Sunday, 19 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

कुण्डलदेबी को साधारणसभा सम्पन्न

             कुण्डलदेवीको १८ औं साधारण सभा सम्पन्न थाहानगर, २६ असोज कुण्डलदेवी बहुउद्धेश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा शुक्रबार दामनमा सम्पन्न भएको छ । थाहा नगारपालिका–४ दामन र थाहा–३ शिखरकोटमा कार्यालय सञ्चालन गरेर कारोबार गर्दै आएको संस्थाको १८ औं साधारण सभा थाहा–३ का वडा अध्यक्ष राजेश केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटनमा बोल्दै प्रमुख अतिथि केसीले सहकारीले विपन्न वर्गका मानिसहरुलाई समृद्धिको यात्रातर्फ डो¥याएको भन्दै अब बचत र ऋण कार्यक्रमको अतिरिक्त सहकारी नयाँ ढङ्गले लाग्नु पर्ने बताए ।

                   कार्यक्रमका विशिष्ट अतिथि एवम् शान्तिपुर दैनिकका प्रधान सम्पादक कुमार नेगीले सहकारीले सवल पक्ष, दुर्वल पक्ष, अवसर र चुनौतिहरुको विश्षेलण गरेर आगामी रणनीतिहरु तय गर्नु पर्ने सुझाव दिए । कार्यक्रममा हरियाली कृषि सहकारी संस्थाका अध्यक्ष माधव कार्की, लालीगुराँस महिला बहुउद्धेश्यीय सहकारी संस्थाका व्यवस्थापक तुलसा विष्ट, सेतीगणेश आधारभूत विद्यालयका प्रधानाध्यापक उर्मिला गोपाली, दामन बजार व्यवस्गापन समितिका महासचिब दावा टसी शेर्पा, उत्तरबहादुर गोपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 संस्थाका सल्लाहकार राजिव स्याङ्तानले स्वागत गरेको कार्यक्रम संस्थाका अध्यक्ष शिबकुमार खत्रीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष खत्रीले संस्थाको वार्षिक नीति तथा कार्यक्रम, सचिब रामकुमार बलले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षका तर्फबाट लेखा समिति संयोजक सीताराम रुम्बाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभा को अबसर मा सस्था ले जेष्ठ नागरिक मान बा भोम्जन लाई सम्मान पत्र र दोसल्ला ओडाएर प्रमुख अतिथि राजेस केसि ले सम्मान गर्नुभएको थियो ।

साथै उत्कृष्ट कारोबार गर्ने जेष्ठ सदस्य रमेश रायमाझी ,कारोबार तर्फ राम थिङ लामा,उत्तम प्र पौडेल ,पुर्ण बा रुम्बा ,सौगात थिङ ,तथा एकल महिला सदस्य सुन्तली गुरुङ लाई नगद तथा प्रमाणपत्र प्रदान गरियो ।

  •  

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png