Social-Media-Main-Post1-1759035170.jpg
Thursday, 15 Jan, 2026
nagar-shubha-1759206951.jpg

अपडेट

काङ्ग्रेस सह महामन्त्री डिनाको पहलमा थानाबजार पुलको मुख,चल्ती सडकको स्तरोन्नति शुभारम्भ

FB_IMG_1739192287147-1739192304.jpg

थाहा नगरपालिकाको थानाबजार पुलको मुखबाट पालुङ हुँदै देउराली,चिसापानी,देउखेल चल्ती सडकको स्तरिकरणको कामको आरम्भ भएको छ।
संघीय शहरी विकास मन्त्रालय मातहतको LIDPO हेटौंडा मार्फत ठेक्का लागेको रु. ४ करोड ३१ लाखको स्तरोन्नतिको शुभारम्भ नेपाली काङ्ग्रेस सह महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पालुङको ठुलोबेसी फाटमा बिधिवत पुजा आजा गरेर शुभारम्भ गर्नुभएको हो।
थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली समेतले बिधिवत पुजाआजा सहित स्तरोन्नतिको शुभारम्भ गरेका हुन।
नेपाली काङ्ग्रेसकी नेतृ समेत रहेकी उपाध्यायको बिशेष पहलमा संघीय सहरी बिकास मन्त्रालयले उक्त सडक स्तरोन्नतिको लागि बजेट व्यवस्था गरेको हो।
स्थानीय बिकास पुर्वाधार बिकास आयोजना कार्यालयलेले ४ करोड ३१ लाखको बजेट बिनियोजन गरेकोमा बि एन्ड पि निर्माणले ३ करोड ४७ लाख २५ हजार ७ सय ४७ रुपैयाँमा निर्माण गर्नेगरी ठेक्का पाएको छ।
३ खण्डमा कार्य गर्ने गरि ३२ किलोमिटर सडक स्तरोन्नतिमा आर सि सि ढलान,परमिक्स,ग्याभिन बाल लगायतको कार्य रहेको निर्माण व्यावसायि प्रदिप भट्टले जानकारी दिए।
उनका अनुसार वडा न २,३ र ७ मा सडक स्तरोन्नतिको काम हुने छ भने २०८३ श्रावण ८ गते सम्ममा काम सम्पन्न गरिसक्नु पर्ने छ।
सडक स्तरोन्नति शुभारम्भ गर्दै नेतृ उपाध्यायले स्थानीय यातायातको सुविधा र विकासमा यो सडकले महत्वपूर्ण योगदान पुर्याउने बताउदै योजनाको सफल कार्यान्वयनमा सबैको सहयोगको आवश्यक रहेको बताउनुभयो।

उक्त सडक स्तरोन्नति पश्चात थाहा नगरपालिकाको ७ न वडाको चिसापानी,देउखेल,चल्ती,बसेरीका स्थानीयलाई नगरपालिका लगायत हेटौंडा काठमाडौ आवतजावत गर्न सहज हुने छ।

FB_IMG_1739192240984-1739192304.jpg

world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
थाहा नगरपालिकाको १९ औं नगरसभा सम्पन्न
FB_IMG_1768404470682-1768404507.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं अधिवेशनले चालु आर्थिक वर्षको हालसम्मको प्रगती समीक्षात्मक प्रतिवेदन बहुमतले...

सुखी भविष्य बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न
20260113_123644-1768290635.jpg

थाहा नगरपालिका–शिखरकोटस्थित विकास घरमा सुखी भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा...

शिखरकोटमा पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती र एकता दिवस मनाइयो
FB_IMG_1768144032739-1768144741.jpg

थाहा नगर, शिखरकोट, पौष २७ – राप्रपा थाहा नगर कमिटी र राप्रपा मकवानपुर प्रदेश (क)को आयोजनामा शिखरकोट स्थित कृष्ण...

लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768138703028-1768138720.jpg

थाहा नगरपालिका वडा नं. १, ओखरबजारमा २०५९ जेठ २ गते स्थापना भएको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको...

बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768136296400-1768136314.jpg

थाहा नगरपालिकाको वडा नं. ३ मा स्थित बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
1768134003232-1768134032.jpg

थाहा नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक...

थाहा नगरपालिकाको हिउँदे अधिवेशन पौष ३० गते हुने
FB_IMG_1743852711198-1768056769.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं नगर सभा (हिउँदे अधिवेशन) ३० पुसमा हुने भएको छ । नगरपालिकाले सभा सदस्यहरुलाई सभा...

प्रलोपाका नेता सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार
InShot_20260110_181123878-1768048179.jpg

मकवानपुर । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य...

थाहा दिवस २०८२: बिडारीलाई थाहा पत्रकारिता पुरस्कार, सानोभाई कार्कीलाई तिर्थदास सामाजिक सम्मान
InShot_20260110_133549017-1768031480.jpg

थाहा आन्दोलनका प्रणेता स्वर्गीय रुपचन्द्र बिष्ट (रुदाने) को ९२औँ जन्मजयन्तिको अवसरमा थाहा नगरपालिकामा विविध...