pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

केपि ओलि ज्ञानेन्द्रको खेताला हुन:- रामनारायण बिडारी

IMG_20211120_154419_847-1639718438.jpg

काठमाडौं, २ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद रामनारायण बिडारीले एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्रका खेताला भएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलाले पूर्वराजा ज्ञानेन्द्रसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको पाँचबुँदे सहमतिमा के छ भन्ने प्रश्न गर्दा नेता बिडारीले भने, “प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग कुनै सहमति गर्नुभएको छैन । नेपालमा केपी शर्मा ओली झुटलाई सत्य साबित गर्न, जनतालाई झुक्याउन र भ्रम पार्न माहिर हनुहुन्छ । उहाँले बोलेका प्रायः कुरा झुटा नै हुन्छन् । जनयुद्धका बेला केपी ओली राजा ज्ञानेन्द्रका खेताला हुन् । माओवादीजस्तो क्रान्तिकारी पार्टीका तर्फबाट जनयुद्ध हाँकेको जननायक प्रचण्डले त्यस्तो गर्ने कुरै आउँदैन । उहाँले त बरु म खेताला, नोकरचाकरसँग, जुत्ताको तलुवासँग कुरा गर्दिनँ, तिम्रा मालिकसँगै कुरा गर्छौं, ओपन्ली भन्नुभएकै थियो । यिनीहरु त राजतन्त्र टिकाउनका लागि क्रान्तिकारी नेताको टाउको काटेर झोलामा ल्याऊ लाखौं लाख दिन्छौं भन्थे ।”
तपाईंहरु व्यक्तिहत्या, राजनीतिक दलको गतिविधि निषेधमा लाग्नुभएको थियो । ज्ञानेन्द्रको अभिनन्दनमा केही गर्नुहुन्नथ्यो, हिसिला यमीको किताबमा बाँदरमुढे घटनापछि प्रचण्ड गणतन्त्रवादी भएको भनेर लेखिएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा बिडारीले भने, “तत्कालीन माओवादी राजा ज्ञानेन्द्रसँग नलडे पनि ज्ञानेन्द्रको शाही सेनासँग लडिरहेको थियो । जनवादी, समाजवादी प्रणालीमा जे माग हुन्छ, माओवादीको माग त्यही हो । प्रचण्डको आलोचना गर्ने भए बरु कम्युनिस्टका निम्ति युद्ध गर्नुभएको थियो, पुँजीवादी व्यवस्थामा सम्झौता गर्नुभयो भनेर गर्न सकिएला । दुइटा शक्तिले एकअर्कालाई जित्न नसकेको अवस्थामा सम्झौता भएको हो । खाइपल्केका एमालेका केपी ओलीजस्ता कपुतहरुलाई संविधानसभामार्फत संविधान, गणतन्त्र, समावेशी सिद्धान्तमा सहमत गराउनु प्रचण्डको सफलता हो । जनयुद्ध नभएको भए विद्यादेवी भण्डारी राष्ट्रपति हुने कुरा कल्पना थिएन । ओलीहरु त राजाको ताबेदारी भएर राजतन्त्र चाहिन्छ भन्ने मान्छे हुन् । कमल थापा नै गणतन्त्रवादी भइसकेपछि ओली हुनु कुन ठूलो कुरा हो र ?”
सुधारिएको लोकतन्त्रमार्फत साम्यवाद र समाजवादतिर जान पक्षमा माओवादी रहेको पनि उनले बताए । माओवादीको राष्ट्रिय सम्मेलनमा युवाहरुको प्रतिनिधित्व कति हुन्छ भन्ने प्रश्नमा उनले थपे, “माओवादीको राष्ट्रिय सम्मेलनमा सबै पदमा जान प्रतिस्पर्धा भएको छ । २० प्रतिशतभन्दा बढी युवा र ३५ प्रतिशत कम नहुने गरी महिला प्रतिनिधित्व हुन्छ । केन्द्रीय जनवादी नीतिअनुसार वडादेखि केन्द्रसम्म प्रतिस्पर्धा छ ।”                          रिपोर्टस नेपाल डट कम मा समाचार छ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg