pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

कहाँ हरायो एमालेको १० हजार भोट ?

BIRODH-KHATIWADA-1-1666496069.jpg

नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले निर्वाचन विशेष कार्यकर्ता भेटघाटलाई तीव्रता दिनु भएको छ । भेलामा खतिवडाको निशानामा उहाँकै पुरानो पार्टी नेकपा एमाले पर्ने गरेको छ ।
खासगरी निर्वाचन क्षेत्र नम्बर १ मा कमल थापालाई सूर्य चिन्ह दिएर एमालेले उम्मेदवार बनाएपछि र पाँच वर्षअघि आफ्नै निर्वाचन अभियानमा हिडाएर गाउँघर चिनाएका व्यक्तिले अहिले ‘टुरिस्ट उम्मेदवार’ भनेर कटाक्ष गरेपछि खतिवडाले मनहरी, राक्सिराङ, कैलाश, मकवानपुरगढी, भीमफेदीमा भएका कार्यक्रमहरुमा एमालेमाथि पेचिलो प्रहार गरेर चर्चा बटुल्नु भएको छ । तिहार अघि ६२ वडा रहेको निर्वाचन क्षेत्रमा प्रदेश क का उम्मेदवार कुमारी मोक्तान (माओवादी) र प्रदेश ख का उम्मेदवार ईन्द्रबहादुर बानियाँ (कांग्रेस)सहित पुग्ने योजना अन्तर्गत खतिवडा थाहा, ईन्द्रसरोवर, हेटौँडामा पनि पुग्दै हुनुहुन्छ । त्यहाँ पनि एमाले अध्यक्ष केपी ओली, राप्रपा नेपालका नेता कमल थापा, मकवानपुरमा एमालेका नेताहरु डोरमणि पौडेल, रामेश्वर रानामाथि नै खतिवडाको प्रहार हुने लोकतान्त्रिक वाम गठबन्धनका नेता कार्यकर्ताहरु बताउँछन् ।
भीमफेदी र मनहरीमा भएको कार्यक्रममा खतिवडाले नयाँ कुरा गर्नु भएको छ । उहाँले भन्नुभएको छ, ‘एमालेसँग ग्रह बलियो भएको पात्र मै थिएँ, म भइन्जेल एमाले जितिरह्यो, अहिले ओलीले लेखेटेर म गठबन्धनमा पुगेको छु, अब एमाले मकवानपुरबाट पत्तासाफ हुन्छ, खतिवडा चैँ आफ्ना अरु पाँच गठबन्धन सहकर्मीसहित जित्छ ।’ हुन पनि हो, २०४८ सालदेखि अविजित खतिवडालाई १८ वर्ष संसद बाहिर राख्ने काम एमालेले ग¥यो । उहाँले टिकट नपाउँदा एमाले हार्ने, पाउँदा जित्ने संयोगलाई खतिवडाले ‘बलियो ग्रह’ भन्ने गर्नु भएको छ ।
खतिवडाको यो तर्कलाई नेपाली कांग्रेस मकवानपुर २ ख का उम्मेदवार ईन्द्र बानियाँले पनि पुष्टि गर्दै साथ दिइरहनु भएको छ । प्रदेश ख मा ३० हजार मत गठबन्धनको छ, एमाले कमजोर छ भन्नु भएको छ । खतिवडा भन्नुहुन्छ, ‘एमाले यसपटक ३० हजारको हाराहारीमा भोट ल्याउने अवस्थामा छ, उसको भोट लगातार घट्दो छ, किनभने उसँग यतिखेर विरोध खतिवडा छैन ।’
२०७४ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार खतिवडाले ४६ हजार ४ सय ८१ मत ल्याउनु भएको थियो । १८ वर्षपछि उहाँ फेरि संसद छिर्नु भएको थियो । र, उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी महालक्ष्मी डिना उपाध्यायले ३४ हजार ९० मत ल्याउनु भएको थियो । अर्थात् एमालेले १२ हजार भन्दा बढी मत ल्याएको थियो खतिवडालाई उम्मेदवार बनाउँदा ।
२०७९ वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा एमालेको झण्डै ६ हजार हजार भोट हरायो । स्थानीय तहको निर्वाचनअनुसार निर्वाचन क्षेत्र नम्बर २ मा एमालेको ३६ हजार मत देखियो, कांग्रेसको ३४ हजार, माओवादीले २२ हजार मत ल्यायो भने एमाले विभाजनबाट बनेको समाजवादीले ४ हजार मत ल्यायो । कांग्रेसको मत यथावत्, माओवादीको वृद्धि हुँदा एमालेको पनि ६ हजार भन्दा बढी भोट हरायो । समाजवादीमा पनि जम्मा ४ हजार देखिएको हो, ४६ हजारबाट ३६ हजारमा झर्दा ४ हजार समाजवादीमा गए पनि ६ हजार भोट हरायो ।
यसपटक खतिवडा भन्नुहुन्छ, ‘एमालेको उल्का आए ३५ हजार नत्र ३० हजारमा झर्छ ।’ यसो हुँदा गठबन्धनको भोट ६० हजार भन्दा बढी हुने तर्क त छदैँछ, खतिवडा एमालेको धेरै भोट घटाउने पनि भन्नुहुन्न । उहाँ भन्नुहुन्छ, ‘४ हजार मतको उम्मेदवार संघमा उठेको छ भन्नुहुन्छ, गठबन्धनको भोट कायमै छ, यसपटक ६ हजार जति भोट थपेर समाजवादीको १० हजार देखाउने मेरो प्रतिवद्धता भयो, १० हजार भोट पु¥याएरै छाड्छु ।’
खतिवडाको तर्क सुन्ने हो भने एमालेको अरु ६ हजार भोट घट्नेवाला छ र त्यो भोट समाजवादीमा खस्नेवाला छ । त्यसो हुँदा एमालेको भोट ४६ हजारबाट घटेर ३६ हजारमा त पुगिसकेको छ, खतिवडा त्यसलाई घटाएर ३० हजार पु¥याउने गरी एमालेलाई समाजवादीमा आकर्षित गराउन लाग्नु भएको छ । खतिवडासँगै स्पर्धा गरिरहेकी र यसपटक गठबन्धनबाट मकवानपुर १ मा उम्मेदवार हुनु भएकी नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय भन्नुहुन्छ, ‘त्यो क्षेत्रमा विरोधजीको केही भोट पकेटकै रुपमा छ, उहाँ जता जानुहुन्छ, त्यतै भोट हाल्ने जनमत उहाँले बनाउनु भएको छ, यसपटक पनि अरु पार्टीमा रहे पनि भोट भने उहाँको पकडमा हुन्छ भन्ने घटनाको म नजिकको भुक्तभोगी हुँ ।’
यसपटक एमालेले आफ्नो लगातारको ओरालो यात्रा रोक्न निकै कष्टका साथ मेहनत गरिरहेको छ । तर २४ हजार भन्दा बढी मत रहेको गठबन्धनसँगै कमल थापाको आगमनले पनि कार्यकर्ता रुष्ट छन् । जित्ने होइन भन्ने मनोग्रन्थिले कतै मकवानपुर–२ मा एमालेको अरु १० हजार मत त हराउने होइन ?

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...