Friday, 17 May, 2024
अपडेट

कांग्रेसले ग¥यो राक्सिराङका १ हजार परिवारलाई खाद्यन्न सहयोग

indra-baniya-1622700537.jpg

हेटौंडा / मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको दुई वडाका एक हजार घरपरिवारलाई नेपाल कांग्रेस मकवानपुरले खाद्य सामाग्री सहयोग गरेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको समन्वयमा करिब २० लाख रुपैयाँ बराबरको सामाग्री आज विहीबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरिएको हो । 

राक्सिराङ गाउँपालिकाको वडा नम्बर ९ को साविक खैराङ गाविसको ५ सय ५२ घरधुरी र ७ नम्बर वडाको धिराङ र दामराङका ४ सय ४८ गरिब विपन्न चेपाङ तथा तामाङ समूदायका स्थानीयलाई उक्त सामाग्री सहयोग गरिएको हो ।

हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले रोग र भोकले जनता छटपटाई रहेको बेला बर्तमान कम्युनिष्ट सरकार सत्ता जोगाउने खेलमा लागीरहेको तर नेपाली कांग्रेस मात्रै जनताको घरघरमा पुगेको बताउनुभयो । 

यस्तो विषम परिस्थितिमा सरकार छ भन्ने अनुभूति जनताले गर्ने अवसरनै नपाएको दावी गर्दै उनले कम्युनिष्ट सरकार आफु र आफ्ना कार्यकर्ता पाल्नमात्रै तल्लिन रहेको आरोप लगाउनुभयो।

यस्तै कार्यक्रममा नेता इन्द्र बानियाँले अहिलेको केपी ओली सरकार जनताप्रति पूर्ण उदासिन रहेको बताउँदै सरकारसँग पैसा भएपनि सहयोगको भावना र योजना नभएको आरोेप लगाउनुभयो । 

नेता बानियाँले आफुले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई पटकपटक जनता रोगले भन्दा भोकले मर्ने भए सहयोग गरौं भन्दा कुनै तत्परता नदेखाएको दावी गर्नुभयो । प्रदेश सरकार जनताप्रति अनुत्तरदायी भएपछि आफु र आफ्ना सहयोगी मार्फत सहयोग सामाग्री उपलब्ध गराएको उनको भनाई छ । 

विकट वस्तिका चेपाङ र तामाङ समूदायका विपन्न  र गरिव जनताका लागी नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाका छोरा जयविर देउवाबाट एक लाख रुपैयाँ सहयोग उपलब्ध भएको नेता बानियाँले जानकारी दिए । 

यस्तै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल तथा नेपाली कांग्रेस निकट उद्योगी व्यवसायीहरुको समेत सहयोग रहेको थियो । 

कार्यक्रममा कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, क्षेत्रिय सभापति लोक मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, नेपाली कांग्रेस कोभिड १९ अनुमगन समिति मकवानपुरका संयोगक उत्सव इटेनी, राक्सिराङ गाउँपालिकका उपाध्यक्ष निर्मला हिम्डुङ लगायतको उपस्थिति रहेको थियो ।
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...