Friday, 03 May, 2024
अपडेट

कृषकको उत्पादन सिधै उपभोक्तासम्म पुर्याउने नीति बनाउन काङ्ग्रेस थाहानगरको माग

असार ४/ कृषकले उत्पादन गरेका तरकारीको बिक्री वितरणमा बिचौलियाको अन्त्य गर्नका लागि आवश्यक पहल गर्न नेपाली काङ्ग्रेस थाहा नगर कमिटीले थाहा नगरपालिकालाई सुझाव दिएको छ । बिचौलियाका कारण कृषकले आफ्नो उत्पादनको उचित मूल्य नपाएको अवस्थामा कृषकको उत्पादन सिधै उपभोक्ता समक्ष पुग्ने वातावरण सृजना गर्नका लागि समेत नेपाली काङ्ग्रेस थाहा नगर कमिटीले आग्रह गरेको छ ।

नेपाली काङ्ग्रेस थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठले नगर प्रमुख लवशेर विष्टलाई शुक्रवार सुझाव पत्र हस्तान्तरण गर्दै कृषकहरुलाई ब्यवशायिक कृषितर्फ अभिप्रेरित गर्नुपर्ने बताउनुभयो ।

सुझावपत्रमा  सामुदायिक विद्यालयहरुमा आवश्यकता अनुसारको दरवन्दीको ब्यवस्था गरी सरकारको नीति बमोजिम सरकारी बिद्यालयहरुमा माद्यमिक तहसम्म पूर्ण रुपमा निःशुल्क गर्न माग गरिएको छ।

साथै कोभिड-१९ नियन्त्रणलाई प्राथमिकता दिन आग्रह गर्दै कोभिड बिरामीहरुलाई निःशुल्क औषधि उपलब्ध गराउने नीति समावेश गर्न पनि सुझाव दिइएको छ ।
 
काङ्ग्रेस थाहा नगर कमिटिले सबै वडामा स्वच्छ खानेपानीको ब्यवस्था गर्नको लागि स्पष्ट नीति बनाउन आग्रह गरेकोछ । त्यस्तै कुन्छाल कुलेखानी सडकलगायत नगरका भित्री सडकहरुको स्तरोन्नती गरी सांस्कृतिक पर्याटनको विकासलाई जोड दिन अनुरोध गरेको छ ।
 
विपद् व्यवस्थापनमा पूर्वाधार सहित पूर्व तयारीमा रहन अनुरोध गर्दै प्राकृतिक प्रकोपबाट पीडितहरुलाई तत्काल राहत र उचित ब्यवस्थापन गर्ने नीति बनाउन समेत ध्यानाकर्षण गराएको छ ।

सुझावपत्रमा युवाहरुलाई सीपमूलक तालिमहरुको व्यवस्था गरि स्वरोजगार बनाउन तथा सरकारी कार्यालयहरुका सेवा प्रवाह चुस्त बनाइ भ्रष्टाचार मुक्त नगर बनाउनु पर्ने उल्लेख छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...