dandajariwana-1728132545.jpg
Friday, 11 Oct, 2024
Thaha-nagarpalika-1728306703.jpg

अपडेट

कुलेखानीको ढोका १२ घण्टापछि बन्द गरियो।

1727586435356-1727586554.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशयको पानी कम हुँदै गएपछि ड्यामका ढोका बन्द गरिएको छ । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान साढे पाँचबजेदेखि ड्यामका २ वटा ढोका खोलिएको थियो ।

ढोका खोलेर जलाशयको पानी निकाशा गरेको करीब १२ घण्टापछि दुबै ढोका बन्द गरिएको कुलेखानी जलविद्युत केन्द्र प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो । जलाशय भरिएर १ हजार ५ सय ३१ मिटर पुगेर ओभरफ्लो हुन थालेपछि ड्यामको दुवै ढोका साढे ४ मिटरसम्म खोलिएको थियो ।

कुलेखानीको जल सतह बिहान ९ बजेर ४० मिनेट जाँदा एक हजार पाँच सय २८ दशमलव ४८ सेन्टिमिटर रहेको प्रमुख भट्टले जानकारी गराउनुभयो । जलाशयको भण्डारण क्षमता एक हजार पाँच सय ३० मिटर रहेको छ ।

नेपाल विद्युत प्राधिकरणको ‘व्याकअप’ मानिने यस केन्द्रबाट अहिले २४ सै पूर्ण क्षमतामा विद्युत् उत्पादन भैरहेको छ । कुलेखानी प्रथमवाट ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् उत्पादन हुने गर्छ ।

khanepani-1727872240.gif
degu-1728178833.jpg

world-link-1690434568.jpg
आग्रा बाट ल्याइएको फुलपाती,पालुङको दशैं घरमा भित्र्याईयो।
462594637_144946831907600-1728564992.jpg

पालुङको ऐतिहासिक दशै घरमा फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राबाट फुलपाती ल्याएर थाहानगरको पालुङ स्थित...

नवरात्रको सातौं दिन:-आज पुजा कोठा वा दशैघरमा फुलपाती भित्र्याइँदै
FB_IMG_1728519047294-1728519337.jpg

बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ।   नौ दुर्गामध्येकी...

थाहामा भेटिएको दुई वटा बिषालु सर्प किङ कोब्राको उद्दार।
1728313180167-1728313298.jpg

थाहा नगरपालिकाको वडा न ४ र वडा न १ बाट तीन दिनमा २ वटा अति बिषालु सर्प किङ कोब्रा जातको सर्पको उद्दार गरिएको...

बाढी पहिरोबाट थाहानगरका २६ खानेपानी आयोजनामा डेढ करोड बढि क्षति
1728227712548-1728227801.jpg

मकवानपुर थाहा नगरपालिका क्षेत्रका २६ वटा खानेपानी आयोजनामा करिब १ करोड ६३ लाख रुपियाँ बराबरको क्षति भएको छ । गत...

हेटौंडा काठमाडौं छोटोदुरिको सडक नौ दिनपछि संचालनमा
FB_IMG_1728226042054-1728226172.jpg

हेटौंडाबाट काठाण्डौं जोड्ने तीन वटा छोटो दुरीको सडक नौ दिनपछी आजबाट सञ्चालनमा आएका छन् । प्रदेश राजधानी जोड्ने...

हेटौंडामा टिभिएसको ‘महा एक्सचेन्ज मेला’
1728142194910-1728142301.jpg

हेटौंडा १९ असोज/जगदम्बा मोटर्सले हेटौंडामा ‘महा एक्सचेन्ज मेला’ को आयोजना गरेको छ । टीभीएस मोटर्सको...

स्वच्छन्द भैरव डोजोका १४ खेलाडि ब्ल्याक बेल्ट पाउन सफल
k1-1728134296.jpg

स्वछन्द भैरव सितेरियो कराते डोजो चित्लाङले १४ जना खेलाडिको ब्लाकबेल्ट टेष्ट गरेको छ। १९ असोजमा चित्लाङको...

दिव्यतारा बहुउद्देश्यीय पालुङ इकाईको साधारणसभा सम्पन्न
1728131514188-1728131535.jpg

हेटौंडामा मुख्य कार्यालय रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको थाहा सेवा केन्द्रको छैटौं...

जन्मदिनकै अवसरमा साहित्यकार ढकालको ‘गोरखाली गुराँस’ लोकार्पण
1728088372314-1728088403.jpg

काठमाडौं । साहित्यकार, सञ्चारकर्मी, अध्यापक तथा समाजेसी सुशीला ढकाल अधिकारीको कविता संग्रह गोरखाली गुराँस...