pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

कृर्तिपुर र थाहाका नगर प्रमुख एकै ठाउँ

-शम्भु अधिकारी

तीन महिना अगाडिदेखि थाहा २ पालुङ लाम्पाटीमा जारी धिमे बाजा प्रशिक्षणको आज एक समारोह बिच थाहा नगरका प्रमुख लबशेर बिस्ट कृर्तिपुर न पा का प्रमुख रमेश महर्जनले संयुक्त रुपमा समापन गर्नु भएको छ। पालुङ सास्कृतिक सम्पदा संरक्षण समितीले तीन महिना देखि बाजा संरक्षण गर्नको निम्ति स्थानीय युवाहरु लाई प्रशिक्षण दिदै आइरहेको थियो । समितिका अध्यक्ष राजकुमार प्रधान जंगलीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै विशिष्ट अतिथि किर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जनले आफ्नो सस्कार , सम्पदा जोगाउन युवाहरू अगाडि बढ्नुको विकल्प नभएको बताउदै त्यसो नभए केही समय पछि आफ्नो सस्कृती हेर्न बिदेस जानू पर्ने बताउनु भयो । सास्कृतिक परम्पराले थाहा र किर्तिपुर नगरपालिकालाई नजिक ल्याउन मद्त भएको भन्दै चित्लाङ , टौखेल, कुन्छाल, गोपाली गाउँ , पालुङ , ओखरबजार जस्ता नेवारी सस्कृती रहेकोमा यसले दुई नगरलाई मितेरी नगरपालिका बनाउन दुबै नगरले जोड दिनुपर्ने बताउनु भयो । साथै वहाँले सस्कृती जोगाउन थाहा नगरपालिका ले विशेष योगदान गरेको भन्दै धन्यवाद ज्ञापनप गर्नु भयो ।त्यसैगरी प्रमुख अतिथि थाहा का मेयर लबशेर बिस्ट ले सम्पदा हरु जातिगत, रास्ट्र्गत भन्दा अन्तर्राष्ट्रिय रुपमा रहेकाले आ आफ्नो मौलिक सस्कृती जोगाउन सबै नेपाली लाग्नु पर्ने बताउदै सम्पदा भाषा सस्कृती जोगाउन थाहा नगरपालिकाले सदैब सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो साथै वहाँले थाहाको नेवारी सस्कृती जोगाउन किर्तिपुर नगरपालिकाले गरेको सहयोग अनुकरणीय भएको भन्दै धन्यवाद व्यक्त गर्नु भयो । प्रशिक्षक लक्षमण महर्जनले सिकाएको कुराहरू सिक्ने युवाहरूले फेरि अर्को पुस्तालाई सिकाउदै हस्तान्तरण गर्दै जानेमा आफू बिश्वास लिदै थाहानगरपालिकाले गरेको सहयोगको प्रसंशा गर्नु भयो । कार्यक्रममा थाहा २ का अध्यक्ष गुप्त कार्की, किर्तिपुर नगरपालिका १ का अध्यक्ष हर्ष महर्जन , किर्तिपुर नगरका दाखल कपा गुरु श्रीकृष्ण महर्जन , मुलगुरु अस्ट्मान श्रेष्ठ , भाषागुरु प्रेमबहादुर श्रेष्ठ धिमे गुरुहरु लक्षमण महर्जन, धनेस महर्जन, नरेश महर्जन, हरिगोपाल महर्जन, खपजुजु मदन मान श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो । ५७ जना युवाले सिकेको बाजामा हिर्दयमान श्रेष्ठ, प्रमिता श्रेष्ठ, प्रमोद श्रेष्ठ उत्कृष्ट ठहरिए । इन्द्रायणी भैरब गुठी का श्याम भक्त श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा विभिन्न नेवारी सास्कृतिक झाकी र परम्परा प्रस्तुत गरिएको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg