pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

कुलेखानी तामाङ समाजको ल्होछार  कार्यक्रम भब्य रुपमा सप्पन्न

 समुदायको राष्ट्रिय पर्व २८५७ लाङ/म्हे ल्हो (गाई वर्ग) को अवसरमा कुलेखानी तामाङ समाजद्वारा आयोजित दोस्रो ल्होछार विशेष कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । इन्द्रसरोवर गाउपालिकाको वडा नं २ कुलेखानीको टोड्केमा शनिबार सञ्चालित ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान तथा शान्ति पुजा सभ्य र भब्य रुपमा सम्पन्न भएको हो । स्थानीय पर्यटन प्रबर्द्धनका लागि सञ्चालित कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामाको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा चर्चित स्थानिय गायकहरु रबिन्द्र लामा, अशोक तामाङ, राष्ट्रिय गायकहरु बिजय लामा, लोकेन लामा, जोगलाल लामा, रञ्‍जित लामा, प्रेम लामा, सिजम मगर लगायतको सांगीतिक प्रस्तुति सहित भिमफेदी गाइजको बेजोड प्रस्तुति रहेको थियो । साथै कार्यक्रममा लामा, बोन्पो, ताम्बा लगायतको झाकि प्रदर्शन, तामाङ भेषभुषा र स्टलहरु रहेको थियो । कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै वड नं.४ का वडाध्यक्ष धनविर स्याङ्तानले तामाङहरु नेतृत्वमा पछाडी भएको औल्याउँदै आफ्नो हक अधिकार प्राप्तिका लागि एकजुट भएर लाग्नु पर्ने बताए । यस्तै वडा नं १ का वडाध्यक्ष जमान सिं वाईवाले पर्यटकिय स्थल इन्द्रसरोवरमा तामाङ संस्कृतिलाई देखाएर पर्यटकलाई आकर्षण गर्नका लागि स्थानीय सरकार र होटल व्यवसायी संघले समन्वय गरि अघि बढ्ने बताए । इन्द्रसरोवर गाउँपालिकाको उपाध्यक्ष उमा कुमारी लामाले वार्षिक रुपमा एउटा कार्यक्रम गरेर तामाङहरुको स्तर उन्नति नहुने बताउदै तामाङहरुको स्तर उन्नति र विकासको लागि योजना लिएर आएमा गाउँपालिकाले सहयोग गर्ने बताइन् । उनले तामाङहरुले कुसंस्कार र चलनहरुलाई छोड्दै अघि बढ्न समेत आग्रह गरे । गाउँपालिकाको अध्यक्ष जीवन लामाले वीर तामाङहरुले तामाङहरुको अधिकारका लागि जीवन दिएका कारण अहिले तामाङहरुको अस्तित्व बाँकी रहेको बताउदै अब एकता कायम गर्न नसकेमा अस्तित्व खतरामा पुग्न सक्ने भएकाले तामाङहरु आपसमा लड्ने नभई सबैको अधिकारका लागि लड्ने समय आएको बताए । साथै तामाङ तथा जनजातिको हक अधिकार र संस्कृतिको लागि गाउँपालिकाले सधै सहयोग गर्ने बताए । कार्यक्रममा आर्थिक सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो । विभिन्न सहयोगीमनहरुबाट करिब तीन लाख रुपैया आर्थिक सहयोग प्राप्त भएको आयोजक समितिका अध्यक्ष बिरेन्द्र गोलेले बताए ।

default.png
मञ्जरी बलामी
manjarinews415@gmail.com

मञ्जरी बलामी थाहापाटी अनलाइनकाेे इन्द्रसराेबर सम्वाददाता हुन् । खबरका लागि उनलाई 9866339966 मा सम्पर्क गर्न सकिन्छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...