janmadarta-1744810195.jpg
Monday, 21 Apr, 2025
krishi2-1744123294.jpg

अपडेट

कुलेखानी ड्याम भरिनै लाग्यो,नदीकिनाराका बस्तीमा बाढीको चेतावनी

FB_IMG_1727436097241-1727436255.jpg

फाइल तस्विर

गृह मन्त्रालयले कुलेखानी बाँधभन्दा तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। बाँध भरिन लागेको जानकारी दिँदै मन्त्रालयले सिस्नेरी हुँदै बागमती नदीकिनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने चेतावनी दिएको छ।

‘कुलेखानी ड्याम केही घण्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुन सक्ने देखिएकाले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदीकिनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको छ,’ मन्त्रालयले भनेको छ।

सम्बन्धित पालिकाका स्थानीय विपत् व्यवस्थापन समितिहरूलाई सुरक्षित स्थानको पूर्वतयारी गर्न आग्रह गर्दै मन्त्रालयले ‘हाइएलर्ट’ बस्न भनेको छ।

‘कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनुहुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरूसमेत हाइएलर्टमा बस्नुहुन अनुरोध गरिन्छ,’ मन्त्रालयले भनेको छ।

कुलेखानीमा अहिलेको पानीकाे सतह १५२६.६७ मिटर छ । कुल १५३० मिटर क्षमता भएको कुलखानी दिनभरको वर्षापछि अहिले  प्रति २ मिनेटमा ३ सेीन्टमिटर बढिरहेको छ । आज बिहान बिहान ८ बजे १५२५.१४ मिटर क्षमता पानी  थियो भने अब कुलेखानी भरीन १.५ मिटर बाकी रहेको राती कुलेखानी भरीन सक्ने प्राधिकरणले जानकारी दिएको छ।

chayerog-1733658794.png

world-link-1690434568.jpg
चित्लाङमा आज बाट जिल्ला स्तरीय भलिवल हुँदै
FB_IMG_1745203888091-1745203908.jpg

चित्लाङ्गमा नेपाली काङ्ग्रेसले आफ्ना दिवङ्गत नेतृत्वको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ । नयाँ...

सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो
1745069253635_1-1745069369.jpg

६ बैशाख, हेटौंडा।  नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार...

थाहाका २ हजार ६ सय ८३ बालबालिकालाई भिटामिन ए खुवाइने
FB_IMG_1745069052851-1745069063.jpg

मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’...

गजल मञ्च मकवानपुरको अध्यक्षमा थाहाका संजित श्रेष्ठ
FB_IMG_1745067779943_1-1745067819.jpg

गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन ६ वैशाखमा भएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक...

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
1744764753919-1744764801.jpg

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले कोशी, मधेस,...

युवाको श्रम विदेशमा, देशमा खाली नारा!
1744720502293-1744720612.jpg

विकासको नाममा राजनीतिक दलहरूले वर्षौंदेखि जनतालाई अनेकौं सपना देखाउँदै आएका छन्। संविधान, संघीयता, योजना, बजेट,...

न्यु भिजन एकेडेमीको वार्षिक नतिजा तथा पुरस्कार वितरण सम्पन्न
FB_IMG_1744555717552-1744555737.jpg

थाहा ३ बाघेखोलामा अवस्थित न्यु भिजन एकेडेमीको वार्षिक नतिजा प्रकाशन,पुरस्कार वितरण सहित अभिभावक भेला सम्पन्न...

थाहाको चेतनशिल महिला सहकारी उत्कृष्ट महिला सहकारीमा छनौट
1744553774511-1744553806.jpg

थाहा नगरपालिकाको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै ‘उत्कृष्ट महिला सहकारी’ छनौट भएको छ ।...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रुपैयाँ सदस्यलाई बाँडफाँड
414942559_128855317516752-1744529388.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रकम सदस्यलाई बाँडफाँड...