखरकोट वडा नं. ४ को थानाबजार र वडा नं. ६ को बज्रबाराही सरस्वति बजारमा प्रदर्शन गरिएको थियो । 
नाटकमा थाहा कला केन्द्रका कलाकारहरुले विश्वभरि फैलिरहेको कोरोना महामारीलाई साधारण रुपमा नलिनको लागि अभिनय मार्फत सचेत गराएका छन् । 


नाटकमा कोरोना विरुद्धको खोप,मास्क प्रयोग गर्ने विधि,साबुन पानीले हात धुने, सेनिटाईजरको प्रयोग गर्ने तथा कोरोना सम्बन्धि विभिन्न सचेतनाका सामाग्रीहरु समावेश गरि नाटक प्रदर्शन गरिएको थियो । 
दामन चेली समाजले नाटक प्रदर्शनी कार्यक्रमसंगै बाटोमा हिँड्ने मानिसहरुलाई मास्क लगाउने विधि सिकाउनुका साथै मास्क वितरण समेत गरेकोे छ । साथै दामन चेलीका सदस्यहरुले समाजमा कोरोना फैलन नदिनको लागि सम्पूर्ण नागरिकहरुलाई सचेत गराउनुनै कोरोनाको जोखिम न्यूनिकरण गर्नु भएको भन्दै तपाईको मास्क खोई ? के तपाईले मास्क लगाउनु भयो ? मास्क प्रयोग हाम्रो अभियान कोभिडमुक्त समाज हाम्रो पहिचान, मास्क लगाउनुनै कोरोनाबाट बँच्नको लागि अति उत्तम विधि हो, भन्ने जस्ता सन्देशहरु प्रवाह गराउने उद्धेश्यले सचेतनामुलक व्यानर र पर्चा प्रदर्शनी तथा पर्चा टाँस समेत गरेको छ । 


कार्यक्रममा दामन चेली समाजकी अध्यक्ष जयन्ति रायमाझिले कोरोनालाई हेलचक्र्याई गरेकोप्रति आफू चिन्तित रहेको र यस विषयमा सम्पर्ण निकायहरुको ध्यान हुनुपर्ने बताउनुभएको छ । त्यस्तै कार्यक्रमलाई सम्बोद्धन गर्दै चेतनशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक तथा चेली समाजका सदस्य शकुन्तला गोपालीले हाल विश्वभरि फैलिरहेको कोरोनाको बारेमा फैलिरहेका विभिन्न भ्रामक कुराहरुलाई चिर्दै महामारी समाजमा फैलन नदिनको लागि सबै महिला अगुवा तथा सम्पूर्ण युवाहरुलाई आग्रह गर्नुभएको छ । कार्यक्रममा चेली समाजका पूर्व अध्यक्षहरु उर्मिला भट्ट, रिता कार्की वर्तमान उपाध्यक्ष राधिका रायमाझि, सचिव राममाया केसी, सदस्यहरु शान्ता रायमाझि, मेनु कार्की, सुशिला विष्ट,  कविता कार्की, ईलाका प्रहरी कार्यलय पालुङ, ३ नं वडा अध्यक्ष राजेश केसी, ४ नं. वडा अध्यक्ष दिपक लामा  लगायतको उपस्थिति रहेको थियो । नाटकमा भिमफेदि गाउँपालिकाका कलाकार संगिता थापा मगर, थाहा कला केन्द्रका रवि जिम्बा, सुर्य लामा, दिपराज खत्रि, सनुप श्रेष्ठ, विनिता केसी लगायतको कलाकारहरुको सहभागिता रहेको थियो ।    


 

https://thahapati.com/public/images/users/311472678_776667630106071-1677912015.jpg
रबी जिम्बा
rabitamang2076@gmail.com

रबी जिम्बा. थाहापाटी अनलाईनका रिपोर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9861612718


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...